कैलासबावु श्रेष्ठ/गोरखा
माघ १ गते । गोरखा जिल्लाको मसेल गाउँ बिकास समितिमा ट्याक्टर चालकको लापरवाहीको कारण स्थानिय १ जना पैदल यात्रीको मृत्यु भएको छ ।
जिल्लाको निबेल भन्ने स्थानबाट मसेल–३ को गैराथोक गाउँमा बालुवा र सिमेन्ट लिई गएको ना.५ त ४९२४ नम्बरको ट्याक्टरले स्थानिय ३४ बषिय राजु बरामलाई अगाडी बाट ठक्कर दिदाँ बरामको घटना स्थलमा नै मृत्यु भएको स्थानिय सित्तल गुभाजुले टेलिफोन मार्फत जानकारी दिनु भएको छ ।
दिउसो ४ बजे भएको उत्त घटना पछि ट्याक्टरमा रहेको चालक, सवारी धनी र सहयोगी सबै फरार भएको गुभाजुले बताउनु भयो । घटना स्थलमा तनाब भए लगत्तै प्रहरी त्यहाँ पुगेको र स्थानियले पहिले चालक र सवारी धनीलाई घटना स्थलमा ल्याउन आग्रह गरी रहेको छ । ट्याक्टरको अग्र भागले बरामलाई ठक्कर दिदाँ बरामको टाउको फुटेको छ ।
जिल्ला प्रहरी कार्यालय गोरखाले भने घटनाका बिषयमा प्रहरी घटना स्थल पुगेको र पुरा विवरण आउन बाँकी रहेको जानकारी दिएको छ ।
चालकको लापरवाहीले पैदल यात्रीको मृत्यु
चालकको लापरवाहीले पैदल यात्रीको मृत्यु
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु




















