गाउँ पालिकामा ४ हजार १५ देखी नगरपालिकामा २८ हजारले मतदान गर्दै
कैलासबावु श्रेष्ठ/गोरखा
चैत्र ९ गते । नेपाल सरकारले आउदो ०७४ साल बैशाख ३१ हुने लागेको स्थानिय चुनाबमा १ लाख ७१ हजार ४ सय ४२ जनाले मदतान गर्न पाउने भएको छ ।
जिल्ला भरमा २ सय १३ निर्वाचन केन्द्रमा त्यती संख्यामा रहेका सर्व साधारण गोरर्खाली जनताहरुले मतदान गर्न पाउने भएको जिल्ला निर्वाचन कार्यालय गोरखाले जानकारी गराइएको छ ।
निर्वाचन कार्यालयले पछिल्लो पटक नाम अध्याबधिक गर्दा १ लाख ७२ हजार ४ सय ४२ जनाले निर्वाचनमा मतदान गर्न पाउने गरी नामावली संकलन भएको जानकारी गराएको हो ।
दुई नगरपालिका र ९ गाउँ पालिका रहेको गोरखा जिल्लाको हकमा सुदुर उत्तरमा रहेको चुमनुब्री गाउँपालिकामा ४ हजार १५ जनाले मतदान गर्न पाउने भएको छ भने सदरमुकाममा रहेको गोरखा नगरपालिकामा २७ हजार ८ सय ५ जनाले मतदान गर्न पाउने भएका छन ।

क्षेत्रफल धेरै मतदाता थोरै
गोरखा सदरमुकामबाट सुदुर उत्तरमा रहेको चुमनुब्री गाउँपालिकाको क्षेत्र फल हेर्ने हो भने सिंगो जिल्लाको ६० प्रतिशत भाग ओगटेको छ ।
साविक छेकम्पार, चुम्चेत, सिर्दीबास, बिही, प्रोक, ल्हो र सामागाउँ गाउँ बिकास समिति मिलेर बनेको हालको चुमनुब्री गाउँ पालिकामा ४ हजार १५ जनाले मात्र मतदानमा सहभागी हुन पाउने जिल्ला निर्वाचन कार्यालय गोरखाले जानकारी दिएको छ ।
क्षेत्रफल थोरै मतदाता धेरै
सदरमुकामको भने त्यसको ठिक उल्लटो हुने भएको छ । क्षेत्रको आधारमा ५ प्रतिशत मात्र क्षेत्रफल ओगटेको गोरखा नगरपालिकामा २७ हजार ८ सय ५ जना मतदाता रहेको कार्यालयले जानकारी दिएको छ ।
साविक गोरखकाली, रानिश्वारा र तारानगर गाउँ बिकास समितिलाई गावेर बनेको गोरखा नगरपालिकामा दोस्रो पटक नारेश्वर र फिनाम गाभिएको भएता पनि संघियतामा जानका लागि बनेको गोरखा नगरपालिकामा त्यस पछि पनि ताप्ले र देउराली गाबिसलाई मिसाएर गोरखा नगरपालिका घोषणा गरीएको हो ।

कहाँ कहाँ कति कति मतदाता छन त ?
गोरखा नगरपालिका २७,८०५ जना
पालुङ्गटार नगरपालिका २६,५८७ जना
शहिद लखनथापा गाउँपालिका १८,६१४ जना
सिरानचोक गाउँपालिका १६,२७७ जना
सुलिकोट गाउँपालिका १६,१४२ जना
भिमसेन गाउँपालिका १५,२८५ जना
आरुघाट गाउँपालिका १४,४७० जना
गण्डकी गाउँपालिका १३,६९२ जना
अजिरकोट गाउँपालिका १३,२४६ जना
धार्चे गाउँपालिका ८,००९ जना
चुमनुब्री गाउँपालिका ४,०१५ जना
नगरपालिका र गाउँपालिकामा कति कति मतदान केन्द्र रहे त ?
गोरखा नगरपालिका २५ केन्द्र
पालुङ्गटार नगरपालिका २३ केन्द्र
शहिद लखनथापा गाउँपालिका १९ केन्द्र
सिरानचोक गाउँपालिका २३ केन्द्र
सुलिकोट गाउँपालिका १९ केन्द्र
भिमसेन गाउँपालिका १८ केन्द्र
आरुघाट गाउँपालिका १८ केन्द्र
गण्डकी गाउँपालिका १९ केन्द्र
अजिरकोट गाउँपालिका १५ केन्द्र
धार्चे गाउँपालिका १४ केन्द्र
चुमनुब्री गाउँपालिका २० केन्द्र
अहिलेको मतदान केन्द्र निधारण गर्दा मतदाताले बढीमा ५ किलो मिटर हिड्नुपर्ने गरी निर्धारण गरीएको छ । प्रत्येक वडामा मतदान केन्द्र रहेको जिल्ला निर्वाचन अधिकारी राजेन्द्र प्रसाद पोखरेलले जानकारी दिनु भयो ।




















