×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • २ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ५ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ७ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ७ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ८ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ८ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

‘सार्क स्याटेलाइट’ मा भारतले दियो नेपाललाई हिस्सा

  •  
  • शनिबार, माघ ०१, २०७३ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    प्राविधिक तयारी गर्न पनि सघाउने वचन

    रविन्द्र घिमिरे

    १ माघ, काठमाडौं । नेपालले अन्तरिक्षमा आफ्नै स्याटेलाइट राख्ने तयारी गरिरहँदा भारतले ‘सार्क स्याटेलाइट’ उपयोगको अधिकार दिने आश्वासनसहितको पत्र पठाएको छ ।

    स्पेस टेक्नोलोजीमा बलियो भन्दै गएको भारतले नेपालका लागि हिस्सा छुट्टाउँदै उसको स्याटेलाइट प्रयोगका लागि आह्वान गरेको छ । स्याटेलाइटमा प्रयोगको अधिकार दिन लागिएको बारे औपचारिक जानकारी दिँदै भारतले नेपाल सरकारलाई पत्र नै लेखेको छ ।अबको झण्डै ४ महिनापछि भारतले प्रक्षेपण गर्न लागेको सार्क स्याटेलाइटमा नेपाललाई पनि निश्चित स्पेस उपयोगको अधिकार दिन भारतले प्रस्ताव पठाएको हो ।

    भारतको विदेश मन्त्रालयले लेखेको पत्र सूचना तथा सञ्चार मन्त्रालयमा आइपुगेको मन्त्रालयका एक उच्च अधिकारीले बताए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ०७१ सालमा काठमाडौंमा सार्क शिखर सम्मेलन हुँदा ‘सार्क स्याटेलाइट’ दक्षिण एशियाली मुलुकहरुले संयुक्तरुपमा प्रयोग गर्ने घोषणा गरेका थिए । भारतले यो स्याटेलाइट प्रक्षेपण गर्न अन्तिम तयारी गरिरहेको छ । इन्डिय स्पेश रिसर्च अर्गनाइनेशन (इसरो)ले सार्क स्याटेलाइटको तयारी गरिरहेको छ ।

    भारतले पत्रमा नेपाललाई स्याटेलाइटको एउटा ट्रान्सपोण्डर प्रयोग गर्न दिने उल्लेख गरेको छ । यो झण्डै ३६ मेगाहर्जको हो । भारतले आफ्नो पत्रमा स्याटेलाइट प्रयोगका लागि आवश्यक पूर्वाधार बनाउन नेपाललाई अनुरोधसमेत गरेको छ ।

    अब यसका लागि नेपालले भारतले स्याटेलाइटमार्फत दिने व्याण्डविथ कसरी प्रयोग गर्ने भन्ने टुंगो लगाउनुपर्नेछ ।

    यो स्याटेलाइटमार्फत दिइने ३६ मेगाहर्ज व्याण्डविथ नेपालका लागि निकै उपयोगी हुन सक्ने दुरसञ्चारसम्वद्ध अधिकारीहरु बताउँछन् । अब नेपालले स्याटेलाइटबाट ब्याण्डविथ रिसिभ गर्न ग्राउण्ड स्टेशन बनाउनुपर्नेछ । ग्राउण्ड स्टेशनमात्रै होइन, स्याटेलाइट उपयोगको क्षेत्र पनि तत्काल पहिचान गर्नुपर्नेछ । त्यसपछि भिस्याट प्रविधिहरु त्यसैअनुसार सम्बन्धित क्षेत्रमा जडान गर्नुपर्नेछ ।

    विशेष गरी ग्रामीण क्षेत्रलाई इन्टरनेटसँग जोड्न भारतले स्याटेलाइटमा दिने अधिकार निकै उपयोगी हुन सक्ने देखिएको छ । हेल्थपोष्ट, विद्यालय, लगायतमा इन्टरनेट पुर्‍याउन पनि यसको उपयोग गर्न सकिने विज्ञहरुले औंल्याएका छन् । ‘सरकारले छिटो स्याटेलाइट उपयोगको क्षेत्र पहिचान गरेर पूर्वाधार निर्माण गर्नतर्फ लाग्नुपर्छ’ एक दूरसञ्चार अधिकारी भन्छन्- ‘भारतले पत्र नै लेखेर भनेपछि तयारी गर्न ढिलाइ गर्नुहुन्न ।’

    भारतले आफ्नो पत्रमा ग्राउण्ड स्टेशन निर्माणका लागि प्राविधिक सहयोग पनि गर्ने बताएको छ । त्यसैले यसलाई उपयोग गर्ने गरी नेपालले स्याटेलाइट प्रयोग गर्न योजना बनाउनुपर्ने विज्ञ बताउँछन् ।

    आफ्नै स्याटेलाइट राख्न प्रक्रिया अघि बढाएको नेपाल दूरसञ्चार प्राधिकरणले भारतले दिने यो मौकालाई सिक्ने र जान्ने अवसर पनि मानेको छ ।

    प्राधिकरणका एक अधिकारी भारतले एउटा ट्रान्सपोण्डर दिएर नेपाललाई स्याटेलाइटबारे अभ्यस्त हुन मौका दिएको टिप्पणी गर्छन् । ‘अब जनशक्ति पनि त्यसैअनुसार व्यवस्था गर्न थाल्नुपर्छ । प्रविधि पनि सरकारले ल्याउनुपर्छ’ उनले भने, ‘केही समयपछि नेपालकै स्याटेलाइट पनि अन्तरीक्ष पुग्दैछ । त्यसलाई प्रयोग गर्ने आइडिया पनि यसका माध्यमबाट जेनेरेट हुनेछ ।’

    onlinekhabar

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, माघ ०१, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.