×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • ५३ मिनेट अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ५ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • १० घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १० घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ११ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ११ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ११ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

बिदाइ भाषणमा भक्कानिए ओबामा

  •  
  • बिहिबार, पुष २८, २०७३ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    अमेरिकी राष्ट्रपति बाराक ओबामाले पत्नी मिसेल ओबामा र छोरीहरू मालिया र सासाको प्रशंसा गर्दै आँसु खसालेका छन् । अमेरिकाको सिकागोमा राष्ट्रपतिका रूपमा बिदाइ भाषण गर्ने क्रममा उनी यसरी भक्कानिएका हुन् । वैवाहिक जीवनको २५ वर्ष पूरा गरेका ओबामाले पत्नी मिसेलले आफ्नो जीवनको सफलतामा महत्त्वपूर्ण भूमिका खेलेको र धेरै खुसी दिएको बताए । ‘तिमी मेरो श्रीमती र मेरा दुई छोरीको आमामात्र होइनौं, वेस्ट फ्रेन्ड पनि हौ’, बाराकले भने ।

    लगभग १८ हजार मानिस उपस्थित कार्यक्रममा सम्बोधन गर्ने क्रममा रुमालले आँसु पुछ्दै ओबामाले थपे, ‘तिमीले मेरो जीवन धन्य बनाइदियौ । मलाई र मेरो देशलाई गौरवान्वित बनायौ ।’ ओबामा दम्पतीका दुवै छोरी सिकागोमा जन्मेका हुन् । मालिया र सासाले सबै कुरा सिकागोबाट पाएको भन्दै त्यहाँ बिताएका पुराना दिनहरू स्मरण गरेका थिए ।

    १८ वर्षीया मालिया बाबुको बिदाइ भाषणमा सहभागी थिइन् भने १५ वर्षीया सासा परीक्षाको कारण अनुपस्थित थिइन् । मालियालाई सम्बोधन गर्दै ओबामाले ‘मलाई तिमीहरूको बाबु भएकोमा गौरव लागेको छ’ भन्दा मालियाको आँखा रसाएका थिए । छोरीहरूकै कारण आठवर्षे ह्वाइट हाउस बसाइ रमाइलो भएको ओबामाको भनाइ थियो ।

    सन् १९८९ मा पहिलो पटक भेट भएका बाराक र मिसेलले तीन वर्ष लामो प्रेमसम्बन्धपछि विवाह गरेका थिए । सिसेल ओबामाको प्रेग्नेन्सी फोटो कहिल्यै सार्वजनिक नगरेको भन्दै कतिपय पश्चिमा सञ्चारमाध्यममा मालिया र सासा ओबामा दम्पतीको सन्तान नभएको चर्चा भएको थियो । छोरीहरूकै कारण यी दम्पतीको सम्बन्धविच्छेद हुन लागेको निराधार हल्ला पनि चले पनि यसबारे उनीहरूले कहिल्यै मुख खोलेनन् ।

    ओबामा दुई पटक अमेरिकी राष्ट्रपतिमा निर्वाचित पहिलो भाग्यमानी अश्वेत राष्ट्रपति हुन् । आफ्नो कार्यकालमा जति सफल र चर्चित रहे उनको बिदाइ भाषणको पनि त्यत्तिकै प्रशंसा भएको छ । उनको ठाउँमा स्थापित हुन लागेका नयाँ राष्ट्रपति डोनाल्ड ट्रम्पका बारेमा भने उनले केही बोलेनन् । बरु आफूले शान्तिपूर्ण रूपमा शक्ति हस्तान्तरण गर्न चाहेको बताए । आफ्नो कार्यकालमा अमेरिका बलियो र सुदृढ भएको दाबी भने उनले गरे ।

    आफूले मुस्लिमलाई भेदभाव नगरेको, आफ्नो मुलुकमा कुनै पनि आतंककारी आक्रमण नभएको चीन, रसियाजस्ता प्रतिस्पर्धी मुलुकले अमेरिकाको विश्वमा रहेको प्रभावलाई बिथोल्न नसकेको पनि दाबी गरेका थिए ।

    एजेन्सी

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, पुष २८, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.