कैलासबावु श्रेष्ठ/गोरखा
चैत्र ९ गते । गोरखाको बालुवा देखी बारपाक जादै गरेको ट्याक्टरले च्याप्दा बारपाक निवासी शुक बहादुर घलेको ज्यान गएको छ ।
ईट्टा लिएर बारपाक तर्फ जादै गरेको ग.१ त ४२२८ नम्बरको ट्याक्टरको टेलरमा बसेका घले खस्दा पछाडीको चक्काले च्यापिएर उनको घटना स्थलमा नै मृत्यु भएको थियो । ट्याक्टर चालक बारपाक निवासी चिर्थराज घलेलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी प्रहरी निरिक्षक रामचन्द्र शाहले जानकारी दिनु भएको छ ।
मृक्तक घलेको लासलाई बुधबार गोरखा अस्पतालमा पोष्टमार्टम गरी आफन्तलाई जिम्मा लगाइएको छ । घलेलाई मंगलबार दिउसो ५ बजे ट्याक्टरले च्यापेको थियो ।
ट्याक्टरले च्याप्दा १ को मृत्यु
ट्याक्टरले च्याप्दा १ को मृत्यु
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु


