×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ४ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ७ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ९ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १० घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १० घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

राजा महेन्द्रको सपना

  •  
  • सोमबार, फागुन ३०, २०७३ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    युवराज गौतम

    आत्मनिर्भर र विकसित नेपाल सम्पूर्ण हिन्दु-बौद्धहरूको केन्द्र होस

    राजा महेन्द्र नेपाललाई सबल, समृद्ध, आत्मनिर्भर, विकसित, प्रभावशाली र संसारका सम्पूर्ण हिन्दु-बौद्धहरूको केन्द्र बनाउन चाहन्थे । विभिन्न विशेषज्ञ, इतिहासकार, संस्कृतिविद् तथा भूगोलविद्हरूको सल्लाहमा चौध अञ्चल र पचहत्तर जिल्ला बनाएर राष्ट्रका हरेक कुनामा प्रगति र राष्ट्रिय एकता बलियो बनाउने चाहनाले उनले नेपालको प्रशासनिक संरचना बनाएका थिए । सबैतिर विकासको ज्योति पुगोस् भन्ने उनको अदम्य चाहना थियो ।

    विदेशीले हेप्न नपाऊन् भनेर उनले युवा वर्गलाई शिक्षित तुल्याउन त्रिभुवन विश्वविद्यालय खोले । झन्डै ६० वर्ष पुरानो सो विश्वविद्यालयले लाखौं शिक्षित जनशक्ति उत्पादन गरिरहेको छ । भूमिसुधार, कृषि, विज्ञान-प्रविधि, सञ्चार, शिक्षा, यातायात, कूटनीति, साहित्य, संगीत, कला, उद्योग, व्यापार, स्वास्थ्य आदि अनेक क्षेत्रमा राजा महेन्द्रले हजारौं सम्भावनाको खोजी गरे । किनभने उनी स्वप्नद्रष्टा थिए ।

    विदेशीहरूले नेपाली-नेपालीलाई आपसमा विभक्त गराउन आज अथाह सम्पत्ति खर्च गरिरहेका छन् । नेपालीहरू मिलेर अघि बढे भने विदेशीको स्वार्थ पूरा हुँदैन । उनीहरूको ‘धर्म’ प्रचार हुँदैन र उनीहरूले पैदा गर्न खोजेको आज्ञाकारी वर्ग उत्पादन हुँदैन । यी सबै कारणले राष्ट्रिय एकता कमजोर बनाउने काम भइरहेको स्पष्ट देखिन्छ । त्यसैले देश गम्भीर संकटमा परिरहेको छ । महेन्द्रले देखाएको बाटो गलत थिएन भन्ने पुष्टि हुँदै गएको छ । किनभने हामी महासंकटतिर उन्मुख भइरहेका छौं ।

    केही दिनअघि सैनिक मुख्यालयपरिसरमा सेवानिवृत्त बिग्रेडियर जनरल डा. प्रेमसिंह बस्न्यातका दुई पुस्तक लोकार्पण समारोहमा नेपालको वर्तमान अवस्थाका बारेमा चर्चा-परिचर्चा र चिन्ता व्यक्त गरियो । ‘नेपाल चीन ः वादविवाद र संवाद’, तथा ‘एङ्लो-नेपाल वारः अ मिलिटरी रिभ्यु’ नामक ती पुस्तक कूटनीति, राजनीति, इतिहास र युद्धका बारेमा अभिरुचि राख्नेहरूका लागि उपयोगी हुन सक्छन् । राजा महेन्द्रले चीन र भारत दुवैसँग कसरी सन्तुलन राखेका थिए भनेर लेखकले सूक्ष्म विश्लेषण गरेका छन् भने नेपाल अंग्रेज युद्धसम्बन्धी पुस्तकमा शासक प्रशासकहरू दूरदर्शी भएनन् भने सुगौली सन्धि जस्ता असमान सन्धि र पराजयको सिकार बन्नुपर्छ भनेर लेखकले सतर्क गराएका छन् ।

    सचेतहरू जान्दछन्, नेपाल आज अन्तर्राष्ट्रिय षड्यन्त्रको उर्वर भूमि बनेको छ । नैतिकता, सिद्धान्त, दर्शन, विचार, चिन्तन, आदर्श र धरातल त्यागेर पद, पैसा र प्रतिष्ठा (? ) खोज्दै अभक्षलाई पनि अमृत मान्न कतिपय दलहरू तँछाडमछाड गरिरहेका छन् । भारत र पश्चिमाहरू एकातिर छन् भने नेपालका विभिन्न भागमा आफ्नो हितविरुद्ध गतिविधि भइरहेकोमा चीन चिन्तित देखिन्छ । चीन र भारतको कार्ड खेलेर भाग्य र भविष्य सुरक्षित गर्न खोज्ने कतिपय व्यक्ति राष्ट्रको भविष्यप्रतिभन्दा आफ्नै निम्ति चिन्तित देखिएका छन् ।

    भारतको हेपाहा शैली, थिचोमिचो तथा दक्षिण एसियाको लिडर स्टेट (नाइके) बन्न खोज्ने प्रवृत्तिलाई चुनौती दिँदै राजा महेन्द्रले नेपाललाई राष्ट्रसंघको सदस्यता दिलाए । चीनसँग दौत्य सम्बन्ध बढाए । ५३ राष्ट्रसँग कूटनीतिक सम्बन्ध बनाए । २०१२ देखि २०२८ सालभित्र उनले विभिन्न क्षेत्रमा सुरु गरेका सत्कर्महरूले आजसम्म निरन्तरता पाएको भए नेपाल धेरै सुदृढ र समृद्ध भइसक्ने थियो, तर २०४६ सालको परिवर्तनपछि स्वतन्त्रता (? ) त फैलियो, विकास र मर्यादा मासिँदै गयो । कूटनीतिमा ह्रास आयो । केही क्षेत्रमा भौतिक प्रगति पनि नभएको होइन, तर सदाचार, अनुशासन, देशप्रेम, स्वाभिमान, स्वावलम्बन, सच्चरित्र, राजनीतिक स्थायित्व र प्रगति स्खलित हुँदै गयो । नेपालीहरू २०४६ सालपछि दलदलमा बाँडिए । राष्ट्र दलदलमा फस्यो ।

    कतिपय ठाउँमा त एउटा दलको समर्थक मर्दा अर्को दलको मानिस मलामी नजाने पनि देखियो । माओवादीले विदेशीका एजेन्डा बोकेर हजारौंको हत्या गरे । जातजातका राज्य बनाइदिन्छौं भन्दै लालपुर्जा बाँड्ने उद्घोष गरे । गाउँगाउँमा गएर जनता भाँड्ने काममात्रै गरे । राज्य पुनर्संरचनाका नाममा नयाँ ‘खुवा बिर्ता’ घोषणा गरियो । चौध अञ्चल र पचहत्तर जिल्ला बनाउने राजा महेन्द्रको परिकल्पना हचुवा, लहड, उन्माद, प्रतिशोध, आवेग र प्रलोभनको उपज थिएन । चीन र भारतलाई, हिमाल, पहाड र तराईलाई जोडेका छन् धेरै अञ्चलले ।

    कर्णाली, बागमती, गण्डकी र धौलागिरिबाहेक मेची, कोसी, सगरमाथा, जनकपुर, राप्ती, भेरी, सेती र महाकालीले चीन-भारत दुवैलाई जोडेका छन् । संघीयता सक्रिय नभएकैले कोराला नाका (मुस्ताङ) बाट आज भैरहवा पुग्ने बाटो बनिरहेको छ । मेची अञ्चलमा चीन र भारतलाई स्पर्श गर्ने सुन्दर मेची राजमार्ग छ भने यस्ता सडक सञ्जालहरूले नेपाल एउटै घर हो भन्ने सन्देश दिइरहेका छन् । संघीयताका कारण प्रान्त (प्रदेश) सरकार बन्नासाथ ती भुरे, टाकुरे राज्यमा अवश्य विवाद चर्किन्छ र अशान्ति तथा अस्वस्थ प्रतिस्पर्धा सुरु हुन्छ । दक्षिण भारतको काबेरी नदीको विवाद संघीय राज्यबीचको विवादको निकृष्ट नमुना हो ।

    राजा महेन्द्रको सपना सुन्दर थियो । त्यसैले जजसले चौध अञ्चल र पचहत्तर जिल्ला मास्ने षड्यन्त्र गरेका छन्, ती अविवेकी नै हुन् । २०४७ सालको संविधानले ‘पञ्चायत’ शब्द हटाएर गाउँ पञ्चायतलाई गाउँ विकास समिति बनायो । भारतमा ग्राम पञ्चायत चलिरहेकै छ, जिल्ला पञ्चायत छँदैछन् । नेपालमा २५ वर्षमा (२०४७ पछि) पच्चीस वटा सरकार र गणतन्त्र घोषणापछि दस-एघारजना प्रधानमन्त्री फेरिए पनि शान्ति, प्रगति र स्थायित्व दिन नसक्दा उनीहरू आज लज्जित छन् । राजा महेन्द्रले बनाएको ७५ जिल्ला र चौध अञ्चल तथा राजा वीरेन्द्रले बनाएको पाँचवटा विकास क्षेत्र केकति कारणले गलत थियो ? यसको चित्तबुझ्दो जवाफ विघटनवादीसँग छैन । हिजो राजाहरूले जेजे बनाए, त्यसलाई भत्काउँदै जाने दुराशयले मात्र नयाँ प्रशासनिक संरचना बनाएको देखिन्छ ।

    ‘संघीयताको संरचना’ भन्दै पुरानो इनार पुरिएको छ । तर नयाँ इनार बनाएर त्यसको पानी परीक्षणसमेत गरिएको छैन । जिल्ला-अञ्चल सबै असंवैधानिक र अवैध घोषणा गरिएको छ । जंगबहादुर तराईमा सिकार खेल्न जाँदा भारतको कुनै सहरबाट बीए पास गरेको तराईवासी युवकले प्रधानमन्त्री जंगबहादुरसमक्ष खर्चबर्च पाउने मनसायले आफू एमए हुन चाहेको बिन्ती गरेछ । उसको आशय नबुझेर जंगबहादुरले ‘ल तँ आजदेखि एमए भइस्’ भन्ने हुकुम दिएछन् । अहिलेको संरचना पनि त्यसरी नै हुकुम प्रमांगीको भरमा बनाइएको देखिन्छ ।

    सरकारले ७४४ नगर तथा गाउँपालिका बनेको र पुरानो नेपालका जिल्ला रद्द भएको फर्मान जारी गर्‍यो । निर्धारित अवधिमा निर्वाचन हुन सकेन भने विदेशी दूतहरूको सिफारिसमा संसद्को आयु केही वर्ष थपेर भए पनि गणतन्त्रलाई संस्थागत र संघीयता एवं धर्म निरपेक्ष जस्ता विषयलाई वैधानिक तुल्याउन सत्तालोलुप समूहबीचमा भित्रभित्रै म्याच फिक्सिङ भएको छनक पाइन्छ । ‘पाडो वा पाडी जे भए पनि गोठालालाई बिगौती’ भने झैं चुनाव भए पनि नभए पनि सत्ताबाहेक अरू नदेख्ने कलर ब्लाइन्डनेसका रोगीहरूलाई फरक पर्दैन । सुँगुरको बोसोमा पाकेको तरकारीलाई चिनियाँहरूले शुद्ध शाकाहारी परिकार माने झैं गणतन्त्रको बोसोमा तयार पारिएको बाइबलपन्थी संविधानमा विदेशीको ठूलो लगानी भएकाले विदेशीको तलबभत्ता खानेहरू सबै वर्तमान संविधानलाई विश्वकै उत्कृष्ट भनिरहेका छन् ।

    गणतन्त्र असफल बन्ला, धर्म निरपेक्षता अलपत्र होला र संघीयता टुहुरो बन्ला भन्ने डरले माओवादी नेतृत्वको सरकारले दरबारका धाइहरूलाई समेत गणतन्त्ररूपी शिशुको लालनपालन गर्न सिंहदरबारमा भित्र्याएको छ । २०४७ सालभन्दा पहिले निर्दलीय पञ्चायतलाई सर्वोत्कृष्ट भन्ने, त्यसपछि बहुदलीय पद्धतिलाई सर्वोत्कृष्ट मान्ने र हाल गणतन्त्रात्मक संविधान नै सर्वोत्कृष्ट ठान्ने ‘अत्यन्त उदार, सकारात्मक र अग्रगामी’ नेतृत्व पाएको रहेछ राप्रपाले । अफगान तालिवान, बोकोहराम वा आईएस लडाकुले कुनै दिन नेपाल कब्जा गरे भने सत्ताको लागि जुनसुकै रूप धारणा गर्ने बहुरूपीहरूले नाम, थर, धर्म र जात बदलेर अवश्य गोमांस भोजन गर्नेछन् । किनभने तालिवान र माओवादी नेतृत्वमा धेरै भिन्नता छैन । दुवैथरी रगतको होली खेल्न सिपालु छन् । माओवादीलाई शिरोपर गर्दै गणतन्त्रमा रमाउनेहरूले पद र पैसाको लागि भोलि जे पनि गर्छन् । यस्तो अनैतिक प्रवृत्तिलाई समर्थन र सहायता गर्नेहरूले आफ्नो दललाई ‘राजतन्त्रवादी’ भन्दै ढाँट्नुको कुनै अर्थ छैन । यो चलाखी र धुत्र्याईं जनताले चाल पाइसकेका छन् ।

    चीन र भारतको भन्दा पृथक् पद्धति स्थापित भएन भने नेपालमा राजनीतिक असन्तुलन भइरहन सक्छ भन्ने बुझेर राजा महेन्द्रले बहुदलीय (संसदीय) पद्धतिमै आधारित मौलिक प्रणाली सुरु गर्न नयाँ संविधान मस्यौदा गराएका थिए । २०१८ साल असोज ८ गते शम्भुप्रसाद ज्ञवालीको अध्यक्षतामा उदयप्रसाद उपाध्याय, मुक्तिकान्त मैनाली, महन्तलाल जोशी, हेरम्बप्रसाद प्याकुरेल र विश्वनाथ उपाध्याय सम्मिलित ‘ल कमिसन’ बाट १३ महिनामै नयाँ मुलुकी ऐनको मस्यौदा गराए महेन्द्रले । २०१० सालमा अर्को कमिसन बन्यो र २०१४ सालमा त्यसलाई पुनर्गठन गरी कानुन सुधार आयोग बनाइयो ।

    नेपाल अधिराज्यको संविधानसँग मेल खाने गरी कानुन सुधार गर्नुपर्ने भएकाले २०१७ साल असोज २७ गते अर्को आयोग बन्यो । निर्दलीय शासनका दस वर्ष (२०१७-२७) हेरेपछि राजा महेन्द्रले संसदीय पद्धतिअनुसारको बहुदलीय संविधान मस्यौदा गर्न शम्भुप्रसाद ज्ञवालीलाई २०१९ वैशाखमा आयोगको सदस्य बनाए । पछि उनैलाई गृह पञ्चायत तथा कानुनमन्त्री बनाएर जिम्मेवारी दिए । २०२८ साल फागुन ७ गते नयाँ संविधान घोषणा गर्न राजा महेन्द्र तयार थिए तर माघ १८ गते नै उनको देहान्त भयो । ५३ वर्ष नपुग्दै परलोक भएका महेन्द्रको त्यो सपना अधुरै रहेको वरिष्ठ राजनीतिज्ञ डा. तुलसी गिरी बताउँछन् ।

    राष्ट्र निर्माणको प्रबल चेतना भएका साहसी, योग्य, लगनशील र कर्तव्यनिष्ठ शासक थिए महेन्द्र । उनले बनाएका र सुरु गरेका सबै कुरा छोपिदिने हो भने के-के देखाउन सकिएला ? त्यसैले राष्ट्रवादीहरू राजा महेन्द्रलाई सम्झिरहेका छन् ।

    ज्ञवालीले एउटा लेखमा भनेका छन्, ‘नयाँ मुलुकी ऐनबारे जाहेर गर्दा श्री ५ महेन्द्रबाट हुकम भयो, ‘सबै कुरा ठीक लाग्यो तर अंशबन्डाको महलमा पैंतीस वर्ष उमेर पुगेकी विवाह नभएकी छोरीले छोरासरह पाउने अंशको आधी अंश पाउने कुरा ठीक लागेन । किन समान व्यवस्था नगरेको ? ‘ पुरुष र महिलाबीच कुनै भेदभाव गरिनु हुन्न भन्ने राजा महेन्द्रको उदार धारणा रहेको पाइन्छ भने जातीय भेदभावलाई गैरकानुनी घोषणा गर्ने दक्षिण एसियाकै पहिलो शासक उनै हुन् भन्ने इतिहासकारहरूको भनाइ छ । यस्तै झापाको बुधबारे गाउँ पञायतमै पुगेर उनले पहिलोपल्ट भूमिहीन किसानलाई मोहियानी हकको प्रमाणपत्रसहित जग्गा दिलाएका थिए । अनुसन्धानका क्रममा पंक्तिकारले राजा महेन्द्रबाट पहिलोपल्ट मोहियानी हक प्राप्त गरेका ७० वर्षीय राधाप्रसाद धिमालसँग कुराकानी गर्दा उनले सरल भाषामा भनेका थिए, ‘गरिबको लागि त राजा महेन्द्र देउता नै हुन् ।’

    धिमालसँगै मोहियानी हक पाउने दाताराम सुवेदी, बुधन धिमाल, प्रेमबहादुर सुनुवारलगायत नौजनाले मोहियानी हक पाएको बुधबारेका पूर्व प्रधानपञ्च दिनानाथ ढकालको कथन छ । मालिकको जमिनको पच्चीस प्रतिशत श्रमजीवी किसानलाई विधिपूर्वक उपलब्ध गराउने महेन्द्र संसारकै उदाहरण भएको महेन्द्रका बारेमा पुस्तक लेखेका जे. कृष्ण मूर्तिलगायत पश्चिमा लेखकहरूले समेत स्विकारेका छन् ।

    राजा महेन्द्रले संसार देखेका र बुझेका थिए । ‘चीन-भारत मित्रमित्र, बाहिरै बस नपस भित्र’ भन्ने उनको नीति थियो । पूर्वीपाकिस्तान टुक्र्याएर भारतले बंगलादेश नामको नयाँ राष्ट्र बनाउन गुप्तरूपमा आफ्ना सैनिक पठाएको र भारतमा बसेर काम गरिरहेको नेपाली कांग्रेसले इन्दिरा गान्धीको आदेशमा आफ्ना हतियार बंगलादेश पठाएको कुरा महेन्द्रले राम्ररी बुझेका थिए । बीपीको आत्मवृत्तान्तमा समेत कांग्रेसले आफ्ना हतियार इन्दिरा गान्धीको आदेशमा बंगलादेश पठाएको र त्यसको लागि आफूले अगमसिंह राई, सुशील कोइराला र चक्र बाँस्तोलालाई खटाएको उल्लेख गरेका छन् ।

    भारतबाट दिनहुँजसो बंगलादेशलाई मान्यता दिन राजालाई दबाब आउने गरेको र त्यसो नगरेमा नेपालले ठूलो दुर्भाग्य बेहोर्नुपर्ने तत्कालीन भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीको धम्की आउने गरेको दरबारका पुराना उच्च अधिकारीहरूको भनाइ छ । भारतले हजारौं पल्ट तनाव दिएकै कारण राजाको रक्तचाप बढिरहन्थ्यो र सोही कारणले हृदयाघात भएको पुराना प्रशासक तथा विद्वान्हरू बताउँछन् । राष्ट्रका निम्ति भोकप्यास बिर्सेर अहोरात्र काम गरिरहने राजा महेन्द्रले इजरायल झैं राष्ट्र बलियो बनाउने सपना सजाएका थिए, त्यो पनि अधुरै रह्यो ।

    ‘बडासँग लागे गुवापान, छोटासँग लागे नाककान’ भन्ने उखानजस्तै राजा महेन्द्रले पनि राष्ट्रको संरक्षण, संवद्र्धन र सम्पोषण गर्न योग्य अनुभवी, इमानदार, स्पष्टवक्ता र राष्ट्रवादीहरूलाई गहन जिम्मेवारी दिएको पाइन्छ ।

    राष्ट्र निर्माणको प्रबल चेतना भएका साहसी, योग्य, लगनशील र कर्तव्यनिष्ठ शासक थिए महेन्द्र । उनले बनाएका र सुरु गरेका सबै कुरा छोपिदिने हो भने के-के देखाउन सकिएला ? प्रज्ञा प्रतिष्ठान स्थापना गरेर भाषा, साहित्य, कला, संस्कृतिलगायत विविध विषयमा उत्थान गराउन खोज्ने प्रतिष्ठानका संस्थापक राजा महेन्द्रको प्रतिमा छोपेर राखेका छन्, दलका कोटामा प्राज्ञ भएका विद्वान्हरूले । विभिन्न नेताको चरण स्पर्श गर्न लाज नलाग्ने तर महेन्द्रको मूर्ति देखाउन लाज मान्ने यो कस्तो ‘प्राज्ञिक’ सोच हो ?

    विदेशीको योजनाअनुसार १४ अञ्चल र ७५ जिल्ला भत्काइयो । नयाँ नेपालका अभियन्ताहरूले धेरै कुरा भत्काइसकेका छन् । विदेशका धन र स्वदेशका डन भेला पारेर दलहरूको मादल बजाउनेहरूले राष्ट्रियता समाप्त पार्न र ‘संघीयताबाट कम क्षति हुने’ उपाय खोज्दै घरघरमा गृहयुद्धको बीउ-विजन पुर्‍याइसकेका छन् । राष्ट्रलाई गृहयुद्धको अग्निकुण्डमा होम्ने तयारी गरिरहेका छन् । कोर्ट मार्सल गर्नुपर्नेहरू फिल्ड मार्सल भएका छन् । कुनै बेला संसारमै प्रसिद्ध राष्ट्र नेपाल आज दिनप्रतिदिन बद्नाम हुँदै गएको छ । त्यसैले राष्ट्रवादीहरू राजा महेन्द्रलाई सम्झिरहेका छन् । इतिहासका सुन्दर क्षण सम्झेर पीडाबोध गरिरहेका छन् ।

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    सोमबार, फागुन ३०, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा
    शायद गाउँ सुनसान भएछ !
    हिउँपात हुँदाको एक बिहान
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.