×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • ५४ मिनेट अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ५ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • १० घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १० घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ११ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ११ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ११ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

चुँडियो तुइन

  •  
  • शनिबार, चैत ०५, २०७३ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ
    • परीक्षाका बेला विद्यार्थी अलपत्र
    सुदीप कैनी, गोरखा
    गोरखाको भुम्लीचोक र धादिङको जोगिमारा–रोलाङ जोड्ने तुइनको लट्ठा चुँडिएपछि अलपत्र विद्यार्थी ।तस्बिर : सुदीप/कान्तिपुर

    चैत्र ५, २०७३- एक त गर्भवती, त्यसमाथि दिनहुँ तुइनमा झुन्डिनुपर्ने । गण्डकी गाउँपालिका, भुम्लीचोककी शान्ति चेपाङलाई कम्ती सकस थिएन । तुइन चढेरै विद्यालय आउजाउ गर्थिन् उनी । तर, शुक्रबारबाट उनी झन् समस्यामा छिन् । त्यही तुइन पनि चँुडिएको छ । त्रिशूली तरेर विद्यालय पुग्न अब मुस्किल भएको छ ।

    भुम्लीचोक र धादिङको जोगिमारा–रोलाङ जोड्ने हिक्लुङ खोलास्थित तुइनको लट्ठा चुँडिएपछि स्थानीयवासी अलपत्र छन् । १०३ मिटर लामो तुइनका तीनमध्ये एउटा लट्ठा चुँडिएको हो । बाँकी दुईवटाको मात्र भर पर्दा जोखिम हुने भएपछि प्रहरीले आउजाउ रोकेको छ । किसानले तरकारीका डोका लोड गर्न नपाउँदै लट्ठा चुँडिएकाले मानवीय क्षति भने हुन पाएन ।

    तुइन चुँडिएपछि स्थानीय लामो समय पारि नै अलपत्र परे । ‘हिजोसम्म सकिनसकी तुइन तरेर पढ्न आउँथ्यौं,’ जोगिमाराको शंखादेवी माविमा १२ कक्षा पढ्ने शान्तिले भनिन्, ‘भोलिदेखि नदीमा खियाएर वारपार गर्नुपर्छ ।’

    सँगैका साथी नदीमा पौडिएर घर फर्किए । गर्भवती शान्ति र केही बालबालिका भने र्‍याफ्टिङ गर्नेको टोली आएर पारि तारिदिने आसमा पर्खिरहेका थिए । २०६८ असारमा बनेको यो तुइनको गोरखातर्फको लट्ठा पनि चुँडिन लागेको छ । ‘जीर्ण भएकाले पहिलेदेखि खतरा थियो,’ धनबहादुर चेपाङले भने, ‘अब पनि त्यहाँबाट पार गर्नुपरे कति बेला खसिने हो थाहा छैन ।’

    तुइन बन्द हुँदा भुम्लीचोकका ९० घरधुरीलाई नदी वारपार गर्न समस्या छ । दर्जनौं विद्यार्थी विद्यालय आउन नपाउने शंखादेवीका शिक्षक तिलक चेपाङले बताए । ‘दिनदिनै तुइनमा आउन सकस भएपछि २६ विद्यार्थी छात्रावासमा बसेका छन्,’ उनले भने, ‘परीक्षाका बेला लट्ठा चुँडियो, जोखिम भयो ।’

    तुइन मर्मत नभए स्थानीय बासिन्दाले तरकारी बिक्रीका लागि बजार आउन नपाउने उनले बताए । ‘तुइनको मुख्य लट्ठाको ३–४ वटा सुता चुँडिएर खतरा भइसकेको रहेछ,’ जिल्ला प्राविधिक कार्यालयका प्राविधिक लालु गुरुङले भने, ‘लट्ठा नफेरेसम्म चलाउनु हुन्न ।’ अहिले नदीमा पानी घटेकाले केही दिन डुंगामा आउजाउ गर्न सकिने स्थानीय बताउँछन् । ‘बाढी नआएसम्म डुंगा चलाउन सकिन्छ,’ धनबहादुरले भने । नजिकको अर्को तुइन वा पुल पुग्न १ घण्टाभन्दा बढी हिँड्नुपर्छ । ‘सक्ने त पौडिएर तर्छन्,’ कक्षा ८ मा पढ्ने सञ्चु चेपाङले भनिन्, ‘हामी त पौडी खेल्न सक्दैनौं, स्कुल आउनै नपाइने भयो ।’

    तुइन विस्थापन गर्न २०७२ भदौबाट हिक्लुङमा झोलुंगे पुल बनाउन सुरु गरिए पनि अहिलेसम्म २० प्रतिशतभन्दा बढी काम भएको छैन । सम्झौताअनुसार गत फागुन ९ मै निर्माण भइसक्नुपर्नेमा ठेकेदारको ढिलासुस्तीले काम नभएको स्थानीय अगुवा कृष्ण चेपाङले बताए ।

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, चैत ०५, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.