कैलासबावु श्रेष्ठ/गोरखा
पौष २९ गते । स्कुले बिद्याथीहरु लागु औषधको दुरब्यसनीमा लागेको हुन सक्ने तथा सवारी नियम सम्वन्धी जानकारी नहुने सक्ने भन्दै सामुदायि सेवा केन्द्र गोरखाले सदरमुकामको एक स्कुले बिद्याथीहरुलाई त्यस सम्वन्धी जनचेचना कार्यक्रम सम्पन्न गरेको छ ।

केन्द्रको आयोजना तथा जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाको सहयोगमा सदमुकामको महेन्द्र ज्योति माविको कक्षा ९ र १० मा अध्ययन गर्दै गरेको ९० बिद्यार्थीहरुलाई लागु औषध तथा सवारी ट्राफिक नियम सम्वन्धी सचेतना कार्यक्रम सम्वन्न भएको कार्यक्रम संयोजक मिना श्रेष्ठले जानकारी दिनुभयो ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक बिरेन्द्र थापाले सचेतना कार्यक्रममा उपस्थित सबै बिद्यार्थीहरुलाई सवारी नियमका साथै लागु औषध र प्रहरी सम्वन्धी संक्षिप्त जानकारी गराउनु भएको थियो ।
सहभागी सबैलाई जिल्ला ट्राफिक प्रहरी कार्यालयको तर्फ बाट सवारी नियमको जानकारी गराइएको थियो
भने जिल्ला प्रहरी कार्यालय र सामुदायि सेवा केन्द्रका तर्फबाट लागु औषध के हो ?, कस्तो हुन्छ ?, लागु औषधी परिचयका साथै लागु औषध लिएकाहरुलाई उपचार बिधी, सेवनकर्ताहरुको लक्षण, प्रयोग गर्नुको कारण, रोकथामका उपायहरु, रोकथामका लागि गरीने प्रयास, प्रहरी तथा समाज र अभिभावकको भूमिका र नेपालमा लागु औषध सम्वन्धी कानूनी ब्यवस्थाको बिषयमा जानकारी गराइएको केन्द्रले जानकारी दिएको छ ।





