कैलासबावु श्रेष्ठ/गोरखा
चैत्र ४ गते । गोरखा सदरमुकाम वरपर रहेका जेष्ठ नागरिकहरुलाई १ दिने सचेतना कार्यक्रम सम्पन्न भएको छ ।
जेष्ठ नागरिक संघ गोरखाको आयोजना तथा महिला बिकास कार्यालय गोरखाको सहयोगमा सदरमुकामको निर्माण ब्यवसायी भवनमा सचेतना कार्यक्रम आयोजना गरीएको थियो ।

सचेतना कार्यक्रमको गोरखा जिल्ला अदालतका जिल्ला न्याधिश बसन्त राज पौडेल र सहायक प्रमुख जिल्ला अधिकारीले संयुक्त रुपमा पानसमा बत्ति बालेर उदघाटन गनुभएको थियो ।

कार्यक्रममा ठुलो संख्यामा जेष्ठ नागरिकहरुको उपस्थिती रहेको थियो ।





















