कैलासबावु श्रेष्ठ/गोरखा
माघ ५ गते । जिल्ला भित्र रहेको विभिन्न प्रहरी चौकीका ईन्चाजहरुलाई सदरमुकाममा २ दिने लैङ्किक हिंसा बिरुद्वको अभिमुखीकरण कार्यक्रम शुरु भएको छ । बुधबार देखी शुरु भएको उत्त कार्यक्रम विहीबार सम्पन्न हुने छ ।

महिला तथा बालबालिका कार्यालय गोरखाको आयोजनामा भएको उत्त कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जिल्लाको कुन क्षेत्रमा बढी लैङ्किक हिंसा भै रहेको छ उत्त क्षेत्रको पहिचान गरी तल्लो तह सम्ममा कार्यक्रम लानु पर्नेमा जोड दिनुभएको थियो ।

१४ प्रहरी चौकीका २० जना विभिन्न दर्जाका प्रहरीहरुलाई निर्देशन दिदै प्रजिअ बस्नेतले बार्षिक रुपमा समिक्षा गरेर हाम्रो आवश्यता अनुसार नै राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका संघ संस्थाहरुलाई कार्यक्रम बनाउन लगाउनु पर्ने मनपरी गरेमा त्यस्ता संघ संस्थालाई लगाम लगाउन आफु तयार भएको समेत कार्यक्रममा बताउनु भयो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले सहभागी सबैलाई गाउँ गाउँमा संघ संस्थाले के के काम गरी रहेको छ सो को नियमीत जानकारी गराईदिन समेत अनुरोध गनु भएको थियो ।

४ जना महिला प्रहरी सहभागी भएको उत्त कार्यक्रममा प्रजिअ बस्नेतले प्रहरीबाट सर्व साधारणहरुले धेरै अपेक्षा गरेको हुने भन्दै समाज परिवर्तनका लागि पहिला आफु परिवर्तन हुन आवश्यक रहेको महशुस गराउदै सर्व साधारण जनताले अनुभूत गर्ने गरी सभागीहरुलाई काम गर्न समेत निर्देशन दिनु भएको थियो ।

कार्यक्रममा सहभागी प्रहरीहरुले गाउँ स्तरमा रहेको गाबिस सचिवहरुले बालबिवाहलाई प्रश्रय हुने गरी बालबिवाह दर्ता गरेकोले पनि लैङ्किक हिंसालाई वढावा पुगेको भन्दै त्यस्तो कार्य रोक्नलाई प्रजिअलाई अनुरोध गरेका थिए ।

सहभागीहरुले गाउँ स्तरमा हुने जबरजस्ती करणीका मुद्वा समेत पैसाको प्रलोभनमा मिलाउने र प्रहरी सम्म आउन रोक लगाउने तथा पिडितका लागि जिल्ला स्तरमा रहेको पिडितको कोषको रकम समेत खर्च गर्न समस्या भएको गुनासा गरेका थिए ।


