कैलासबावु श्रेष्ठ/गोरखा
चैत्र २ गते । बुधबार परेको अन्तराष्ट्रिय उपभोक्ता दिवशको अवशरमा गोरखा सदरमुकाममा पनि विविध कार्यक्रम गरी दिवश मनाइएको छ ।

आपुर्ति मन्त्रालयको सहयोगमा जिल्ला प्रशासन कार्यालय गोरखाले आयोजना गरेको विश्व उपभोक्ता अधिकार दिवश सदरमुकामको बसपार्क देखी जिल्ला समन्वय समितिको कार्यालय सम्म प्रभात फेरी समेत गरीएको थियो । ‘उपभोक्ता हित संरक्षणमा लगाऔं ध्यान, सुरक्षित राखौं सम्पत्ती, जीउ ज्यान’ भन्ने नाराका साथ प्ले कार्ड सहित सहभागीहरुले प्रभातफेरीमा सहभागीता जनाएका थिए ।

जिल्ला समन्वय समितीको कार्यालयमा भएको कार्यक्रममा जिल्ला प्रशासन कार्यालय गोरखाका प्रशासकिय अधिकृत अनिलराज कोइरालाले उपभोक्ता हित संरक्षण सम्वन्धी कार्यपत्र प्रस्तुतगनु भएको थियो ।

कार्य पत्र माथि टिप्पणी गर्दै प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले आम उपभोत्ताहरुले स्वास्थ्य र सम्पत्तीको ख्याल गर्दै उपभोग्य सामान मात्र बजार बाट खरीद गर्न अनुरोध गनु भएको थियो । प्रजिअ बस्नेतले उपभोत्ताको अधिकारका बिषयमा जनचेतना कार्यक्रम आवश्यक भएको भन्दै सामान छनौट गर्ने अधिकार उपभोत्ता स्वयंलाई भएको कारण सचेत भएर मात्र आवश्यक सामान किन्न अनुरोध गनुभएको थियो ।

कार्यपत्र माथि नै टिप्पणी गर्दै जिल्ला समन्वय समिति एवं पूर्व जिल्ला बिकास समितिका स्थानिय विकास अधिकारी नारायण आचार्यले बजारमा उपभोग गर्न भन्दा पनि अयोग्य बस्तुको बजारीकरणका लागि सञ्चार माध्यायमा बिज्ञान बढी आउने हुदा त्यस प्रति बढी सचेत भएर उपभोत्ताले सामान खरीद गरी उपभोग गनु पर्ने बताउनु भयो ।

कार्यक्रम हुनुपूर्व सदरमुकामको बसपार्क देखी शुरु भएको प्रभात फेरीमा स्कुल तथा कलेजका बिद्यार्थीहरु, सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुत तथा प्रतिनिधी, शसत्र प्रहरी तथा सरोकार वालाहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रमका केही तस्बिरहरु








