×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • २ घण्टा अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ६ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ९ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ११ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ११ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ११ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ११ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १२ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

गोरखामा यसरी आयो नक्कली भूकम्प

  •  
  • बुधबार, फागुन २५, २०७३ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    किरण लोहनी/उज्यालो ।

    गोरखा, फागुन २४ – मंगलबार मध्यदिनमा गोरखा सदरमुकामको हरमटारी रंगशालामा एक्कासी  मान्छेहरु गुहार माग्दै चिच्याएको आवाज सुनियो । मान्छेहरु रोएको, चिच्याएको, गुहार मागेको र भूकम्प आयो भनेर कराएको सुनेपछि वरपरका बासिन्दा साँच्चैको भूकम्प आएको हो कि भनेर अलमलमा परे । त्यसमाथि बाहिरी सडकमा साइरन बजाउँदै एम्बुलेन्स कुँदेको, सुरक्षाकर्मी र रेडक्रसकर्मीले घाइतेलाई स्ट्रेचरमा यताउता दौडाइरहेको देखेर वरपरको घरको छतछतमा जम्मा भएर हेर्न थाले ।

    घाइतेलाई रंगशालामा बनाइएको सुरक्षित स्थान अर्थात टेन्टतर्फ लाँदै गरेको देखेपछि धेरैलाई लाग्यो, कतै ठूलै विपद आइलागेछ । रेडक्रसको चिन्ह अंकित पोशाकमा खटिएका स्वयमसेवी र तीनवटै सुरक्षा निकायका सुरक्षाकर्मीको समेत बाक्लो उपस्थितिले स्थानीयको चासो बढायो र एकैछिनमा रंगशाला वरपर ठूलै संख्यामा मान्छेको जमघट भयो ।

    केहीबेरमै माइकमा गोरखाका प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेत बोल्न थाल्नुभयो । उहाँले भन्नुभयो, ‘गोरखाको श्रीनाथकोट केन्द्रविन्दू भएर ७ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको छ, त्यसले भौतिक र मानवीय क्षति पुर्‍याएको छ, हामी उद्धारमा लागिसकेका छौं ।’

    रंगशालामा उपस्थित सुरक्षाकर्मी वास्तविक, सिडिओ, एलडिओ, सुरक्षा अंग र सरकारी कार्यालयका प्रमुखहरु सबै वास्तविक भएपनि प्रमुख जिल्ला अधिकारीले भनेजस्तो गोरखा केन्द्रविन्दु भएर भूकम्प भने आएको थिएन, उहाँले भनेको घटना बनावटी अर्थात काल्पनिक थियो ।

    बाहिरबाट झट्ट हेर्दा वास्तविक जस्तै लागे पनि त्यहाँ नेपाल रेडक्रस सोसाइटीको आपतकालिन पूर्वतयारी तथा प्रतिकार्य कार्यक्रम अन्र्तगत विपद प्रतिकार्य सम्बन्धी कृत्रिम अभ्यास गराइएको थियो ।  अर्थात भूकम्प र आगलागीको कृत्रिम घटना बनाएर खोज, उद्धार, प्राथमिक उपचार र आपतकालिन स्वास्थ, राहत वितरण लगायतका विषयमा अभ्यास गराइएको थियो । अभ्यास कृत्रिम भएपनि त्यहाँको वातावरण भने पूरै वास्तविक जस्तै देखिन्थ्यो ।

    यतिसम्म कि आगलागीको बेला कसरी उद्धारको काम कसरी गर्ने भनेर रेडक्रस जिल्ला शाखाको अहिले भत्काउन थालिएको भवनमा साँच्चैको आगोनै लगाइयो । नेपाल आर्मी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, रेडक्रसकर्मी लगायतले दन्किएको आगोभित्रै पसेर नक्कली घाइते बनेकाहरुलाई सकुशल उद्धार गरे । खोज तथा उद्धारकर्ता, प्राथमिक उपचारक, स्वास्थ्य कार्यकर्ताको भूमिका तत्तत् क्षेत्रका वास्तविक व्यक्तिले गरेको भएपनि घाइतेको भूमिकामा रहेकाहरुले भने काल्पनिक दृश्य देखाएका थिए ।

    विपदको घटना जतिबेला जहाँ पनि हुन सक्ने भएकोले पूर्वतयारी स्वरुप कृत्रिम अभ्यासको आयोजना गरिएको रेडक्रस गोरखा शाखाका सभापति यदुविलाश भट्टराईले बताउनुभयो । ‘हामीले गत वर्ष ठूलो भूकम्प बेहोर्‍यौं, अहिले पनि पुनर्निर्माणको काम चलिरहेकै छ’ उहाँ भन्नुहुन्छ, ‘यस्ता अभ्यासहरुले हामीलाई सम्भावित जोखिमप्रति थप सतर्क बनाउँछ ।’

    नेपाल रेडक्रस सोसाइटी गोरखाको आयोजना, जिल्ला दैवी प्रकोप उद्धार समितिको समन्वय र केयर नेपाल, अक्सफाम, सेभ द चिल्ड्रेन, स्वाँरा सघन गाउँ विकास केन्द्र, एकीकरण नेपाल, गोरेटो गोरखा र तुलसी मेहर युनेस्को क्लवको सहयोगमा कृत्रिम घटना अभ्यास गराइएको हो ।

    त्यस क्रममा जिल्ला दैवी प्रकोप उद्धार समितिलाई विभिन्न संघसंस्थाले उद्धार सामग्री पनि उपलब्ध गराएका छन् । झण्डै दुई घण्टा जति गोरखाको व्यस्त बजार क्षेत्र नै अस्तव्यस्त हुने गरी कृत्रिम घटनामाथि वास्तविक अभ्यास गरिएपनि कतिपय बजार बासिन्दाले भने त्यो कडा मेहनतलाई नाटकको संज्ञा दिए ।

    ujyaaloonline

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, फागुन २५, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.