मौलिक पहिचान बोकेको ऐतिहासिक सांस्कृति भाषिक गीत सृजना गरेर
उत्तरी गोरखाको आफ्नो मौलिक पहिचान बोकेको ऐतिहासिक सांस्कृति भाषिक गीत सृजना गरेर गाउने मनास्लु क्षेत्रका एक्लो गायक पेमा डुण्डुप लामा आजभोली सामाजिक सेवा एवं पर्यटन व्यावसायमा सक्रिय भएका छन ।
प्रोक ७ गोरखामा बुबा नेमा डुण्डुप लामा आमा लाक्पा ढिकि लामाको कोखबाट २०४० भदौ २१ मा जन्मिएका पेमा डुण्डुप २०६६मा मनास्लु क्षेत्रको स्थानिय भाषा लामुरेरे ग्याबडु आमारेरे डेन्जुङ्ग गीत रेकडिङ गरि औपचारिक रुपमा सांगीतिक क्षेत्रमा प्रवेश गरेका हुन भने उनले अहिले सम्म २१ ओटा मनास्लु क्षेत्रका स्थानिय गीतहरु रेकडिङ गरिसकेका छन ।
देश तथा बिदेशको विभिन्न सांगीतिक कार्यक्रममा आफ्नो प्रस्तुती दिईसकेका पेमा डुण्डुप सन २०११ मा भएको मनास्लु महोत्सवको सांस्कृतिक संयोजकको भुमिका निर्वाह गरेका थिए । पछिल्लो समय पर्यटन विकास संरक्षण, संम्बद्धनमा लागी परेका पेमा डुण्डुप एक कुशल ट्ेकिङ्ग गाइड पनि हुन । उनि श्री कुथान युवा क्लवका अध्यक्ष भई गाँउमा खानेपानी वाटो गुम्वा गा.वि.स भवन शिक्षा तथा स्वास्थ्य क्षेत्रमा सामाजिक सेवा गर्दै आइरहेका छन ।
समाज परिवर्टनका सुचक पेमा डुण्डुप जंगल होटेल (के.एल.एस.पि)लोङकाछिटा नेचुरल ढुङ्गे सागँुका प्रवन्ध निर्देशक ,नुर्वी सांस्कृतिक युवा उत्थान समितिका सल्लाहकार,कृषि सहकारी संस्था नुर्वीका सचिव,नुर्वी होकोम वृद्ध आश्रमका प्रवन्ध निर्देशक,मनास्लु सरसफाई समितिका सदस्य समेट रहेर काम गर्नुका साथै गाँउका हक हित अधिकार,एवं दुख विरामी परेकाहरुलाई उपचार केन्द्र सम्म पुर्याउने सक्रिय युवा समाजसेवीको रुपमा चिनिन्छन । उनि मनास्लु संरक्षण क्षेत्रको मुल संरक्षक समितिको कृयासिल सदस्य पनि हुन ।
manaslupost



