कैलासबावु श्रेष्ठ/गोरखा
फागुन १७ गते । गोरखा सदरमुकामको पश्चिम क्षेत्रमा रहेको पश्चिमकाली मन्दिर परिषरबाट मानसिक सन्तुलन गुमाएकी १ महिलालाई मासब सेवा आश्रम गोरखाले उद्वार गरेको छ । उद्वारमा रोट्रयाक क्लबका साथै नेपाल प्रहरीले समेत सहयोग गरेको थियो ।

सडक पेटी तथा सार्वजनिक स्थलमा कुनै पनि मानबले कष्ठकर जिवन निर्वाह गर्न नपरोस भनेर स्थापना भएको मानब सेवा आश्रम गोरखाले सोमबार साँझ पहिलो पटक उत्त महिलालाई उद्वार गरी आश्रममा राखेको हो । तराई मुलको जस्तो देखीने अन्दाती २५/२६ बर्षको जस्तो देखीने उक्त महिला पश्चिमकाली मन्दिर परिषरमा बिगत १० महिना भन्दा बढी समय देखी बस्दै आएको मन्दिरका पूजारीले जानकारी दिनुभयो ।

मानसिक सन्तुलन गुमाएको भएता पनि गाउँलेहरुलाई अहिले सम्म पनि उत्त महिलाले दुःख नदिएको मन्दिरका पूजारीको भनाई रहेको छ । तर पानी देख्ने बित्तीकै कुनै भाडाँमा भरेर खाने वा धारामा नागैं नुहाने उनको बानि रहेको बताउनु भयो ।

आश्रमले उद्वार गनु भन्दा १ साता अगाडी देखी उनको गतिविधी नियाली रहेको मानब सेवा आश्रम गोरखाका संयोजक नवराज के.सी.ले बताउनु भयो । के.सी.का अनुसार उत्त महिलाका लागि स्याहार सुसार गर्न अहिले १ जना महिलाको ब्यवस्था गरीएको छ । गोरखा बजारको तिनधारेको रहेको उत्त आश्रमले यो नै पहिलो पटक उद्वार गरेको हो । उक्त महिलाको मानसिक सन्तुलन ठिक नभएको खण्डमा तत्कालै हेटौडा पठाउने संयोजक के.सी.ले जानकारी दिनु भयो ।

आश्रमले गोरखा र आसपासका जिल्लामा सड्क पेटीमा जिवन निर्वाह गरी रहेका तथा आह्यहरु भए तत्कालै खबर गर्न समेत सर्व साधारणहरुलाई अनुरोध गरेको छ ।
आश्रममा ल्याइएकी महिलालाई उद्वार गर्ने क्रममा जिल्ला प्रशासन कार्यालय गोरखाका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत, सहायक प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद पाण्डे, जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरिक्षक जनकराज पाण्डे र रोट्रयाक क्लब गोरखा अध्यक्ष सुरज श्रेष्ठ सहभागी हुनु भएको थियो ।

फोटो सौजन्य मानब सेवा आश्रम गोरखा
मानवसेवा आश्रमको बारेमा थप जानकारीको लागि :
https://www.youtube.com/watch?v=uSrQkobiRLU&t=6s
https://www.youtube.com/watch?v=B0i4qlGJdmc&t=58s
https://www.youtube.com/watch?v=DqIXcOZCiYI&t=318s
https://www.youtube.com/watch?v=ui-KJUyFaPA&t=8s
https://www.youtube.com/watch?v=inZSdz7sX10&t=612s
https://www.youtube.com/watch?v=DzlRb9gxSvo


