×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • १ मिनेट अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ४ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ९ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १० घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १० घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

दैलेखको ‘धार्मिक ज्वाला’: जसलाई वैज्ञानिकले ‘पेट्रोलियम ग्यास’ भने

  •  
  • बिहिबार, पुष १४, २०७३ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    भरतबन्धु थापा

    १४ पुस, दैलेख । दैलेखका शिरस्थान, नाभिस्थान, धुलेश्वर, पादुका लगायतका क्षेत्रमा अखण्ड दीपहरु बल्छन् । अहिलेसम्म स्थानीय यसलाई दैवी शक्तिको चमत्कार मान्छन् र पुज्दैछन् ।

    तर, यी दीपहरु कुनै दैवी चमत्कार नभएर प्राकृतिक ग्यास रहेको पुष्टि भइसकेको छ । चिनियाँ प्राविधिकको टोलीले यो क्षेत्रको अध्ययन गरेर यहाँको पेट्रोलियम ग्यासबारे थप अध्ययन गर्नुपर्ने रिपोर्ट सरकारलाई दिइसकेको छ ।

    अनलाइनखबरको टोली दैलेख पुग्दा स्थानीय बालकहरुले खोलाको पानीमाथि पनि आगो बालेर देखाए ।

    dailekh-jwala

    धार्मिक हिसावले दैलेख जिल्लामा अवस्थित शिरस्थान, नाभिस्थान, धुलेश्वर, पादुका र तल्लो डुंगेश्वर पञ्चकोशी तीर्थस्थलका रुपले प्रख्यात छन् । यो कुरा बैश्वानरपुराणमा समेत उल्लेख छ । चलन चल्तीमा कोटीलालाई समेत पञ्चकोशी तीर्थस्थलका रुपमा समावेश गरिएको छ ।अहिले यी क्षेत्रका बासिन्दा प्राकृतिक ग्यास उत्खनन् भए स्थानीय क्षेत्र विकास हुनुका साथै देशले पनि ठूलो आर्थिक लाभ लिने कुराले उत्साहित छन् । उनीहरु यहाँको धार्मिक महत्वलाई कायमै राखेर प्राकृतिक सम्पदाको सदुपयोग गर्नुपर्नेमा जोड दिन्छन् ।

    पञ्चकोशी तीर्थस्थलमध्ये अहिले शीरस्थान र नाभिस्थानमा अखण्ड रुपमा ज्वाला बलिरहेको छ । तर केही दशक अघिसम्म पादुकामा समेत बल्दथ्यो ।

    शिरस्थान

    यो मन्दिर शिरस्थान खोलाको नजिकै पर्दछ । श्रीस्वस्थानी व्रतकथाअनुसार महादेवले सतीदेवीको मृत शरीरलाई बोकेर यत्रतत्र घुम्ने क्रममा यस क्षेत्रमा आइपुग्दा सतीदेवीको शिर पतन भएकाले यस स्थानलाई शिरस्थान भनेर पुज्न थालिएको हो भन्ने जनविश्वास छ ।

    यस क्षेत्रमा ज्वालाघर, कालभैरवकालसैनी, बटुकभैरव, शिव लिंग, धर्मशाला छन् । ज्वालाघरमा निरन्तर बलीरहने ज्वालालाई भगवानको रूपमा पुजिँदै आएको छ । यो ज्वालालाई बडीज्वाला भन्ने गरिन्छ ।

    dailekh-shirsthan-jwala

    जुम्लाको चन्दननाथ र डोटीको बडीमालिकाको मन्दिरमा रहेको अखण्ड दीप निभेमा यहाँको ज्वालाको आगो लगेर अखण्डदीप जलाउने परम्परा हजारौँ वर्षदेखि चलिआएको छ ।

    शिरस्थानको दायाँतर्फ शिरस्थान र नाभिस्थान खेालाको दोभान नजिकै काली ज्वाला रहेको छ । विगतमा यो स्थानमा पानीमा समेत ज्वाला बल्ने गरेको थियो ।

    हाल मन्दिर निर्माण गरिएका कारण मन्दिर भित्र यत्रतत्र ज्वाला बल्ने गर्दछ ।

    शिरस्थान मन्दिर परिसर पुग्नलाई सदरमुकामदेखि दुई घण्टाको पैदल हिँड्नुपर्छ । सवारीसाधनबाट जाँदा तथा आधा घण्टा लाग्छ ।

    नाभिस्थान

    नाभिस्थान मन्दिर खोला नजिकै छ । श्रीस्वस्थानी व्रत कथाअनुसार महादेवले सतीदेवीको मृत शरीरलाई बोकेर यत्रतत्र घुम्ने क्रममा यहाँ सतीदेवीको नाभि पतन भएकाले यस स्थानलाई नाभिस्थान भनेर पुज्न थालिएको हो भन्ने जनविश्वास छ ।

    शिरस्थान जस्तै यहाँ पनि दुईवटा ज्वाला छन् । जसलाई ब्रहमज्वाला र ईन्द्रज्वाला भन्ने गरिन्छ । यस क्षेत्रमा भैरव मन्दिर, शिव मन्दिर, मन्साथ मन्दिरका साथै प्रसिद्ध समीको रुख छ ।
    एक सय वर्षभन्दा पनि जेठो समीको रुख नाभिस्थानको आकर्षण मध्य एक हो ।

    सदरमुकामबाट साढे दुई घण्टाको पैदल हिँड्दा यहाँ पुग्न सकिन्छ । पौने घण्टामा गाडीबाटै पुगिन्छ ।

    dailekh gas akhnda deep
    पादुका

    पादुका क्षेत्रमा केही दशकअघिसम्म अनवरत रुपमा ज्वाला बल्थ्यो । पादुका खोलामा बाढी आएर बगाएपछि ज्वाला बलेको छैन । खुल्ला आकाशमा यत्रतत्र छरिएर रहेका मूर्तिहरु घाम र पानीबाट बचाउन मुस्किल छ ।

    पादुका क्षेत्रमा मन्दिर छैन भने मूर्तिहरु खुल्ला रुपमा छन् । मन्दिर क्षेत्रमा शिव, भैरव, गोरखनाथ, बुद्ध, जैन, लक्ष्मीनाराण, गणेश, मच्छेन्द्रनाथ, शिव लिंग लगायतका मूर्तिहरु छन् ।

    जेठ महिनाको पहिलो मंगलबार र दशैंमा भैरव मन्दिरमा बलिसहित पूजा गर्ने र श्रावण पूर्णिमामा शिवजीलाई खीर चढाउने प्रचलन छ । दशैंको घटस्थापनादेखि दशमीसम्म अखण्ड धुनी बाल्ने माघ पूर्णिमाका दिनमा लिंगो फेर्ने तथा शिवरात्रिको दिनमा बिशेष पूजाआजा गर्ने चलन छ ।

    पादुकामा रहेको अशोकचल्ल कालिका सउना कार्की र कक्र्यानीको देवल दैलेखमा भएका अभिलेखहरु मध्य सबैभन्दा पुरानो अभिलेख मानिन्छ ।

    सिजा साम्राज्यका सम्राट अशोक चल्लको समयमा यस स्थानमा भगवान बुद्धको पूजा प्रार्थना तथा बन्दना गरी सउना कार्की र साउनका कक्र्यानीले धर्मस्तम्भ राख्न लगाएका थिए । सम्राट अशोक चल्लको समेत नाम उल्लेख गरिएको स्तम्भको स्थपना वि.सं. १३१२ देखि १३४५ को बीचमा भएको देखिन्छ ।

    यिनै क्षेत्रमा अहिले प्राकृतिक ग्यास रहेको पुष्टी भएको छ । तर, यसको ब्यवसायिक उत्पादन गर्न सकिन्छ कि सकिन्न भनेर अर्को अध्ययन आवश्यक छ । स्थानीयहरु आवश्यक अध्ययन गरेर ग्यास उत्खनन् हुनेमा आशावादी छन् ।

    onlinekhabar

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, पुष १४, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.