कैलासबावु श्रेष्ठ/गोरखा
फागुन २४ गते । बिनाशकारी भूकम्प पछि स्थानिय स्तरमा रहेकाहरुलाई आर्य आर्जन कार्यमा लगाउन गोरखाको दुई गाविसमा साझा घर निर्माण सम्पन्न भएको छ ।

जिल्लाको हर्मी र छोप्राँकमा दुई भिन्न साझा घर निर्माण भएको हो । हर्मीमा स्वाराँ सघन गाउँ बिकास केन्द्रको समन्वयमा निर्माण भएको हो भने छोप्राकमा सेवा बैतडीले समन्वय गरेको थियो ।

डेनमार्क सरकारको पैसा यूएनपिडी मार्फत गोरखा जिल्लाको दुई गाउँ बिकास समितिमा ‘जिबिको पार्जन स्थिरीकरण र उद्यम पुनःस्थापना’ परियोजना सञ्चालनमा आएको थियो । परियोजनाको नेपाल स्थित डेनमार्क दुताबासका परामर्श दाता म्याग्नुस मिरनिल्ड सहितका टोलीले स्थलगत अनुगमन गरेका थिए ।

८ दिनको जिविको पार्जन स्थिरीकरण उद्यम पुनःस्थापना तालिम लिए पछि स्थानिय आफैले कुन ब्यवसाय गर्ने भन्ने बिषयमा निर्णय लिने र सोही अनुसारको तालिम प्रदान गर्ने गरेको स्वाराँ सद्यनका सिताराम श्रेष्ठले बताउनु भयो ।
श्रेष्ठले नेतृत्व गरेको संस्थाले हर्मीमा १ सय २९ घर परिवारले ब्यवसायीक तालिम गरेर उद्यमी भै सकेको छ । उत्त गाबिसमा स्वाराँ सद्यनले १४ प्रकारको तालिम प्रदान गरेको थियो । सिलाई कटाई, बाख्रा पालन, कुखुरा पालन, होटल खाजा घर, ब्यूटी पार्लर, फ्रेस हाउस, फोटो ग्राफर, ढाका बुनाई, बाँस प्रशोधन, बुटिक भर्ने, फर्निचर, बंगुर पालन, किराना पसल र आरन सुधार तालिम सञ्चालन पश्चात आर्य आर्जन कार्यमा स्थानिय सहभागी भएका छन ।

यस्ता तालिम तथा आर्य आर्जनमा सहभागी हुने वा अन्यलाई समेटेर साझा घर मार्फत आर्य आर्जनमा सहभागी गराउन साझा घरको निर्माण भएको हो ।

यता छोप्राकमा भने ३, ४ र ५ नम्बर वडामा मात्र लागु भएको यो कार्यक्रममा ६२ घर परिवारका मानिसहरु सहभागी भएका छन । सेवा बैतडीले समन्वय गरेको उत्त गाउँ बिकास समितिमा १ हजार ५ सय ६८ घर धुरी पुरैले कार्यक्रममा सहभागी हुन ईच्छा देखाएका थिए ।
छोप्राकमा सिलाई कटाई, कुखुरा पालन, बाख्रा पालन, बाँसको मुढा, चिया पसल, मासु पसल, तरकारी खेती, आरन ब्यूटी पार्लर र फर्निचरको तालिम सञ्चालनमा आएको थियो ।

अनुगमनमा आएका परामर्शदाता मिरनिल्ड र उनको टिमलाई उद्यमीहरुले आफुले गरेको ब्यवसायहरु प्रर्दशनमा राखेर देखाएका थिए ।


