कैलासबावु श्रेष्ठ/गोरखा
सिसि क्यामेराबाछ निगरानी, सत्र बहिरा परिक्षामा सहभागी
चैत्र ३ गते । बिहीबार बाट देशभरी भएको माध्यामिक शिक्षा परिक्षा अर्थात एसईई परिक्षा गोरखामा पनि शान्तिपुर्ण रुपमा सम्पन्न भएको छ । गोरखा जिल्लामा भएको पहिलो दिनको परिक्षामा क्लोज सर्किट क्यामेराले परिक्षाको निगरानी गरीएको थियो । पहिलो दिनको परिक्षामा यस पटक १७ जना बहिरा बिद्यार्थीहरुको समेत सहभागीता रहेको थियो ।

पहिलो दिन अनिबार्य अग्रेजीको परिक्षामा सहभागी भएका बिद्यार्थीहरुका लागि २ घण्टा १५ मिनेटको समय उपलब्ध गराइएको थियो ।

जिल्ला शिक्षा कार्यालय गोरखाका सहायक जिल्ला शिक्षा अधिकारी कृण्ण सिग्देलले दिनु भएको जानकारी अनुसार पहिलो दिनको परिक्षामा ५ हजार ११ जना सहभागी भएका थिए । जस मध्ये २ हजार ५ सय ९२ जना छात्रा र २ हजार ४ सय २९ जना छात्रको सहभागीता रहेको थियो ।

सिसिटीभिबाट परिक्षाको निगरानी
गोरखा जिल्लामा भएको माध्यामिक शिक्षा परिक्षाको पहिलो पटक सिसिटिभी क्यामेराबाट परिक्षाको अनुगमन गरीएको छ । सदरमुकामको लक्ष्मी बजारमा रहेको महालक्ष्मी माबिको परिक्षा हलमा स्कुल आफैले जडान गरेको क्यामेराबाट परिक्षाको निगरानी गरीएको थियो ।

परिक्षाको निगरानीमा पुग्नु भएका जिल्ला शिक्षा अधिकारी दिपेन्द्र सुबेदीले प्रअको कार्यकक्षमा बसेर परिक्षामा सहभागी भएका परिक्षार्थीहरु तथा कुरुवा शिक्षक र सुरक्षामा खटीएका सुरक्षाकर्मीहरुको निगरानी गनु भएको थियो ।

उक्त स्कुलले १६ क्यामेरा जडानगरी बिद्यार्थी र शिक्षक तथा स्कुल भित्र र बाहिरको गतिविधी नियाल्दै आएको प्रअ चुढामणी काप्रीले बताउनु जानकारी दिनु भयो । प्रअ काप्रीका अनुसार क्यामेराबाट सबै कुरा देखीने हुदा स्कुल भित्र र बाहिर अवान्छित गतिविधी रोक्न मद्वत मिल्ने बताउनु भयो ।
१७ बहिरा परिक्षामा सहभागी
गोरखा सदरमुकामको टक्सारमा सञ्चालित बहिरा बिद्यालयबाट यस पटक १७ जना बहिरा बिद्यार्थीहरुले परिक्षमा सहभागीता जनाएको छ ।
गोरखाको एक मात्र मनकामना बहिरा आवाशिय बिद्यालयमा अध्ययन गर्ने बिद्यार्थीहरु मध्ये १५ जना छात्र र २ जना छात्राले परिक्षामा सहभागीता जनाएको स्कुल प्रशासनले जानकारी दिएको छ ।

सहभागी परिक्षार्थीहरुले बिरेनचोकमा रहेको रत्नराज्य मावि बिरेनचोकमा परिक्षा दिई रहेका छन । उनीहरुलाई सहजताका लागि १ जना दोभाषे समेतको ब्यवस्था गरीएको छ । गत बर्ष सोही बिद्यालयबाट ११ जना बिद्यार्थीहरुको सहभागिता रहेको थियो ।

२ जना थुनुवाले दिए परिक्षा
जिल्ला प्रहरी कार्यालय गोरखाको थुनुवा कक्षमा रहेको २ जना परिक्षार्थीहरुले पनि आजको पहिलो दिनको परिक्षामा सहभागी भएका छन ।
चोरी आरोपमा पक्राउ परेका भावनी मावि मान्बुका २ जना बिद्यार्थीहरुले आफुले थुनुवा कक्षबाटै परिक्षा दिन दिएको आवेदन तथा सरकारी दस्तुर तिरेको कारण सोही स्थानबाट परिक्षा दिने ब्यवस्था मिलाइएको जिल्ला शिक्षा कार्यालय गोरखाले जानकारी दिएको छ ।
उनीहरुले थुमीमा रहेको गण्डकी माविबाट परिक्षा दिनु पर्ने थियो ।
पहिलो दिन ७१ जना अुनपस्थित
माध्यामिक शिक्षा परिक्षाको पहिलो दिन गोरखाको विभिन्न परिक्षा केन्द्रमा ७१ जना परिक्षार्थी अनुपस्थित भएको जिल्ला शिक्षा कार्यालय गोरखाले जानकारी गराएको छ ।
कार्यालयले दिएको जानकारी अनुसार ग्रेड बृद्विका लागि सहभागी हुनुपर्ने मध्ये ५५ जना अनुपस्थित भएका हुन । मोर्डन सेकेण्डरी ईङ्गग्लिस बोर्डिक स्कुलमा ग्रेड बृद्विको परिक्षा सञ्चालनमा ल्याइएको थियो ।
परिक्षामा अनुपस्थित कुल ७१ बिद्याथीहरु मध्ये ४३ जना छात्रा र २८ जना छात्र अनुपस्थित भएको जिल्ला शिक्षा कार्यालय गोरखाले जानकारी दिएको हो ।
आज भएको परिक्षाका लागि जिल्ला भरीमा २६ केन्द्र तोकिएको थियो ।



