, गोरखा
मंसिर २४, २०७३- पूर्वयुवराज्ञी हिमानी शाहले शुक्रबार पालुङटारस्थित भवानी माध्यमिक विद्यालयको भवन शिलान्यास गरेकी छिन् ।
हिमानी ट्रस्ट नेपालले पुनर्निर्माण गर्न लागेको १६ कोठे विद्यालय भवनको उनले शिलान्यास गरेकी हुन् । दुई करोड ९७ लाखमा भवन बनाउने सम्झौता भइसकेको विद्यालयले जनाएको छ । भूकम्पले भत्काएको विद्यालय भवन जापानका बौद्धिष्ट एशोसिएसनका अध्यक्ष जुडुसुुको सहयोगमा पुनर्निर्माण गर्न लागिएको ट्रस्टले जनाएको छ । शिलान्यास कार्यक्रममा जापनिज् राजदूत पनि सहभागी थिइन् ।
भूकम्पले विद्यालय भवन भत्केपछि अहिले अस्थायी टहरोमा पठनपाठन भइरहेको प्रधानाध्यापक ओजराज गिरीले जानकारीले दिए । ट्रस्टले भवन बनाउने सम्झौता गरे पनि लामो समयपछि शिलान्यास गरेको जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।
ekantipur



