×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • ४ मिनेट अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ४ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ९ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १० घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १० घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

बीपीको मेलमिलाप नीति उत्तिकै सान्दर्भिक

  •  
  • शनिबार, पुष १६, २०७३ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    नारद गौतम

    काठमाडौँ, पुस १६ गते ।  नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं जननायक विश्वेश्वरप्रसाद (बीपी) कोइराला आठ वर्षको भारत प्रवासबाट राष्ट्रिय मेलमिलापको नीति लिएर नेपाल फकर्नुभएको ४० वर्ष पूरा भएको छ ।
    राजा महेन्द्रले २०१७ सालमा प्रधानमन्त्री कोइरालासहित काँग्रेसका नेताहरूलाई पक्राउ गरी जेल चलान गरी एकदलीय पञ्चायती व्यवस्था सूत्रपात गरेका थिए ।  आठ वर्षको जेलजीवनपछि बीपीसहितका नेताहरू २०२५ सालमा भारत प्रवासमा जानुभयो ।
    प्रवासमा आठ वर्ष बिताएपछि राजनीतिक सङ्कटबाट नेपाललाई जोगाउने उद्देश्यले बीपीसहितका नेताहरू राष्ट्रिय मेलमिलाप र एकताको नारा लिएर २०३३ पुस १६ गते नेपाल फर्कनुभएको थियो ।  काँग्रेसका नेताहरू बीपी कोइराला, लौहपुरुष गणेशमान सिंह, रामबाबु प्रसाई, नेत्री शैलजा आचार्य, नेता खुमबहादुर खड्का लगायतका नेताहरू स्वदेश फर्कनुभएको थियो ।  राष्ट्रिय एकताको नारा लिएर स्वदेश फर्केका नेतालाई राजा महेन्द्रले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै पक्राउ गरी तत्कालीन सुन्दरीजल बन्दीगृहमा ल्याई बन्दी बनाएका थिए ।
    राष्ट्रिय मेलमिलापको नीति लिएर स्वर्देश फर्केको दिन १६ गतेलाई त्यसै बेलादेखि मेलमिलाप दिवसका रूपमा मनाउने चलन काँग्रेसले चलाएको हो ।  शनिबार ४१औँ मेलमिलाप दिवस मनाइँदैछ ।
    राष्ट्रलाई स्थिरता दिन एकता आवश्यक
    -रामचन्द्र पौडेल
    वरिष्ठ नेता, नेपाली काँग्रेस
    नेपालको राजनीति अहिले संवेदनशील अवस्थामा छ ।  यहाँका जिम्मेवार नेताहरूले मुलुकको वर्तमान संवेदनशील अवस्थालाई ध्यानमा नराखी अगाडि बढ्ने हो भने देश झन् अप्ठ्यारोमा पर्नसक्छ ।  बीपी कोइराला धेरै पछिसम्मको अवस्थाबारे सोच्नसक्ने नेता हुनुहुन्थ्यो ।  नेपालको तत्कालीन अवस्था र दक्षिण एसियाको राजनीतिक सङ्कटको विश्लेषण गरेर बीपीले नयाँ बाटो अपनाउनुभयो ।  लोकतन्त्रको लडाइँलाई जारी राख्दै पुरानो विरोधलाई थाती राखेर राष्ट्रिय एकता र मेलमिलापको नीति लिएर नयाँ ढङ्गले जाऔँ भन्ने आह्वान हो– राष्ट्रिय मेलमिलाप ।  त्यसको महŒव पृथ्वीनारायण शाहको पालामा पनि थियो, आज पनि उत्तिकै आवश्यक छ र भोलि पनि रहन्छ ।  अहिले हिमाल, पहाड, तराई–मधेसका सबै जनता र सबै राजनीतिक विचारधारा राख्ने दलहरूबीच राष्ट्रलाई स्थिर दिन राष्ट्रिय एकता आवश्यक छ ।  बीपीको मेलमिलापको नीति पहिलाजत्तिकै अहिले पनि उत्तिकै सान्दर्भिक छ ।
    मूल भावनाबाट काँग्रेस बाहिरिएजस्तो छ
    -प्रदीप ज्ञवाली
    सचिव, नेकपा (एमाले)
    तत्कालीन सन्दर्भमा बीपी कोइरालाले भारत प्रवासमा रहँदा लोकतन्त्रका लागि जे जस्ता प्रयास गर्नुभयो, त्यो आन्दोलन बढाउँदै जाँदा नेपाली राष्ट्रियतामाथि खतराको अनुभव गरेर उहाँ आफ्नो जीवन जोखिममा राखेर स्वदेश फर्कनुभएको हो ।  त्यति बेलाको उहाँको त्यो कदमलाई एउटा साहसिक कदमका रूपमा लिनुपर्छ ।  यद्यपि त्यसले केही समय पञ्चायतीविरोधी आन्दोलनलाई कमजोर बनाउने काम भयो ।  राष्ट्रियताको पक्ष प्रमुख र लोकतन्त्रको पक्ष ओझेलमा परेजस्तो भयो ।  त्यति बेलाको सन्दर्भमा बीपीको त्यो सन्दर्भको आफ्नै महŒव छ ।  अहिलेको सन्दर्भमा संविधान निर्माणमा मुख्य भूमिका खेल्ने दलहरूसँग एकता र सहकार्य गरेर जानुपर्ने अवस्था हो तर अहिले हेर्दा नेपाली काँग्रेस त्यो मूल भावनाबाट बाहिरिएजस्तो देखिन्छ ।  सरकारमा रहेका दल र सरकारबाट जस्ता अभिव्यक्तिहरू आइरहेका छन्, त्यसले संविधान कार्यान्वयनका निम्ति मिलेर जाने भन्ने भावनाको प्रतिनिधित्व गरेको देखिँदैन ।  राष्ट्रिय मेलमिलाप दिवस मनाइरहँदा त्यसको भावनालाई बुझ्न सकेमा राष्ट्रिय मेलमिलापको सार्थकता रहन्छ नै ।
    सहमति र समझदारी आवश्यक
    -जितेन्द्र देव
    उपाध्यक्ष, मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)
    बीपी कोइरालाको समयमा राष्ट्रिय मेलमिलापको नीति अत्यन्त सटिक थियो ।  अहिले मेलमिलापको ठाउँमा सहमति र समझदारीको शब्दावली राख्नु बढी उचित हुन्छ ।  त्यसकारण रूपमा त्यसरी जानु राम्रो हुन्छ, सारमा चाहिँ हिजोको राजनीति कस्तो थियो भने अग्रगामी राजनीतिक सोच बोक्ने काँग्रेस र कम्युनिस्टहरू, यथास्थितिवादी धारणा बोक्ने राजाबीचको राष्ट्रिय मेलमिलापको सन्दर्भ थियो ।
    आजको राष्ट्रिय सहमति र समझदारी भनेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सन्दर्भमा अग्रगामी चिन्तन राख्ने र समाजको प्रगतिशील र लोकतान्त्रिक रूपान्तरणको सन्दर्भमा अग्रगामी सोच राख्ने शक्तिहरूको बीचमा सहमति र समझदारीबाट अगाडि जाने भन्ने हो ।  त्यो भनेको काँग्रेस, एमाले, माओवादी र मधेसीवादी शक्तिहरू मुख्य रूपमा मिलेर जानुपर्छ भन्ने हो ।  यसरी बुझ्दा बीपी कोइरालाको मेलमिलापको नीति अहिले सान्दर्भिक छ ।
    राष्ट्रवादी शक्तिसँग एकता हुनुपर्छ
    – हरिबोल भट्टराई
    अध्यक्ष, बीपी चिन्तन प्रतिष्ठान
    अहिले नेपाली राष्ट्रियतालाई धेरै नै तहसनहस पारिएको छ ।  राष्ट्रिय एकतालाई सही दिशातिर परिचालित गराउन हामी सम्पूर्ण जनता र राष्ट्रवादी शक्तिहरू एकजुट भएर जानुपर्ने अवस्था छ ।  राष्ट्रिय एकता भन्नाले सबै दल, सबै शक्तिसँगको मेलमिलाप पो हो कि भन्ने प्रश्न उठ्ने गरेको छ ।  बीपीले राष्ट्रिय मेलमिलापको कुरा गर्दा राष्ट्रवादी शक्ति भन्नुभएको छ ।  अहिले कुनचाहिँ शक्ति राष्ट्रवादी शक्ति हो त भनेर हामीले चिन्तन गर्नुपर्ने भएको छ ।  विदेशपरस्त शक्तिसँग राष्ट्रिय एकताको कुरा बीपीले गर्नुभएको होइन ।  विदेशीको इशारामा काम गर्ने नभईकन खास राष्ट्र र जनतालाई हेरेर अगाडि बढ्ने शक्तिसँग राष्ट्रिय एकता हुनुपर्छ ।  बीपीले राष्ट्रिय स्वाधीनता र प्रजातन्त्रको सन्दर्भमा राष्ट्रिय एकताको कुरा गर्नुभएको हो ।  प्रजातन्त्रबिना राष्ट्रिय एकता सुदृढ हुन सक्दैन भन्ने उहाँको मान्यता थियो ।

    gorkhapatraonline

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, पुष १६, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.