कैलासबावु श्रेष्ठ/गोरखा
फागुन १९ गते । गोरखा जिल्लाको उत्तरी क्षेत्रमा दिउसो पख आएको अचानक आएको हुरी बतासले भूकम्प पिडितको टहरोलाई क्षति पुरयाएको छ । मध्ये दिनमा आएको उत्त हुरी बतासले केही समय स्कुले बिद्यार्थीहरुको सतो नै लिएको थियो । 
गोरखा सदरमुकाम देखी उत्तरी क्षेत्रको गुम्दाँ, मान्बु, मसेल, सौरपानी, जौबारी क्षेत्रमा आएको ठुलै हुरी बतासले पिडितलाई सास्ती बनाएको हो । हुरी बतासले अहिले सम्म के कती क्षति भएको छ भन्ने बारेमा विस्तृत बिवरण भने आएको छैन । हामीले सूचना संकलन गरी रहेका छौ । अहिले सम्म मानविय क्षति नभएको र भूकम्प पिडितको टहरोको जस्ता पाता उडाएको भन्ने जानकारी आएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक बिरेन्द्र थापाले जानकारी दिनु भयो । 
मसेलबाट शित्तल गुभाजुले दिनु भएको जानकारी अनुसार दिउसो २ बजे तिर आएको ठुलो हावा हुरीका कारण स्कुलले बच्चाहरुलाई सम्हाल्नै गारो भएको बताउनु भयो । गुभाजुका अनुसार हावाहुरीले स्कुलको जस्ता पाता भने नउडाएको बताउनु भयो । उत्त क्षेत्रमा ४ः३० बजे पुनः त्यस्तै प्रकृतीको हावाहुरी आएको समेत गुभाजुले टेलिफोन मार्फत जानकारी गराउनु भएको थियो ।
यता स्वाराँ गाउँ बिकास समितिबाट सलिना गुरुङ्गले दिनु भएको जानकारी अनुसार उत्त क्षेत्रमा दिउसो १ः४० बजे बाट आएको हावाहुरी दिउसो ३ बजे सम्म चली रहेको थियो । हावाहुरी कै कारण उत्त क्षेत्रमा बसोबास गर्ने भूकम्प पिडितको टहरो र टहरोको छाना उडाएको बताउनु भयो ।
हावा हुरी कै कारण गोरखा सदरमुकाममा रहेको शक्ति उच्च माविको प्राङ्गणमा रहेको सिसौको रुख ढल्दा स्कुललाई क्षति पुगेको छ । पढाई भै रहेको समयमा रुख ढलेको भएता पनि कुनै मानविय क्षति भने नभएको स्कुलका प्राचार्य निरज भट्टराईले जानकारी दिनु भयो ।
हावाहुरी चलेकै क्षेत्रमा दिउसो ४ बजे पछि आकाशमा कालो बादल सहित पानी समते परेको थियो । उक्त क्षेत्रमा पुनः हावाहुरी चलेको छ ।
फोटो सलिना गुरुङ्ग र शित्तल गुभाजु


