अमेरिकी पत्रिका न्यूयोर्क टाइम्सले २०१७ मा जानु पर्ने ५० ठाउँलाई यो सूचीमा राखेको छ । नेपालको लाङटाङ क्षेत्रलाई यो सूचीको ४३ औं नम्बरमा छ ।२१ पुस, काठमाडौं । न्यूयोर्क टाइम्सले नयाँ वर्ष २०१७ मा घुम्नै पर्ने ठाउँहरुको सूची सार्वजनिक गरेको छ । र, त्यो सूचीमा नेपालको लाङटाङ पनि परेको छ ।
टुट्न लागेको एउटा शहरको पुनरागमन भन्दै न्यूयोर्क टाइम्सले भनेको छ, पर्यटनलाई पुनर्जीवित गर्ने प्रयासमा पर्यटकहरुका लागि १५ दिनको तामाङ हेरिटेज ट्रेलको अफर छ, जसमा उच्च हिमाली भूभाग, हरियो घासे मैदान, पुरानो गाउँ र बिहारहरु हेर्न सक्नेछन् ।’
न्यूयार्क टाइम्सको सूचीको पहिलो नम्बरमा क्यानडा छ भने दोस्रो नम्बरमा चिलीको अटाकामा मरुभूमि र तेस्रो नम्बरमा भारतको आग्रा छ ।
onlinekhabar




















