कैलासबावु श्रेष्ठ/गोरखा
फागुन २४ गते । गोरखा सदरमुकाम देखी उत्तरी क्षेत्रमा रहेको आरुघाट बजारमा लुकाई राखेको अवस्थामा ठुलो परिमाणमा प्रहरी फेला पारेको छ । 
आरुचनौटे गाउँ बिकास समिति १ को आरुघाट बजारमा रहेको बगैचाको एक रुख मुनी लुकाई छिपाई राखेको अबस्थामा प्रहरीले १ सय १७ केजी जटामसी फेला पारेको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ । साँझ ६ः३० बजे बिशेष सुराकीको आधारमा फेला परेको उत्त जटामसी १६ वटा बोरामा पोका पारी राखीएको थियो ।
आरुघाट प्रहरीले बरामद गरेको उत्त जटामसी कसले के प्रयोजनाका लागि उत्त स्थानमा लुकार्इं राखेको हो अनुसन्धान भै रहेको जिल्ला प्रहरी कार्यालय गोरखामा प्रहरी नायब उपरिक्ष बिरेन्द्र थापाले बताउनु भयो ।
फेला परेको सबै जटामसी ईलाका बन कार्यालय आरुघाटलाई बुझाईएको छ ।


