कैलासबावु श्रेष्ठ/गोरखा
फागुन १७ गते । गोरखा सेवा समाजका संस्थापक अध्यक्ष स्व.बिर बहादुर थापाको परिवारलाई मंगलबार एक कार्यक्रम विच आर्थिक सहयोग सहयोग उपलब्ध गराईएको छ । 
गोरखा जिल्लाबाट रोजगारीका लागि कतार पुगेका गोरर्खालीहरु द्वारा स्थापना गरीएको गोरखा सेवा समाज कतारले स्व.थापाको परिवारले पाउने गरी पठाएको ७० हजार रुपैयाँ उनको परिवालाई गोरखा सेवा समाज नेपालका अध्यक्ष सुशिलबावु श्रेष्ठ, सचिव ईमान जङ्ग बानियाँको उपस्थितीमा गोरखा सेवा समाज कतारका केशरी प्रसाद पनेरुले हस्तान्तरण हस्तान्तरण गनुभएको थियो । 
ब्लड् क्यान्सर बाट पिडीत थापा रोजगारीको शिलसिलामा कतारमा ११ बर्ष सेवा गरेर ०६७ साल तिर गोरखा फर्किएका थिए । ०७३ साल मंसिर महिना देखी बिरामी परेका उनी पहिलो पटक चितवनमा उपचार लागि आईसियूमा भर्ना भएका थिए । पौष २९ गते राजधानीको सिभिल अस्पताल भर्ना भएका उनलाई माघ ५ गते मात्र क्यान्सर भएको जानकारी गराइएको थियो ।
उपचारकै क्रममा थापाको माघ २२ गते मृत्यु भएको थियो । गोरखा नगरपालिका १४ साबिक नारेश्वर गाउँ बिकास समिति ७ तल्लो आहालेमा बस्दै आएका थापाका परिवार बिनाशकारी भूकम्प पछि टहरामा बस्दै आएका छन ।

०१७ सालमा जन्मिएका थापा उपचारको लागि संकलित उत्त रकम उपचारमा खर्च हुन नसके पछि अहिले उनको परिवारलाई हस्तान्तरणका लागि पठाइएको गोरखा सेवा समाज कतारका अध्यक्ष सुर्दशन भट्टले कतारबाट जानकारी दिनु भयो ।


