कैलासबावु श्रेष्ठ/ गोरखा
चैत्र २ गते । सामुदायिक सेवा केन्द्र पृथ्वीचोकले गोरखाको सामुदायिक सेवा केन्द्रको अध्ययन भ्रमण सम्पन्न गरेको छ ।

स्थापनको १६ बर्ष पुरा गरको अबशर पारेर देशको विभिन्न स्थानमा रहेको सामुदायिक सेवा केन्द्रको अध्ययन तथा अनुभव आदान प्रदान गर्ने उद्वेश्यका साथ थालीएको भ्रमण गोरखा सदरमुकाममा रहेको गोरखा सामुदायिक सेवा केन्द्रको अध्ययन पछि सम्पन्न भएको सामुदायिक सेवा केन्द्र पृथ्वीचोकका अध्यक्ष गजेन्द्र श्रेष्ठ बताउनु भयो ।

अध्ययनका क्रममा चितवन, मकवानपुर, जनकपुर, सिन्धुली, काठमाण्डौ हुदै गोरखा आई पुगेको टोलीलाई सामुदायिक सेवा केन्द्र गोरखाका अध्यक्ष अच्यूतलाल श्रेष्ठ सहितको टोलीले स्वागत गरेको थियो । अध्ययन टोलीमा नि.अध्यक्ष चिरञ्जीवि श्रेष्ठ, सल्लाहकार निल बहादुर के.सी.र एक बहादुर कार्की सहित १८ जना रहेको थियो । टोली साता दिनको भ्रमण पछि बुधबार पोखरा फर्किएको छ ।

अध्ययन गर्न आएको टोलीलाई स्वागत गर्दै सामुदायिक सेवा केन्द्रका अध्यक्ष अच्यूत लाल श्रेष्ठले हाल सम्म केन्द्रले गरेको गतिविधीको बिषयमा जानकारी गराउनु भएको थियो । त्यस्तै गरी सामुदायिक सेवा केन्द्र पृथ्वीचोकका अध्यक्ष गजेन्द्र श्रेष्ठले अध्ययन गर्नु आउनुका कारणका साथै संस्थाको गतिविधिको बिषयमा उपस्थित सबैलाई जानकारी गराउनु भएको थियो ।

कार्यक्रममा सहभागी सबैलाई संस्थाले खादा र फुल दिएर स्वागत गरेको थियो भने दुवै अध्यक्षले एक आपसमा मायाँको चिनो साटासाट समेत गरेका थिए ।



