कैलासबावु श्रेष्ठ/गोरखा
फागुन १९ गते। गोरखा सदरमुकामको लक्ष्मीबजारमा रहेको द्रब्यशाह वहुमुखी क्याम्पसमा वुधबार सम्पन्न भएको स्ववियु निर्वाचनमा नेपाल बिद्यार्थी संघले बहुमत प्राप्त गरेको छ । संघले सभापति सहितको पदमा निर्वाचनमा बहुमत ल्याएको हो । 
८ बर्ष पछि देश भरी भएको स्वतन्त्र बिद्यार्थी यूनियनको चुनाबमा विभिन्न ५ बिद्यार्थी यूनियनहरुले प्यान घोषणा गरी निर्वाचनमा सहभागीता जनाएका थिए । चुनावबाट सभापतिमा प्रबिण बस्नेत चयन भएको छ । बस्नेतले आफ्ना प्रत्यासी अखिल क्रान्तिकारीका मनोज राना मगरको भन्दा ३ मत बढी ल्याएर बिजयी भएका थिए । क्रान्तिकारीका मगरले भने ८४ मत प्राप्त गरेका थिए ।
सोही निर्वाचनबाट सचिवमा पुजा न्यौपाने, कोषाध्यक्षमा शोभा थापा बिजयी भएका छन भने सदस्यहरुमा दिपाश्री भट्टराई, शिवहरी तिमल्सेना, राजु कोइराला, हसिना मियाँ, निर्मल श्रेष्ठ र राज कुमार गुरुङ्ग बिजयी भएको क्याम्प प्रशासनले जानकारी दिएको छ । 
बुधबार अबेर राती सम्म भएको मत गणनामा बिजयी भएका राजकुमार गुरुङ्ग भने नयाँ शक्ति पार्टीको बिद्यार्थीहुन । सचिब र कोषाध्यक्षमा क्रान्तिकारीका बालकृण्ण परियार र सुकु गुरुङ्गले हार ब्यहोरेका थिए । दुवैले क्रमश.७६ र ७७ मत प्राप्त गरेका थिए । बिजयी हुने न्यौपानेले ९९ मत पाएका थिए भने थापाले ९२ मत प्राप्त गरेका थिए । कुल ३ सय १ मत रहेको उक्त कलेजमा २ सय ९८ जना बिद्यार्थीहरुले मात्र चुनावमा सहभागीता जनाएका थिए । चुनावमा १ सय मत ल्याउने दिपाश्री नै एक मात्र उम्मेवार भएकी थिइन ।
यता समानुपातिक तर्फ नेवि संघले १ सय ३ मत, अखिल क्रान्तिकारीले ७९ मत, नयाँ शत्तिm विद्यार्थी युनियले ७० मत, अनेरास्ववियुले ४३ मत र मजदुर किसान पार्टी निकट विद्यार्थी संघठनले ३ मत ल्याएको थियो ।
फोटो सभापति बस्नेत र ओम गुरुङ्गको फेसबुक वालबाट
द्रव्यशाहमा नेविसंघ
द्रव्यशाहमा नेविसंघ
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु


