कैलासबावु श्रेष्ठ/गोरखा
फागनु १७ गते । गएको फागुन ९ गते गोरखा जिल्लाको ताकुमाझ लाकुरोबाट गाउँ बिकास समिति ८ को निशेलझाडी डाँडा सालघारीमा दाउरा संकलनका लागि गएकी एक महिलाको हत्या गरी उनको गहना चोरी गरेको आरोपमा प्रहरीले १ जना पुरुषलाई नियन्त्रणमा लिएर अनुन्धान थालेको जिल्ला प्रहरी कार्याल गोरखाले जानकारी गराएको छ ।
ताकुमाझ लाकुबोट ९ डुम्रीस्वाराँ बस्ने २९ बर्षिय रमेश बयलकोटीलाई प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको हो । पक्राउ परेको बयलकोटीले सोही गाबिस ९ बस्ने ३८ बर्षिया बिमला सार्कीलाई जंगलमा दाउरा संकलन गर्न गएको बेला टाउकोमा धारीलो हतिायार प्रहार गरी हत्या गरी सार्कीले लगाएको गहना चोरी गरी आफ्नै घरमा लुकाई छिपाई राखेको अबस्थामा प्रहरीले फेला पारे पछि बयलकोटीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको कार्यालयले जानकारी दिएको हो ।
जंगलमा दाउरा संकलन गर्न गएकी सार्की फागुन ९ गते देखी हराएको १० गते दिउसो २ः३० बजे मात्रै उनको मृत्त शरिर फेला परेको थियो । मृक्तक महिलाको टाउको गंभिर चोट देखीए पछि महिलाको हत्या भएको भन्दै प्रहरीले गहन अनुसन्धान गरी रहेको थियो । पक्राउ परेको बयलकोटी आफैले लुकाई राखेको गहना प्रहरीलाई बुझाएको थियो ।
बयलकोटीलाई कर्तब्य ज्यान तथा जबरजस्ती चोरी मुद्वामा गोरखा जिल्ला अदालत बाट ५ दिनको म्याद थप गरी अनुसन्धान भै रहेको समेत जानकारी दिइएको छ ।
महिलाको हत्या आरोपमा एक ब्यत्ती पक्राउ
महिलाको हत्या आरोपमा एक ब्यत्ती पक्राउ
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु


