×
मङ्गलबार, भदौ ३०, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
  • १६ घण्टा अघि

आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १८ घण्टा अघि

आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

सुन ताेलामा ११ सयले घट्याे
  • २ दिन अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ दिन अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • २ दिन अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • ३ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • ३ दिन अघि

रुचाइएकी बुहारी मोडल

  •  
  • शुक्रबार, मङि्सर २४, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    विनीता मरहट्टा

    लोकदोहोरी गीतका भिडियोमा कुनै उतारचढाव बिना १० वर्षदेखि आफ्नै रफ्तार कायम गरेकी अभिनेत्री हुन्, रञ्जिता गुरुङ । पढाइको सिलसिलामा काठमाडौं आएपछि उनी गोंगबुस्थित गोर्खा कला केन्द्रमा नृत्य सिक्न थालिन् ।

    कुनै टप मोडल बनुँला वा अभिनेत्री बनुँला भन्ने सोचले नभई खाली समयको सदुपयोग गर्न उनले नृत्य सिकेकी थिइन् । गोरखाको थालाजुङमा हुर्केकी रञ्जिताको सपना र पहुँचभन्दा पर थियो चलचित्र जगत । ‘यो ठाउँको कल्पना मेरा लागि टाढाको कुरा थियो’, उनले भनिन् ।

    शंकर बीसीको निर्देशनमा ‘घामछाया’ बोलको लोकदोहोरी गीतमा पहिलो पटक मोडलिङ गरिन् । त्यतिबेला उनले भन्दा अरूले उनमा विश्वास गरे । भनिन्, ‘सुरुमा एकदम होपलेस भएँ, नर्भस थिएँ तर दाइहरूले राम्रोसँग सिकाउनुभयो ।’ अहिले आधुनिक र लोकदोहोरीको म्युजिक भिडियोमा उनलाई भ्याइनभ्याइ छ । करियर सुरु भएको केही वर्षमै उनले विवाह गरिन् ।

    श्रीमान् बेलायतमा थिए । कहिलेकाहीँ उतै गएर पनि बस्थिन् । तर उनलाई आफ्नै कामको मोहले डोर्यायो । अहिले श्रीमान् अमेरिकामा छन् । उनी यहाँ संयुक्त परिवारमा बसेर आफ्नो कामलाई निरन्तरता दिइरहेकी छन् । मोडलिङलाई राम्रो व्यवसाय नमान्ने नेपाली समाजमा विवाहित महिलाले त्यो पनि संयुक्त परिवारमा बसेर करियर अघि बढाउने रन्जिता एक उदाहरण हुन् ।

    पहिले श्रीमान्ले कहिलेकाहीँ आपत्ति जनाए पनि अहिले साथ दिइरहेका छन् । श्रीमान्भन्दा बढी साथ दिए उनका सासूससुराले । कहिलेकाहीँ श्रीमान्ले आपत्ति जनाउँदा पनि सासूससुराले छोरालाई सम्झाउँथे । कामलाई निरन्तरता दिन रञ्जिताको परिवारले नै उनलाई हौस्याइरह्यो । त्यहि हौसलाका कारण उनले हजारभन्दा बढी म्युजिक भिडियोमा मोडलिङ गरिसकेकी छन् ।

    गोर्खा पल्टन, दसगजा, वडा नम्बर ६ लगायतका चलचित्रमा अभिनय गरेकी उनी चारवर्षे छोरीकी आमा हुन् । रञ्जिताले आफूलाई सधैं फिट राखेकी छन् । आफू सुहाउँदो भूमिका आउँदासम्म अभिनय गरिरहने उनको सोच छ । म्युजिक भिडियोबाटै आफूलाई स्थापित गरेकी रञ्जितालाई चलचित्रमा गरिने ‘टिम वर्क’ मन पर्छ । तर छोटो समयमा काम गर्न सकिने र राम्रो आम्दानी हुने भएकाले म्युजिक भिडियोमै रमाइलो लाग्छ ।

    आफूले गरेको काममा आधुनिकतर्फ ‘मलाई बाँसुरीले रुवायो’ बोलको गीतको म्युजिक भिडियो र लोकदोहोरीतर्फ ‘सारी बम्बैको’ बोलको गीतको म्युजिक भिडियोबाट बढी सन्तुष्टि मिलेको छ । रञ्जिता ‘टिपिकल’ नेपाली गीतका म्युजिक भिडियोमा काम गर्न रुचाउँछिन् ।

    अहिले लोकदोहोरीतिर पनि ‘प्याटर्न’ फेरिएको छ । एक हजार बढी म्युजिक भिडियोमा मोड्लिङ गरे पनि रञ्जिताको ‘टिपिकल’ नेपाली गीतमा काम गर्ने धोको अझै पूरा भएको छैन । गीत सुनेर छानीछानी मोडलिङ गर्ने उनको आफ्नै ‘रेट’ छ ।

    त्योभन्दा कम रकममा काम गर्दिनन् । परिवारको साथमा रहेर करियरलाई निरन्तरता दिन चाहने रञ्जिताले आफूलाई व्यावसायिक कलाकारको रूपमा स्थापित गर्न सफल भएकी छन् ।

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, मङि्सर २४, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
    आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
    नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)

    • २. आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै

    • ३. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना

    • ५. सुन ताेलामा ११ सयले घट्याे

    • ६. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. जेनजी सहिद र रसुवा बाढीमा मृत्यु भएकाकाे सम्झनामा दिप प्रज्वलन

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.