×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • २ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ५ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ७ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ७ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ७ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ८ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

प्रेरणालाई दिइएको दाइजो सरकारीकरण गर्न आदेश

  •  
  • शुक्रबार, पुष २२, २०७३ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ
    कुमार विवेकानन्द मिश्र

    काठमाडौँ, पुस २२ गते । तत्कालीन राजा ज्ञानेन्द्र शाहले छोरी प्रेरणा राज्यलक्ष्मी सिंहलाई दाइजोस्वरूप दिएको काठमाडौँ छाउनीस्थित घरजग्गा सरकारीकरण गर्न सर्वाेच्च अदालतले आदेश दिएको छ ।
    प्रधानन्यायाधीश सुशीला कार्की तथा न्यायाधीशद्वय दीपककुमार कार्की र सपना प्रधान मल्लको पूर्ण इजलासले सर्वाेच्च अदालतकै पूर्ववर्ती फैसला पुनरावलोकन गर्दै यस्तो परमादेश दिएको हो । सर्वाेच्चको यो आदेशसँगै एक अर्ब रुपियाँभन्दा बढी मूल्य पर्ने छाउनीस्थित १५ रोपनी एक आना जग्गा र त्यसमा रहेको घर नेपाल ट्रस्ट कार्यालयको नाममा दर्ता हुने भएको छ ।
    सिंहको नाममा दर्ता गर्न सर्वाेच्च अदालतले दिएको पूर्ववर्ती आदेश पुनरावलोकन गर्दै बिहीबार पूर्ण इजलासले नेपाल ट्रस्टको नाममा दर्ता गर्न सम्बन्धित निकायको नाममा परमादेश जारी गरेको सहप्रवक्ता विश्वराज पौडेलले बताउनुभयो । सिंहको नाममा दर्ता गर्न दिएको आदेश कानुन, संविधान तथा प्रतिपादित सिद्धान्तविपरीत भएकाले खारेज गरिएको उहाँले बताउनुभयो ।
    तत्कालीन राजाले छोरी सिंहलाई उल्लिखित जग्गा दाइजोस्वरूप दिनुभएको थियो । त्यो जग्गा शाहको नभई स्वर्गीय राजा वीरेन्द्र, स्वर्गीय रानी ऐश्वर्य एवं उहाँका परिवारको भएको भन्दै २०६४ पुस १ गते सरकारले नेपाल ट्रस्ट कार्यालयको नाममा दर्ता गर्ने निर्णय गरेको थियो तर सिंहले आफ्नो दाइजोको सम्पत्ति गैरकानुनी रूपमा सरकारीकरण गरिएको भन्दै त्यसविरुद्ध २०७१ माघ २५ गते सर्वाेच्च अदालतमा रिट निवेदन दिनुभएको थियो ।
    सर्वाेच्चका तत्कालीन प्रधानन्यायाधीश रामकुमारप्रसाद शाह र न्यायाधीश चोलेन्द्रशमशेर जबराको इजलासले सिंहको सम्पत्ति नेपाल ट्रस्टको नाममा दर्ता गर्ने निर्णय गैरकानुनी ठहर गर्दै सिंहकै नाममा दर्ता गर्न २०७२ असार ६ गते परमादेश जारी गरेको थियो । “तत्कालीन राजा ज्ञानेन्द्रले २०६२ जेठ १० गते आफ्नी छोरी प्रेरणा सिंहलाई दाइजोस्वरूप बक्स दिई निजको अध्यावधिक भोगचलनका घरजग्गा निजलाई बुझ्दै नबुझी प्रतिवादको मौकासमेत नदिई गरिएको निर्णय र कारबाही त्रुटिपूर्ण हुँदा उत्प्रेषणको आदेशद्वारा बदर हुन्छ,” शाह र जबराको आदेशमा उल्लेख थियो । त्यस निवेदनकै बिहीबार भएको अन्तिम सुनुवाइपछि पूर्ण इजलासले पूर्ववर्ती आदेश उल्टाउने निर्णय गरेको हो ।

    gorkhapatraonline

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, पुष २२, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.