×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १५ घण्टा अघि

आज कुशे औँसी
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १९ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १९ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १९ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

सत्ताधारी सर्प, भ्यागुता र बिच्छीको खेलमा : भट्टराई

  •  
  • शुक्रबार, पुष २२, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    आश गुरुङ, लमजुङ

    सत्ताधारी दलको छायाँयुद्धले मुलुकमा राजनीतिक अस्थिरता बढेको पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराइले बताएका छन् ।

    भट्टराईले तीन ठूला राजनीतिक दलका नेताहरु सर्प, भ्यागुता र बिच्छीको खेलजस्तो आफूबीच खेलिरहेको आरोप लगाए । पार्टीले बेंसीसहरमा आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा सहभागी हुन आएका डा. भट्टराईले बिहीबार नेपाल प्रेस सोसाइटी जिल्ला शाखाद्वारा आयोजित पत्रकार भेटघाटमा भने, ‘तीन राजनीतिक दलबीच मुद्दागत एजेण्डामा कुनै मतभिन्नता छैन । म तीनैजना नेतालाई राम्रोसँग चिन्दछु । यस्तो अवस्था सत्ता बाँडफाँडमा आएको अविश्वासले भएको हो ।’

    पहिले कांग्रेस र एमालेले सत्ता साझेदारमा समझदारी गर्दा सुशील कोइरालाले तोडेको र त्यो झोंकमा प्रचण्डलाई साथ लिएर केपी ओलीले सरकार बनाएको बताए । त्यो झोंक फेर्न ओली सरकार गिराएर कांग्रेसले प्रचण्डलाई आफूतिर ल्याएको उनले दाबी गरे ।

    ‘अहिले प्रचण्डजी र शेरबहादुरजी बीचमा ९/९ महिना बाँड्ने समझदारी छ । ९ महिनामै नछोड्ने हो कि भन्ने शेरबहादुरजीलाई शंका छ,’ उनले भने, ‘प्रचण्डजीलाई पनि लोभ्याउने कुरा होला, यस्तो अदृश्य छायाँयुद्धले देश संकटमा जान्छ । त्यसैले छायाँयुद्ध नगर्नोस् भनेर म आग्रह गर्न चहान्छु ।’

    उनले मधेसी, थारु, आदिवासी जनजातिलाई संविधानको स्वीकार्यतामा ल्याउने कुरा महत्वपूर्ण रहेको बताए । ‘तीन दलले सत्ता साझेदारी टुंग्याई छिटो संविधान संशोधन गरेर अगाडि बढ्नुको विकल्प छैन,’ उनले भने, ‘संविधान संशोधन हुनुपर्छ, तर, अहिलेको प्रस्ताव पास गरेर काम छैन, यो सर्वस्वीकार्य छैन ।’

    उनले अहिलेको प्रस्तावलाई परिमार्जन गरिए सबै राजनीतिक दलले स्वीकार्ने दाबी गरे । ‘प्रचण्डजी, ओलीजी साथै मधेसवादी दलका नेतासँग भेटेर मैले छलफल गरिसकेको छु । परिमार्जनको बीचबाटोमा सबै आउन आवश्यक छ,’ उनले भने । सबैलाई ‘फेस सेभिङ’ चाहिएकाले यसमा केही ढिलाई हुनसक्ने उनले बताए ।

    ‘हामीले मधेसवादी दलका माग, थारु साथै आदिवासी जनजातिका माग सम्बोधन नगरी सुखै छैन,’ उनले भने, ‘सबै मागहरु संशोधन गर्न नसकिएला । तर, जातीय, क्षेत्रीय, लैंगिक विविधतालाई समेट्नुपर्छ ।’

    एमालेलाई सर्वोच्चको फैसलाले बाटो खोलिदिएको भन्दै उनले संसदको गतिरोध अन्त्य गर्नतर्फ लागेमा एमालेलाई राम्रो हुने सुझाए ।

    राज्य पुनर्संरचनाको समिति र आयोगले दिएको सुझाव १० प्रदेशलाई कार्यान्वयन गरेको भए सीमांकनमा अहिलेको समस्या नआउने उनले दाबी गरे ।

    ‘अहिले ७ प्रदेश भयो । १० प्रदेश भएको भए यो विवाद आउने नै थिएन,’ उनले भने, ‘नमिलेका ३ ठाउँको सीमांकन मिलाउन पनि खासै समस्या छैन, नेताहरुमा जाँगर हुन आवश्यक छ ।’

    एक अर्को प्रशंगमा उनले अबको चुनावबाट नयाँ शक्ति पार्टी वैकल्पिक शक्तिको रुपमा उदाउने बताए । ‘पार्टी स्थापना भएको ७ महिनामा ७५ जिल्लामा संगठन बनिसकेको छ । विदेशमा पनि संगठनहरु बनिरहेका छन् । आउँदो एक वर्षभित्र वैकिल्पक शक्तिको रुपमा नयाँ शक्ति उदाउने छ । हाम्रो ६ महिने अभियान यसैका लागि हो,’ उनले भने ।

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, पुष २२, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.