कैलासबावु श्रेष्ठ/गोरखा
पौष २१ गते । विबाद समाधाका बिषयमा गोरखा सदरमुकाममा एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको आयोजनामा गोरखा सदरमुकामको जिल्ला बिकास समितिको सभा हलमा कार्यक्रम सम्पन्न भएको हो ।
नेपालका सन्दर्भमा ०६० साल देखी अदालतमा विबाद समाधानका लागि मेलमिलाप हुदै आएको बिषयलाई अन्तरक्रियामा समावेश गरीएको थियो । कार्यक्रममा नेपाल सरकारको फौजदारी र भ्रष्ट्राचार मुद्वा बाहेक सबै मुद्वा मा मेलमिलाप गर्न सकिने जानकारी गराइएको थियो ।
अदालतबाट हुने फैसला पछि दुवै पक्ष कालान्तर सम्म झै झगडामा उत्रने तथा खर्च र समयको समेत बचन हुने भन्दै कानूनले बर्जित गरेको बाहेक अन्य मुद्वमा मेलमिलापको नितिले दुवै पक्षलाई फाईदा हुने भन्दै मेल मिलापलाई विशेष जोड् दिन अन्तरक्रियामा छलफल भएको थियो ।
गोरखा जिल्लाका जिल्ला न्याधिश जगत प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा श्रेष्ठ र प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले समेत टिप्पणी गर्नुभएको थियो । कार्यक्रममा न्याय क्षेत्रका साथै, पत्रकार र सरकारी कार्यालयका प्रमुख तथा संघ संस्थाका प्रतिनिधीहरुको समेत सहभागीता रहेको थियो ।
विबाद समाधान सम्वन्धी अन्तरक्रिया
विबाद समाधान सम्वन्धी अन्तरक्रिया
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु


