कैलासबावु श्रेष्ठ/ गोरखा
माघ ७ गते । गोरखा जिल्लाको बगुवा गाउँ बिकास समितिको घ्याम्पेशाल बजारमा रहेको दुल्लभ क्याम्पसमा बिहीबार बम फेला परेको छ । सरकार माओबादी द्वन्दका समयमा नेपाली सेना बस्दै आएको उत्त क्याम्पस परिसर भित्र जमिन मुनी बम फेला परेको हो ।

क्याम्पसले बिहीबार शौचालयको लागि सेफ्टी ट्यांकी खन्ने क्रममा जमिनको डेढ भिट भित्र तार जोडिएको अबस्थामा उत्त बम फेला परेको हो । फेला परेको बमको बिषयमा जिल्ला प्रहरी कार्यालय गोरखामा जानकारी गराईएको थियो । प्राप्त बस्तु के हो र कसरी डिस्पोज गर्ने भन्ने बिषयमा नेपाली सेना घटना स्थलमा पुगेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक बिरेन्द्र थापाले जानकारी दिनुभयो ।

बिहीबार दिउसो ४ः१० बजे फेला परेको उत्त बम दुल्लभ क्याम्पसको नयाँ भवनको २५ मिटर दुरीमा फेला परेको थियो । घटना स्थलमा नेपाली सेना पुगेको भएता पनि जटिल भएमा अर्को टोली आउनु पर्ने भएकोले विस्तृत विवरण आउन अझै केही समय लाग्ने प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जानकारी दिनुभयो ।
तस्बिर ढकनाथ बस्ताकोटीको फेसबुक पेजबाट




















