कैलासबावु श्रेष्ठ/गोरखा
चैत्र २ गते । हालै नेपाल सरकारले घोषणा गरेको गोरखा जिल्लाको सुलि कोटा गाउँपालिकाको केन्द्र सौरपानीमा रहनु पर्ने भन्दै सौरपानी बासी गोरखा सदरमुकाममा आएर आन्दोलित भएका छन ।

बिगतको बारपाक, सौरापनी, स्वाराँ, ताकुकोट, पन्द्रुङ्ग, ताकुमाझ लाकुरीबोट र देउराली गाउँ बिकास समितिलाई गाभेर बनाएको हालको सुलिकोटा गाउँपालिका घोषणा गरीएको हो । उत्त गाउँपालिकाको केन्द्र नेपाल सरकारले ताकुकोटलाई तोकेर राजपत्रका प्रकाशित गरे पछि सौरपानी बासीले सबै क्षेत्रका सर्व साधारणहरुलाई सौरपानी नै केन्द्र रहदाँ उपयुक्त हुने भन्दै बुधबार गोरखा बजारमा नाराबाजी गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र समेत बुझाएका छन ।
ठुलो संख्यामा बजारमा उपस्थित सौरपानी बासीले आफ्ना मागलाई बेवास्ता गरीए आशन्न स्थानिय निर्वाचनमा शुन्य मतदान हुने समेत चेतावनी दिएका छन ।

ज्ञापन पत्र बुझाउदै पश्चायत काल देखी सौरपानीमा सबै सेवा र सुबिधा भएको तथा स्थानिय तहको पुनःसरचना गर्दा गाउँपालिकाको केन्द्र निर्धारण गर्ने महत्वपूर्ण आधार इलाकाको केन्द्रलाई लिनुपर्ने मापदण्ड भएता पनि नेपाल सरकारले यसको बेवास्ता गर्दै केन्द्र निर्धारण गरेको भन्दै तत्काल सच्याउन समेत नेपाल सरकारलाई सौरपानी बासीले आग्रह गरेका छन ।


