×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १५ घण्टा अघि

आज कुशे औँसी
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १९ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १९ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १९ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

मधेसी मोर्चा अकस्मात् लचिलो

  •  
  • शुक्रबार, पुष १५, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    • संशोधन प्रस्ताव परिमार्जन हुनैपर्ने प्रस्तावबाट पछि हट्यो
    – बसन्त बस्नेत, काठमाडौं
    पुस १५, २०७३- सत्ता घटक कांग्रेस र माओवादी केन्द्र संविधान संशोधनबिनै स्थानीय चुनावतर्फ जाने बुझेपछि अप्ठेरोमा परेको मधेसी मोर्चाले अहिलेकै संशोधन प्रस्ताव अघि बढाइए पनि सकार्ने संकेत दिएको छ ।

    शुक्रबार राजधानीमा सकिएको मोर्चाको दुई दिने बैठकले संशोधन प्रस्ताव पारित गर्नका लागि आगामी पुस १८ गते खबरदारी प्रदर्शन गर्ने निर्णय लिए पनि सत्तारुढलाई प्रस्ताव अघि बढाउन बाटो खोलिदिने निर्णय लिएको हो । तमलोपा वरिष्ठ उपाध्यक्ष हृदयेश त्रिपाठीले संविधान संशोधन प्रस्ताव परिमार्जन हुनुपर्ने माग यथावत् रहे पनि संसदीय प्रक्रिया अघि बढाउने क्रममा आएका रायका आधारमा प्रस्ताव परिमार्जन गरे मोर्चालाई फरक नपर्ने बताए । ‘प्रस्ताव परिमार्जन गर्ने विधि भनेको आखिर संसदीय छलफलकै क्रममा त हुने हो, पहिले सरकारले प्रस्ताव अघि बढाओस्, त्यसपछि अरुले जस्तै हामी पनि हाम्रो परिमार्जन राखौंला’ त्रिपाठीले बैठकपछि कान्तिपुरसँग भने, ‘हामीले भनेजस्तो भयो भने ठीकै छ, नत्र फरक मत राखेर भए पनि प्रस्ताव पारित गर्न सघाउँछौं । हाम्रो राजनीतिक मागलाई जनताको बीचमा लगिरहन्छौं ।’

    यसअघि मोर्चाले अहिलेको प्रस्ताव मान्य नभएको भन्दै पहिले परिमार्जन गरेर मात्रै अघि बढाउनुपर्ने, नत्र त्यसको स्वामित्व मोर्चाले नलिने जिकिर गर्दै आएको थियो । शुक्रबारको बैठकपछि मोर्चाले पछि हट्ने प्रष्टै संकेत दिएको छ ।

    संविधानको हालसम्म स्वामित्व नलिएको मोर्चाले गत वर्ष माघमा भएको पहिलो संशोधन पनि सकारेको छैन । सत्तारुढ घटकसहित प्रतिपक्षी एमालेले समेत मोर्चाबाट स्वामित्व नलिइएको प्रस्ताव किन अघि बढाउने भनी तर्क गर्दै गरेका बेला मोर्चा लचिलो भएको हो । अब मोर्चा निर्णयको दबाब प्रतिपक्षी एमालेलाई पर्ने देखिन्छ ।

    अाजै अपरान्ह ४ बजे का‌ंग्रेस र मधेसी माेर्चाको बैठक सिंहदरबारमा बस्दैछ ।

    पढ्नुहोस् माेर्चाको विज्ञप्ति

    संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले संविधान संशोधन नगरी सरकारले चुनावको तयारी गरेको भन्दै आन्दोलन घोषणा गरेको छ ।

    काठमाडौंमा बसेको दुई दिनको बैठकले यही पुस १८ गते देशभर विरोध प्रदर्शन गर्ने निर्णय गरेको मोर्चाको जनाएको छ । शुक्रबार मोर्चाका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले संविधान संशोधन विधेयक परिमार्जनसहित पारित गर्नका लागि जनदबाब सिर्जना गर्ने निर्णय गरिएको जानकारी दिए । उनले संशोधन पारित नभएसम्म कुनै पनि तह वा निकायको चुनाव मोर्चालाई मान्य नहुने चेतावनी दिए । उनले पुस १८ गते सोमबार दिनको १ बेजे देशभरका जिल्ला सदरमुकाममा आदिवासी जनजाति, मधेसी, महिला, मुस्लिम लगायतले खबरदारीस्वरुप विरोध प्रदर्शन गर्ने बताए ।

    मोर्चाले एमालेले संसदमा गरिरहेको अवरोध अलोकतान्त्रिक र संसदीय अभ्यासविपरीत भएको ठहर गरेको छ ।

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, पुष १५, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.