कैलासबावु श्रेष्ठ/गोरखा
फागुन २७ गते । संघीय गठबन्धनले सप्तरी घटनाको विरोध स्वरुप शुक्रकार गरेको नेपाल बन्द गोरखामा समेत प्रभाव परेको छ । बन्दका कारण बिहानै देखी देशको विभिन्न स्थानमा चल्ने सार्वजनिक सवारी साधान चल्न सकेको छैन भने बिहानै देखी सञ्चालनमा आउने निजि स्कुल तथा कलेजहरु समेत चल्न सकेको छैन ।
आजको बन्द संघीय गठबन्धनले गरको भएता पनि गोरखामा भने संघीय समाजवादी फोरमको मात्र उपस्थिती रहेको छ । फोरमका केही कायकताहरुले सदरमुकामको लोकतान्त्रिक चोकमा बसेर माईकिङ्ग गरी रहेको भएता पनि केही निजी मोटरसाइकल तथा सवारी चलीरहेको छ । त्यस्तै गरी पुलिस, एम्बुलेन्स, दुधका गाडी र सञ्चारकर्मीहरुको सवारी साधान भने पहिले जस्तै सञ्चालनमा आएको छ ।
बन्दका कारण गोरखा सदरमुकाममा रहेको सबै प्रकारको पसलहरु पूर्ण रुपमा बन्द भएको छ ।
नेपाल बन्दमा गोरखामा पनि प्रभाव
नेपाल बन्दमा गोरखामा पनि प्रभाव
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु


