कैलासबावु श्रेष्ठ/गोरखा
फागुन २१ गते । नेपाल सरकारको रेड बुकमा योजना परेर पनि अधुरा रहेका विभिन्न योजनाका लागि भन्दै ७ करोड ७० लाख रुपैयाँ अर्थ मन्त्रालयले निकासा गरेको छ । चालु आर्थिक बर्षका लागि कायान्वयन गर्ने गरी यो बजेट थप गरी आएको हो ।
थप भएको बजेट मध्ये विभिन्न सड्कका लागि ३ करोड ७० लाख रुपैयाँ रहेको छ भने खानेपानी आयोजनाहरुका लागि ४ करोड रुपैयाँ रहेको छ । गोरखा जिल्लाबाट सम्वन्धीत कार्यालयले माग गरेको योजना मध्ये प्राथमिकताको आधारमा योजना छनौट गरी अर्थ मन्त्रालयले रकम दिएको हो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले रकमान्तर गरेर पठाएको ४ करोड रुपैयाबाट १२ वटा सडक मर्मत तथा स्तरोन्नति गरिने छ ।
सड्क योजनाको नामहरु
१) धादिङ–बसेरी हुदै गोरखाको मान्बु हुँदै काशिगाउँ केरौंजा र दोभानसम्मको सडकका लागि ४० लाख ।
२) आरुघाट–थूमी–लापु सडकका लागि ३० लाख ।
३) आरुघाट भञ्ज्याङ–सिस्नेरी–आरुपोखरी–देउराली–ताकुकोट–मुचोक हुँदै लमजुङसम्मको सडकमा २० लाख ।
४) झिंगटे–बोर्लाङ–धावा चौतारा–कोयापानी सडकमा २० लाख ।
५) बेनीघाट–फुजेल–तिनमाने–पोखरीथोक सडकका लागि ३० लाख ।
६) मकैसिङ्ग–बुटार–घैरुङ–नामजुङ–बुंकोट हुँदै गोरखा सदरमुकाम सम्मको सडकमा ३० लाख ।
७) पन्थ डिही कटहरे–हर्मी सडकमा ३० लाख ।
८) स्याउली वजार–बक्राङ–टउरी भञ्ज्याङ–मनकामना सडकमा ३० लाख ।
९) ९ किलो मनकामना सडकमा ४० लाख ।
१०) ताकुकोट–उल्टे–डाँडागाऊँ सडकमा ३० लाख ।
११) गुम्दा–लापु सडकमा ५० लाख ।
१२) सातदोवाटो–अन्न्पूर्ण मावि खोप्लाङ वजार–चापाभञ्ज्याङ सडकका लागि २० लाख रुपैया विनियोजन गरिएको हो ।

खानेपानी योजनाका लागि छुट्याइएको ४ करोड रुपैयाँ भने २० वटा योजनामा खर्च गरीने भएकोे छ । योजनाको छनौटको तयारी अन्तिम चरणमा पुगेको खानेपानी तथा सरसफाई डिभिजन कार्यालयले जानकारी गराएको छ ।


