कैलासबावु श्रेष्ठ/गोरखा
फागुन ३० गते । नेपाल पत्रकार महासंघ गोरखाले जिल्लामा क्रियाशिल पत्रकारहरुका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।

महिलाका सवालमा कानूनी ब्यवस्था र सञ्चारमाध्याम बिषयक कार्यक्रममा जिल्लामा क्रियाशिल पुरुष तथा महिला पत्रकारहरुलाई अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको हो । संघको आयोजना तथा केयर नेपालको आर्थिक सहयोगमा गोरखा सदरमुकाममा आयोजित कार्यक्रममा नेपाल पत्रकार महासंघका उपाध्यक्ष अनिता बिन्दुले अहिले पनि समाचार लेखेकै बिषयमा पत्रकारहरुले धम्की सहने देखी कुटपिट र ज्यान नै गुमाउनु पर्ने अवस्था रहेको र त्यो कहिले काही पत्रकार आफ्नै कारण पनि हुने गरेको बताउनु भयो ।

उपाध्यक्ष बिन्दुले नेपालमा महिला पत्रकार भएकै कारण समयमा सञ्चार गृहले तलब नदिने र बिभेद सहनु परेको भएता पनि आफ्नो ब्यवसायीकता प्रति अरुले प्रश्न चिन्ह खडा हुने गरी काम नगर्न पत्रकारहरुलाई आग्रह गनु भएको थियो ।

अभिमुखी करण कार्यक्रममा गोरखा जिल्ला अदालतका श्रेस्तेदारले समानता, गोपनियता, शोषण बिरुद्वको हक संगै महिलाको हक, सामाजि न्याय र सुरक्षा, नागरिक अधिकार २०१२ मा रहेको केही कानूनी ब्यवस्था र मुलुकी ऐन २०२०को विभिन्न भाग र महलमा भएका ब्यवस्थाका बिषयमा जानकारी दिनु भएको यिथो ।
सोही कार्यक्रममा निर्वाचन बाट चुनिएका नयाँ कार्य समितिलाई प्रमाण पत्र समेत बितरण गरीएको थियो ।



