×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ३ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ६ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ८ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ८ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ८ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ८ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

जनस्वास्थ्य कार्यालयले जुटायो औषधि

  •  
  • शुक्रबार, माघ १४, २०७३ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा, माघ १४ गते । विगत लामो समयदेखि सिटामोललगायतका औषधिको अभाव झेलेका गोरखाका स्वास्थ्य संस्थामा जिल्ला जनस्वास्थ्य कार्यालयले औषधि पठाउन सुरु गरेको छ ।

    गत साता पथलैया र बुटवलस्थित स्टोरबाट ल्याएकाऔषधि विभिन्न स्वास्थ्य चौकीको मागअनुसार पठाएको जनस्वास्थ्य प्रमुख केदारराज पराजुलीले जानकारी दिनुभयो ।

    “सिटामोल, प्यारासिटामोल, मेट्रोनेटाजोल, एमोक्सोसिलिन, रेनिटिडिङ, सिप्रोप्रोसेलिङलगायत औषधि पथलैया र बुटवलस्थित स्टोरबाट जनस्वास्थ्यको स्टोरमा ल्याएका छौँ”, उहाँले भन्नुभयो – “स्वास्थ्य चौकी तथा नगरस्थित स्वास्थ्य केन्द्रले माग गरेअनुसारका औषधि धमाधम पठाएका छौँ ।” औषधिको अभाव झेल्दै आएका विभिन्न २१ वटा स्वास्थ्य संस्थामा औषधि पठाइसकेको जनस्वास्थ्य प्रमुख पराजुलीले बताउनुभयो ।

    गोरखा नगरपालिकाभित्र रहेका स्वास्थ्य केन्द्र, गाँखु, मकैसिङ, आरुचनौटे, जौवारीलगायत क्षेत्रमा औषधि ढुवानी गरिसकिएको छ भन्दै उहाँले – “औषधि खरिदको टेन्डर दोहो¥याएर गर्नुपर्दा समयमै औषधि जुटाउन सकेनौँ ।” खरिद प्रक्रिया झन्झटिलो र लामो भएकाले तत्कालै औषधि खरिद गर्न नसक्दा अभाव झेल्नुपरेको जनस्वास्थ्य प्रमुख पराजुलीको भनाइ छ । जनस्वास्थ्य कार्यालयले रु २५ लाखको औषधि खरिद गर्न दोस्रोपटक टेन्डर गरिसकेको छ ।

    सत्तरी प्रतिशत औषधि केन्द्र, १० प्रतिशत क्षेत्र र २० प्रतिशत औषधि जिल्लाले खरिद गर्नुपर्ने नियम छ । केन्द्रले पनि औषधि खरिदमा ढिलाइ गरेकाले जनस्वास्थ्य कार्यालय र स्वास्थ्य संस्थामा औषधिको अभाव भएको हो । “जिल्लामा चाहिने औषधि सबै जनस्वास्थ्य कार्यालयले खरिद गर्ने होइन”, उहाँले भन्नुभयो, “जनस्वास्थ्यले समयमै औषधि नकिन्दा अभाव भो भन्ने बुझाइ गलत हो । केन्द्रले पठाउनुपर्ने ७० प्रतिशत औषधि समयमै पठाउन सकेन ।

    जनस्वास्वास्थ्यले अहिलेसम्म सडक पहुँच पुगेका क्षेत्रका स्वास्थ्य चौकीमा मात्रै औषधि पठाएको छ । हिमालपारिका सिर्दिवास, बिही, चुम्चेत, छेकम्पार, प्रोक, ल्हो र सामागाउँमा औषधिको अभाव कायमै रहेको गुनासो आएपनि स्वास्थ्य प्रशासक पराजुलीले सबै स्वास्थ्य चौकीमा औषधिको अभाव नरहेको दाबी गर्दै केही स्वास्थ्य चौकीमा भएको औषधि अभाव समाधान भइसकेको बताउनुभयो ।

    आइएमसीले दियो ७० लाखको औषधि

    भूकम्पपछि गोरखाको स्वास्थ्य क्षेत्रमा निरन्तर काम गर्दै आएको इन्टरनेसनल मेडिकल क्रप्स (आइएमसी) नामक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले जिल्ला जनस्वास्थ्य कार्यालयलाई रु ७० लाख बराबरको औषधि सहयोग गरेको छ ।

    आइएमसीको नेपालस्थित कन्ट्री डाइरेक्टर जोलेन एम मुलिन्सले आज जनस्वास्थ्य प्रशासक केदारराज पराजुलीलाई सिटामोल, नवजात शिशुलाई आवश्यक विभिन्न औषधि, रक्तचाप लगायतका विभिन्न रोगसंग सम्बन्धित औषधि हस्तान्तरण गर्नुभएको हो । एक सय २ प्रकारका औषधि जनस्वास्थ्य कार्यालयमार्फत जिल्लाका विभिन्न सात स्वास्थ्य संस्थालाई उपलब्ध गराएको आइएमसीका प्रतिनिधि अशोक पौडेलले जानकारी दिनुभयो ।

    भूकम्पले ध्वस्त बनाएको ताप्ले, खरिबोट, मुच्चोक, आरुआर्वाङ, स्वाँरा, सौरपानी, घ्याच्चोक स्वास्थ्य चौकीलाई उक्त औषधि पठाउने तयारी गरिएको जनस्वास्थ्य कार्यालयका नानीबाबु दानीले जानकारी दिनुभयो । आइएमसीले यी सात गाविसमास्वास्थ्य चौकी भवन निर्माण गरेको थियो ।

    रासस

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, माघ १४, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.