×
मङ्गलबार, भदौ ३०, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
  • १६ घण्टा अघि

आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १८ घण्टा अघि

आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

सुन ताेलामा ११ सयले घट्याे
  • २ दिन अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ दिन अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • २ दिन अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • ३ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • ३ दिन अघि

ग्वाङजाउबाट एक सातामै केरुङ पुग्यो सामान, पहिला कोलकाता पुग्नै लाग्थ्यो ४० दिन

  •  
  • शुक्रबार, मङि्सर २४, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    फाइल तस्बिर
    चेतनाथ आचार्य, बेइजिङ

    मंसिर २४, २०७३- नेपाली व्यापारीहरुले किनेको सामान एक सातामै ग्वाङजाउबाट केरुङ पुगेको छ । मंसिर १५ गते बुधबार ग्वाङजाउबाट नेपाली व्यापारीको सामान बोकेर गुडेको रेल गत सोमबार साँझ ल्हासा पुगेको थियो । मंगलबार बिहान ल्हासामा स्वागत कार्यक्रमको आयोजनापछि सोही दिन साँझ २५३ किलोमिटरको दुरीमा रहेको सिगात्से पुगेको थियो । सिगात्सेको रेलवे स्टेसनबाट कन्टेनरमा सामान लोड गरी बुधबार साँझ सामान केरुङ पुगेको छ ।

    ग्वाङजाउबाट एक सातामै सामान केरुङ पुग्दा चीनसँग व्यापार गर्ने व्यक्तिहरु उत्साहित भएका छन् । ग्वाङजाउबाट कोलकाता सामान पुग्नका लागि पहिले ४० दिन लाग्ने गरेकोमा अहिले ५० देखि ६० दिन लाग्ने गरेको गैर आवासीय नेपाली संघ चीनका अध्यक्ष सन्जय चेतानीले कान्तिपुरलाई बताए । कलकाता बन्दरगाहको हल्दिया पोर्टमात्र नेपालीलाई प्रयोग गर्न दिएको र अत्यधिक कन्टेनरहरु थुप्रिएकाले पहिलेको तुलनामा समय बढी लागेको उनले बताए ।

    समय र ढुवानीको लागत घटेपछि चीनबाट नेपालमा जाने सामग्री सस्तो हुने उनले बताए । ग्वाङजाउबाट केरुङसम्मको भाडा प्रतिकन्टेनर १७ हजार ६ सय चिनियाँ युआन लाग्दछ । सो कन्टेनरको उचाई ४० सिबिएम र तौल क्षमता ८ टन हुने गर्छ । समुद्री मार्ग भएर ग्वाङजाउबाट कलकत्ता सामान पुर्‍याउनका लागि प्रतिकन्टेनर १९ हजार चिनियाँ युआनभन्दा बढी लाग्दछ ।

    अझ यसमा अन्य शुल्क पनि थपिएर आउने चेतानीले बताए । समुद्री मार्ग भएर जाने कन्टेनरले सामान जतिसुकै भए पनि पूरै कन्टेनरको मूल्य लिने तर रेलमार्गबाट पूरै कन्टेनरको मूल्य नतिरिकन आफूले चाहे जति मात्र सामान लान पनि सुविधा भएको उनले बताए । उनले भने ‘यसबाट सानोतिनो लगानीमा व्यापार गर्ने नेपालीलाई पनि सजिलो भएको छ । अब उनीहरुलाई समुद्री मार्गमा जस्तो कन्टेनर भर्नुपर्ने वाध्यता छैन । केही कार्टुन मात्र सामान लान्छु भन्दा पनि उसले कन्टेरनको शुल्कको दामासाहीले तिरे पुग्छ ।’

    समुद्री मार्ग भएर जाने कन्टेनर केरुङ पुगेको कन्टेनरभन्दा ठूलो हुने भए पनि तुलनात्मक रुपमा महङ्गो पर्ने भएकाले अब नेपाली व्यापारीहरुले स्थल मार्ग नै रोज्ने उनको भनाइ छ । समुद्री मार्गबाट जाने कन्टेनरको उचाइ ६८ सिबिएम र तौल क्षमता २० टन हुने गर्छ ।

    केरुङबाट दुई कन्टेनर सामान तीनवटा ट्रकमा काठमाडौँ पुर्‍याउँदा बढीमा एक लाख असी हजार रुपैयाँ पर्दछ । कलकत्ताबाट एउटा कन्टेनर काठमाडौँ पुर्‍याउँदा २ लाख ६० हजार रुपैयाँ पर्ने गरेको बताउँदै चेतानीले भने ‘केरुङबाट तीनवटा ट्रकले दुई कन्टेनर सामान लान सक्छ । यसरी तुलना गर्दा चिनियाँ रेलमार्गबाट निकै सस्तोमा सामान काठमाडौँ पुग्छ ।’

    केरुङको भन्सारमा चीनतिर राम्रो पूर्वाधार भएकाले एकै दिनमा सामान पास भए पनि नेपालतिर दुईदेखि तीन दिन लाग्ने गर्छ । नेपालले पनि राम्रो पूर्वाधार सुधार गरेर एकै दिनमा सामान पास गराएमा ग्वाङजाउबाट छुटेको सामान दसदिनभित्र काठमाडौा पुग्ने चेतानीले उल्लेख गरे ।

    ‘समुद्री मार्गबाट त जाडोको सामान गर्मी लागेपछि मात्र पुग्छ । गर्मी महिनामै जाडोको सामान लानुपर्ने बाध्यता छ’ चेतानीले भने ‘अब दस दिनमै सामान काठमाडौँ पुग्ने भएपछि व्यापारीहरुलाई ठूलो राहत हुन्छ । उनीहरुले दुई दुई महिनासम्म लगानीको ब्याज त्यसै तिर्दै आएका थिए ।’

    ग्वाङजाउबाट सिगात्सेका लागि १२० किलोमिटर प्रति घन्टाको गतिमा गुड्ने यो पहिलो मालबाहक रेल हो । यसभन्दा अगाडिका मालबाहक रेल १०० किलोमिटर प्रति घन्टाको गतिमा मात्र गुड्ने गर्दथ्ये । २० वटा डिब्बा रहेको रेलमा ११ डिब्बामा तिब्बती व्यापारीका सामान थिए भने ७ डिब्बामा नेपालीका सामान थिए ।

    दुईवटा डिब्बा भने खाली रहेको चेतानीले बताए । सो मालबाहक रेलमा नेपाली व्यापारीका जुत्ता, तयारी पोशाक, हार्डवेयर, विद्युतीय लगायत सामानहरु रहेका थिए । ग्वाङजाउदेखि सिगात्सेसम्मको यस प्रकारको मालबाहक रेल सेवा अहिले हप्ताको एकपटक सुरु भएको र पछि व्यापारको चाप बढेपछि हप्ताको दुईपटकसम्म हुने चेतानीले बताए ।

    ‘अब समुद्री मार्ग र हवाइ मार्गबाट सामान ढुवानी गर्नेहरु सबैले यही रेलमार्ग प्रयोग गर्छन् । समय र ढुवानी मूल्यका कारणले सबै नेपाली व्यापारीहरु उत्साहित छन्’ चेतानीले भने ।

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, मङि्सर २४, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
    आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
    नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)

    • २. आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै

    • ३. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना

    • ५. सुन ताेलामा ११ सयले घट्याे

    • ६. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. जेनजी सहिद र रसुवा बाढीमा मृत्यु भएकाकाे सम्झनामा दिप प्रज्वलन

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.