बिकास मरहट्टा
१४ माघ, गोरखा । गोरखाको उत्तरी क्षेत्रमा हिमपात भएसँगै चिसो बढेको छ । बिहीबार रातिदेखि हिमपात भएपछि स्थानीयहरुलाई जाडोले सताउन थालेको छ ।
अहिले पनि सामान्य हिमपातसँगै हावाहुरी चलिरहेको सामागाउँका स्थानीय मिंग्मार लामाले बताए । गोरखाको सामागाउँ, सिर्दिवास, चुम्चेत, लाप्राक लगायत अन्य उत्तरी गाविसमा हिमपात भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
हिमपात भएसँगै अहिले मानिसहरु घर बाहिर निस्कन सकेका छैनन् । उनीहरु घरभित्रै आगो तापेर बस्ने गरेका छन् । त्यस्तै चरनका लागि जंगल लगिएको याक र चौरीहरु पनि घर र्फकन थालेको मिंग्मार लामाले बताए ।



