कैलासबावु श्रेष्ठ/गोरखा
फागुन २४ गते । बिनाशकारी भूकम्प पछि गोरखा जिल्लाका बिस्थापीतहरुको अबस्थाको बिषयमा पत्ररकारहरुले जिल्ला सदरमुकाममा छलफल कार्यक्रम सम्पन्न गरेको छ ।

०७२ साल बैशाख १२ गतेको बिनाशकारी भूकम्प गएको २३ महिना सम्म पनि सरकारी अन्यौलले पिडितहरु टहरोमा नै रहेको भन्दै पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघ गोरखा शाखाले सदरमुकाममा ‘बिस्थापित भूकम्प पिडितहरुको बर्तमान अबस्था, अन्यौल र चुनौती’ का बिषयमा छलफल कार्यक्रम सञ्चालनमा ल्याएको थियो ।

अन्तराष्ट्रिय गैर सरकारी संस्था अक्सफामको आर्थिक सहयोगमा भएको उत्त कार्यक्रम बारपाक र लाप्राकमा भूकम्पले बिस्थापित भएकाहरुको सहभागीता रहेको थियो ।

बिषयगत कार्यालयको समेत धारणा सार्वजनिक गरीएको उत्त कार्यक्रममा सहभागीहरुले राज्यले स्वइच्छाचारी ब्यवहार गर्दा पिडित झनै पिडित हुनु परेको भन्दै कुरा गराई र काम गराईमा फरक पना रही रहे आगामी २० बर्ष सम्म पनि गोरखाको पुनःनिर्माणको काम सम्पन्न नहुने गुनासो गरेका थिए ।

कार्यक्रममा गोरखामा क्रियाशिल राजनैतिक दल, सरकारी तथा गैर सरकारी संघ संस्थाका प्रतिनिधी तथा सरोकार वाला सरकारी कार्यालयका प्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।


