कैलासबावु श्रेष्ठ/गोरखा
फागुन २ गते । गोरखा जिल्लाको सिम्जुङ्ग गाउँ बिकास समितिको बालुवा भन्ने स्थानमा ट्रयाक्टर पल्टीदा त्यसमा सवार २ जना गंभिर घाईते भएको छ । घाईतेको उपचारको लागि काठमाण्डौं लगिएको छ ।
जिल्लाको सौरपानी भन्ने स्थानबाट बालुवा लिनका लािग आएको ग.१ त ८०१ नम्बको ट्रयाक्टर कच्ची सड्कबाट ५० मिटर तल खस्दा सोही ट्रयाक्टरमा सवार सौरपानी– ८ बस्ने बर्ष १४ को उत्तम गुरुङ्ग र सोही ठेगाना भएका १२ बर्षिय दिनेश बि.क.गंभिर घाईते भएका जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक बिरेन्द्र थापाले जानकारी दिनु भयो ।
घाईते मध्ये गुरुङ्गको बाहिरी चोट नदेखीएको र बिकको भने दाहिने खुट्टा भाँचिनुका साथै टाउकोमो गंभिर चोट लागेर बेहोश अवस्थामा उपचारका लागि काठमाण्डौं पठाइएको हो । घटना पछि ट्रयाक्टर चालक फरार रहेको प्रनाउ थापाले जानकारी दिनु भयो ।
ट्रयाक्टर पल्टदा २ घाईते
ट्रयाक्टर पल्टदा २ घाईते
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु


