×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • २ मिनेट अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ४ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ९ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १० घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १० घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

चेपाङका नाममा चौपट

  •  
  • बिहिबार, पुष २१, २०७३ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ
    • – एउटै गाविसमा ९ करोड लगानी तर भोकभोकै – कैयन् लगानीबारे न गाउँलेलाई थाहा छ न जिविसलाई

    विमल खतिवडा, सिद्धि (चितवन)

    पुस २१, २०७३- सिद्धि–९ स्थित छेरबाङका सतीराम चेपाङको घर पुग्न मोटरबाटोदेखि करिब डेढ घण्टा पैदल हिँड्नु पर्छ । घरबाटै मोटरबाटो देखिन्छ । त्यहीँबाट दैनिक गाडी ओहोरदोहोर गर्छन् । तर उनको दु:ख बुझ्ने कोही हुँदैनन् । अपांग भए पनि दु:खजिलो गरेर बिहान/बेलुका छाक जुटाउँछन् । अन्न नभएका दिन भोकै सुत्छन् । कसैसँग हात फैलाएर माग्दैनन् । उनको देब्रे खुट्टा बाङ्गो छ । यो समस्या जन्मजात हो ।

    अहिले घरमा अनिकाल छ । मकै फलेन । अरू अन्न लगाउने बारी छैन । ‘पाँच डोको मकै फलेको थियो, खाने धेरै छौं, अहिलेसम्म के पुग्थ्यो,’ घरको पिँढीमा निराश मुद्रामा भेटिएका उनले भने, ‘तिहारबाट अनिकाल लाग्यो, खाने अन्न छैन, जसोतसो बाँचिएको छ ।’ जनता आवासमार्फत बनेको घर भूकम्पले भत्कियो । अहिले टहरोको बास छ । टहरोको एक छेउमा बाख्रा छन् । टाँडमुनि सुँगुर छ । त्यसको माथि उनको परिवार बस्छ । ‘आफ्नो भन्ने एउटा घर थियो, त्यो पनि भूकम्पले ढल्यो,’ उनले भने, ‘बनाउने पैसा छैन, बाख्रा र सुँगुर अँधिया पाले पनि पेटभरि खाने अन्न छैन ।’ उनकी जेठी श्रीमतीले अनिकाल सहन नसकेर करिब ९ वर्षअघि झुन्डिएर आत्महत्या गरिन् । जुन कुरा सम्झिँदा अहिले पनि उनका आँखा रसाउँछन् । तर अनिकालको समस्या पहिला जस्तो थियो, अहिले पनि त्यस्तै छ ।

    ‘भदौमा पाक्ने मकैले कात्तिकसम्म पुग्दैन,’ उनले दु:ख बिसाउँदै भने, ‘बाबुआमाले अनिकाल लाग्दा गिट्ठा खोज्न जंगल पस्न सिकाए, अहिले पनि अनिकालको आहारा गिट्ठा, भ्याकुर, सिस्नु नै हो ।’ तर अहिले गिट्ठा पाइँदैन । ज्याला मजदुरी गरेर छाक जुटाउनु परेको छ । छोराछोरी हुर्काउन समस्या भएपछि उनले कान्छी श्रीमती भित्र्याए । अहिले ६ जनाको परिवार छ । तीन छोरा र एक छोरी छन् । ‘गाउँमा हामीजस्ता गरिबलाई सहयोग गर्न धेरै संस्था भित्रिएको सुनिन्छ,’ उनले भने, ‘खै हाम्रा गाउँतिर त आउनै बिर्सेजस्तो छ, कहिलेकाहीं खान पुग्छ/पुग्दैन भनेर सोध्न आउनेले अब त बाटो पनि बिर्सेजस्तो लाग्यो ।’ सतीराम एक प्रतिनिधि पात्र मात्र हुन् । गाविसका अधिकांशले बर्सेनि अनिकालको सामना गर्नुपर्ने बाध्यता छ । ‘गाउँमा संस्थाको ओइरो लागेको छ, अब सुखका दिन आउला भनेर हल्ला सुनेको वर्षौं बित्यो,’ स्थानीय बलबहादुर चेपाङले भने, ‘हाम्रा गाउँमा अहिलेसम्म कोही आएनन्, हिजो जस्तो अवस्थामा थियौं, आज पनि हालत उस्तै छ ।’

    तीनदोभानसम्म मोटरबाटो पुगेकाले पहाडी गाविसमध्ये सिद्धि सुगममा गनिन्छ । यो गाविसमा चेपाङ समुदायको बाक्लो बसोबास छ । सहज यात्रामा पुगिने भएकाले अधिकांश गैरसरकारी संस्थाको आँखा यो गाविसमा पर्ने गरेको छ ।

    चेपाङ गाउँको विकास र समुदायको आर्थिक उन्नतिका लागि भन्दै करोडौं बजेट भित्रिएको छ । तर जीवनस्तरमा कुनै परिवर्तन आएको छैन । गरिबी उस्तै छ । शिक्षा, स्वास्थ्य, खानेपानीमा कुनै सुधार छैन । जिल्ला विकास समितिको रेकर्डमा मात्रै यो गाउँमा ३ वर्षयता ९ वटा संस्थामार्फत ९ करोड ३७ लाख रुपैयाँ भित्रिएको छ । तथ्यांकमा नहुने तर पटके ढंगले काम गर्ने अनगिन्ती छन् । कसैले दान, सहयोग गर्नुपरे यहीं पुग्छन् । १० लाखभन्दा कम बजेट भएका संस्थाको हिसाबकिताब छैन । चेपाङको नाममा काम गरेजस्तो गरेर खर्च नदेखाई रकम हिनामिना गर्नेको कमी छैन । आर्थिक पारदर्शिता छैन । कुन संस्था गाउँमा आएका छन् । कसले के काम गरेको छ, गाउँलेलाई थाहा छैन । सम्बन्धित निकायबाट कुनै अनुगमन भएको छैन ।

    ‘हामीले सिद्धि–८ स्थित मझवाङको पृथ्वी प्राविमा आफ्टर स्कुल कार्यक्रम सञ्चालन गरेका छौं,’ काठमाडौंमा रहेका जेन्टल हर्ट फाउन्डेसनका संस्थापक निर्देशक अर्जुन ढकालले टेलिफोनमा भने, ‘तीन वर्ष भयो कार्यक्रम सुरु गरेको, विद्यालय छुट्टीपछि नानीहरूलाई पढाउँछौं ।’ उनले पहिला स्कुल जान नमान्ने नानीहरू अहिले जान थालेको दाबी गरे । तर ढकालले भनेको स्कुल सिद्धि गाविसमै नभएको सद्धि–१ स्थित राप्रावि कल्याणचौरका प्रधानाध्यापक दिनेश चेपाङले बताए । ‘सहयोग गरिरहेको छु भन्ने संस्थाको नाम पनि अहिलेसम्म सुनेको छैन, पृथ्वी स्कुल त झन् सिद्धिमै छैन,’ उनले भने, ‘चेपाङ सोझो जात भनेर हाम्रो गरिबी बेचेर खाने संस्था बढे ।’ उनले गाउँमा संस्थाको ओइरो लागे पनि समुदायले परिवर्तनको अनुभूति गर्न नपाएको गुनासो गरे ।
    जिविसका अनुसार जेन्टल हर्ट फाउन्डेसनले १८ लाख ७५ हजार बजेट सिद्धिका लागि छुट्याएको छ । उता फरवार्ड नेपालले यो गाविसमा ६ वर्षदेखि काम गर्दै आएको छ ।

    यो संस्थाको उद्देश्य चेपाङलाई जीविको पार्जनमा सहयोग गर्ने हो । तर त्यसको अनुभूति चेपाङ समुदायले गर्न पाएका छैनन् । करेसाबारी, गोठ सुधार, बंगुरपालन, माछापालन भन्दै संस्थाले यो गाविसका लागि ७० लाख ५१ हजार ३ सय ७७ रुपैयाँ छुट्याइएको छ । गाउँमा जाँदा न बंगुर पालेको देख्न पाइन्छ न माछा पालेको देख्न पाइन्छ । ‘हाम्रो अभियानले कृषक सचेत भए, नयाँ प्रविधिको बारेमा सिक्न पाए,’ संस्थाका कार्यक्रम निर्देशक रामकृष्ण न्यौपानेले भने, ‘यो सबै चेपाङ गाउँमा भएको हो ।’ यो संस्थाले सबै वडामा काम गरेको जनाए पनि गाउँले जानकार छैनन् । संस्थाले झारा टार्ने काम गर्दै बजेट सक्ने गरेका छन् । ‘चेपाङको गरिबी देखाएर संस्था गठन गर्दै करोडौं रकम भित्र्याउने गरिन्छ,’ गाउँका अगुवा यमप्रसाद चेपाङले भने, ‘रकम भित्र्याउने जति सधैं मोटाउने, हाम्रो अवस्था भने सधंै उस्तै हुने रहेछ ।’ उनले संस्थाले गरिबी न्यूनीकरणभन्दा पनि सानातिना कार्यक्रम गरेर पैसा सक्ने गरेको बताए ।

    गरिबी घटेन
    गरिबी निवारण कोषको साझेदारी संस्थाको रूपमा मेड नेपालले गाविसमा काम गरेको ५ वर्ष भयो । तर उपलब्धि भेटाउन मुस्किल पर्छ । यो संस्थाले गरिबी निवारण गर्ने भन्दै तरकारी खेती र बाख्रापालनमा समूहमार्फत सहयोग गर्दै आएको छ । जसको बजेट ८७ लाख २६ हजार ६ सय छ । ‘बाख्रा पाल्ने बढेका छन्,’ संस्थाका कार्यकारी निर्देशक मीनराज भण्डारीले भने, ‘आर्थिक पारदर्शिता कायम राखेका छौं, समूह गठन गरेर मात्र पैसा उपलब्ध गराउने गरेका छौं ।’ उनका अनुसार संस्थाको लगानी यो गाविसमा एक करोड पुग्दैछ । गाउँमा पैसा लगानी हुन्छ । तर उपलब्धि के भयो भनेर खोज्ने कोही छैनन् । यो गाविसमा सबैभन्दा धेरै लगानी सौराहाको सपना भिलेज सोसियल इम्प्याक्टले गरेको छ । गाविसका लागि उसको बजेट ३ करोड ५० लाख छ । उसले काम थालेको एक महिना पूरा भयो । संस्थाले उनीहरूको आनी, बानी र व्यवहारमा परिर्वतन ल्याउन कायक्रमहरू गर्छ ।

    तीन वर्षसम्म सञ्चालन हुने कार्यक्रमबाट चेपाङलाई सरसफाइ, जीविकोपार्जन, शिक्षा, स्वास्थ्य र आयआर्जनमा सहयोग हुने दाबी सपना भिलेजका अध्यक्ष ध्रुब गिरीले गरे । तर संस्थाले यति ठूलो रकमको ५० प्रतिशतभन्दा बढी अन्तरघर, वडा, स्वास्थ्य, शिक्षालगायत प्रतियोगितामा खर्च गर्ने जनाएको छ । ‘यो ठाउँमा लामो समयदेखि स्वास्थ्य शिविर गर्दै आएका थियौं,’ संस्थाका अध्यक्ष गिरीले भने, ‘तर समुदायमा केही परिवर्तन आएन, गाउँमै बसेर काम गरौं भनेर परियोजना सुरु गरेका हौं ।’

    गाउँलेलाई बोलाएर भव्यभोज तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरी परियोजना थालिएको घोषणा गरिएको थियो । तर चेपाङ अगुवाले यति ठूलो रकम केही निश्चित ठाउँमा लगानी गर्न सकिए त्यो ठाउँको परिवर्तन हुने भए पनि आवश्यक नै नभएको कार्यक्रम गरेर रकम सक्न खोजिएको बताए ।

    ठूलो रकम लगानी गर्ने अर्को संस्था हेफर हो । चार वर्षदेखि हेफरको सहयोगी संस्थाको रूपमा महिला समूह समन्वय समितिले काम गर्दै आएको छ । यसको बजेट २ करोड ५० लाख छ । ‘बाख्रापालनमा सहयोग गर्दै आएका छौं,’ हेफरकी कार्यक्रम अधिकृत सुनिता शेर्पाले भनिन्, ‘त्यही भएर गाउँलेको मुख्य आम्दानीको स्रोत बाख्रा बनेको छ ।’ उनले गरिबी न्यूनीकरण गर्न नसकिए पनि पहिलाको अवस्थाभन्दा केही सुधार आएको दाबी गरिन् । उता सामाजिक विकास तथा अनुसन्धान केन्द्र (एसडीआरसी) का कार्यक्रम टिम लिडर गोविन्द सुवेदीका अनुसार सिद्धिको ७, ८ र ९ वडामा खानेपानी तथा सरसफाइको काम सुरु भएको छ ।

    काम सुरु भएको ६ महिना भयो । फन बोर्डअन्तर्गत सुरु भएको प्रोजेक्ट २० महिनासम्म चल्ने छ । जसको बजेट १ करोड ३७ लाख छ । ०६८ असोज ६ गते सिंगो जिल्ला खुल्ला दिसामुक्त भए पनि यो संस्थाले उक्त वडामा शौचालय निर्माणमा खर्च गर्दै छ । जबकि खुल्ला दिसामुक्त घोषणामा मात्र १५ करोड ६२ लाख रुपैयाँ खर्च भएको थियो । खानेपानीका लागि गाउँलेसँग समेत संस्थाले पैसा उठाएको छ । अनिकालको सामना गरिरहेका गाउँलेलाई उक्त वडाबाट घरलौरी पैसा उठाइएको छ ।

    ७ र ८ वडाका गाउँलेले ३ हजार ५ सय बुझाएका छन् । स्थानीयका अनुसार ९ मा २ हजार छ । ‘गाउँलेको पनि सहयोग रहोस् भनेर मात्र यस्तो गरिएको हो,’ उनले भने, ‘कामअन्तर्गत विकास चरणमा छौं ।’ उनले जिविस र खानेपानी कार्यालयकै सल्लाहमा सिद्धि पुगेको बताए । उता डेग नेपालले चेपाङ महिला सशक्तीकरण कार्यक्रम चलाउन थालेको २ वर्ष भयो । संस्थाका कार्यक्रम संयोजक जनक कार्कीका अनुसार संस्थाले महिलालाई आफ्नो अधिकारका सम्बन्धमा बलियो बनाउने छ । त्यस्तै बोल्न र नेतृत्व गर्न सिकाउने छ ।

    संस्थाले यो कार्यक्रमका लागि भन्दै २० लाख बजेट छुट्याएको छ । त्यस्तै चेपाङ विकास समाजको ६ लाख ८९ हजार र महिला सघन केन्द्रले ३ लाख यही गाउँका लागि भनेर छुट्याएको जिविस स्रोतले जनायो । उता सौराहाकै होटल मोनालिसाले सिद्धिकै वडा ८ जिङलाउमा खानेपानी, शिक्षा, तरकारी खेतीका लागि भन्दै करिब ५५ लाख खर्च गरिसकेको छ । ‘लगानी होटलको मात्र होइन, साथीभाइको समेत रहेको छ,’ होटलका सञ्चालक केशव खनालले भने, ‘गाउँ परिवर्तनको चरणमा छ ।’ यस्ता होटल, संस्थाले लगानी गरेको बारे जिविसलाई थाहा छैन । ‘चेपाङ अगुवाबाट संस्थाले कार्यक्रम ल्याउँछन् पैसा खान्छन् भन्ने गुनासो आउने गरेको छ,’ जिविसका सामाजिक विकास शाखाका कार्यक्रम अधिकृत रामहरि न्यौपानेले भने, ‘गाउँमा लगानी गर्ने संस्थाको संख्या बढे पनि सोचेजस्तो राम्रो रिजल्ट आउन सकेको छैन ।’

    संस्थाले गरेको काम प्रभावकारी भयो/भएन, कस्तो रिजल्ट आयो, संस्थाले गाउँमा पुगेर काम गरेका छन्/छैनन् भनेर सम्बन्धित निकायले अनुगमन गरेको छैन । ‘समग्र क्षेत्रको अनुगमन गर्ने भनेर टिम बनाएका छौं,’ प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले भने, ‘अब चाँडै गैरसरकारी संस्थाको सञ्चालन तथा व्यवस्थापन गर्ने गरी अघि बढ्ने छौं ।’ गाविसका अनुसार यहाँ ७ सय १५ घरधुरीमा ४ हजार ६ सय ५२ जनसंख्या छ । ९५ प्रतिशत चेपाङको बसोबास छ । गाविस सचिव पदमबहादुर भेटवालले संस्थाको संख्या बढे पनि परिवर्तन देख्न नपाएको गुनासो गरे । ‘संस्थाले अरू काम नगरे पनि चेपाङलाई कार्यक्रम गर्दा एक छाक भातचाहिँ खुवाउने गरेको छ, मैले देखेको त्यत्ति हो,’ उनले भने ।

    कसले कति खर्चे ?

    संस्थाको नाम    बजेट (रु.)
    मेड नेपाल     ८७,२७,६००
    डेग नेपाल     २०,००,०००
    जेन्टल हर्ट फाउन्डेसन    १८,७५,०००
    महिला समन्वय समिति    २,५०,००,०००
    फरवार्ड नेपाल     ७०,५१,३७७
    महिला सघन केन्द्र     ३,००,०००
    चेपाङ विकास समाज     ६,८९,४००
    सपना भिलेज     ३,५०,००,०००
    एसडीआरसी     १,३७,००,०००
    जम्मा  रु. ९,४३,४३,३७७

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, पुष २१, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.