कैलासबावु श्रेष्ठ/गोरखा
फागुन २८ गते । कञ्चनपुरमा भारतीय प्रहरीको गोलीबाट नेपाली युवा गोविन्द गौतमको मृत्यु भएको विरोधमा नेत्राविक्रम चन्द ‘बिप्लब’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आहृवान गरेको आजको नेपाल बन्दले गोरखामा प्रभाव पारेको छ ।
शुक्रबार संघिय समाजबादी फोरमको बन्दले पनि गोरखामा प्रभाव पारेको थियो । सनिबार विप्लब माओवादीको बन्दमा पनि बिहानै देखी गोरखा सदरमुकाम भएर जिल्लाको ग्रामिण भेटमा चल्ने तथा जिल्ला बाहिर जाने कुनै पनि सार्वजनिक सवारी साधान चल्ने सकेको छैन भने गोरखा बजार पूर्ण रुपमा बन्द भएको छ ।
दुध बोकेको सवारी साधन, एम्बुलेन्स, केही निजी मोटरसाइकल बाहेक कुनै पनि सवारी साधन सडकमा गुडेको छैन । हिजो र आज लगाता बन्द हुदा अत्यावश्यकीय कामका लागि जिल्ला बाहिर तथा ग्रामिण क्षेत्रमा जानु पर्ने सर्व साधारणलाई असहजता भएको छ ।
बन्दकर्ताहरु सधै जस्तै गोरखा बजारको लोकतान्त्रिक चोकमा जम्मा भएर अवरोध गरी रहेका छन । बन्दकर्ताले केही गर्ला कि भनेर नेपाल प्रहरी र शसत्र प्रहरीलाई ब्यापक रुपमा परिचालन गरीएको छ ।
भारतीय प्रहरीले नेपाली भूमिमा आएर नेपालीमाथि नै गोली हान्दा समेत सरकारले कुनै ठोस कदम नचालेको भन्दै नेपाल कम्युनिष्ट पार्टीले बन्दको आहृवान गरेको हो ।




















