×
मङ्गलबार, भदौ ३०, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
  • १६ घण्टा अघि

आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १८ घण्टा अघि

आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

सुन ताेलामा ११ सयले घट्याे
  • २ दिन अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ दिन अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • २ दिन अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • ३ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • ३ दिन अघि

विकास खर्च ९० प्रतिशत पुर्याउन निर्देशन

  •  
  • शुक्रबार, मङि्सर २४, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    काठमाडौँ, मंसिर २३ गते । चालु आवको विकास खर्च ९० प्रतिशत पुर्याउन व्यवस्थापिका–संसद्को विकास समितिले सरकारलाई निर्देशन दिएको छ ।

    विकास निर्माणसँग सम्बन्धित खर्चलाई प्राथमिकता दिई उत्पादनशील एवम् पुँजीगत खर्च वृद्धि गर्न समितिको आजको बैठकले राष्ट्रिय योजना आयोग, अर्थ मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयलाई निर्देशन दिएको हो ।

    बैठकमा चालु आवको पाँच महिना बित्न लाग्दा पनि विकास खर्च छ प्रतिशतभन्दा नबढेकोप्रति सांसदले सरकारको ध्यानाकर्षण गराएका थिए ।

    आजको बैठकमा सांसदले कार्यक्रमको अख्तियारीमा ढिलाइ, कार्यक्रम स्वीकृत गर्न विलम्ब, वन तथा वातावरण क्षेत्रको समस्या, स्थानीयवासीको अवरोध, झन्झटिलो निर्णय प्रक्रिया, निर्माण सामग्रीको अभाव लगायत विभिन्न कारण देखाउँदै विकास निर्माणको काममा ढिलाइ हुने गरेको, समयमा काम नसकिने र तोकिएको समयमा काम नगर्ने निर्माण व्यवसायीलाई कालोसूचीमा नराख्दा प्रत्येक वर्ष विकास खर्च हुन नसकेकोप्रति सरोकारवाला निकायको ध्यानाकर्षण गराउनुभएको हो ।

    स्थानीय विकासमन्त्री हितराज पाण्डेले विगतमा निर्माण सामग्री निकाल्न मन्त्रालयले रोकेकामा अहिले यससम्बन्धी निर्णय गर्ने अधिकार जिल्ला विकास समितिलाई दिइएको जानकारी गराउनुभयो ।

    “निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमको योजना पेस गर्ने समय मङ्सिर मसान्तपछि थप हुँदैन, यस कार्यक्रममा मन्त्रालयसँग बढी बजेट भएकाले ४०० प्राविधिक कर्मचारी थप गरिँदैछ”– उहाँले भन्नुभयो ।

    समितिका सभापति रविन्द्र अधिकारीले तयारी विनाका योजनामा बजेट नहाल्न सम्बन्धित निकायलाई बैठकले निर्देशन दिने निर्णय गरेको बताउनुभयो ।

    सांसद ललितजङ्ग शाहीले आर्थिक वर्षको पाँच महिनामा विकास बजेटको छ प्रतिशत मात्र खर्च भएको अवस्थामा पूरक बजेट आए पनि कार्यान्वयन नहुने हुँदा पूरक बजेट ल्याउने हल्ला नगर्न सरकारसँग आग्रह गर्नुभयो ।

    बैठकमा सांसद गणेश पहाडी, सीता गिरी, रविन कोइराला, वैजनाथ चौधरी, तुलसा राना, जनार्दन ढकाल, मोहन बानियाँ र शिवचन्द्र चौधरीले विकास खर्च गर्ने निकायमा जनशक्तिको अभाव, निकायगत समन्वय नहुनु र असामयिक रुपमा कर्मचारीको सरुवाले प्रभाव पार्ने गरेको अनुभव सुनाउनुभयो ।

    अर्थ मन्त्रालयका सचिव शान्तराज सुवेदीले विकास बजेट समयमा नियमसम्मत ढङ्गले खर्च गर्न मन्त्रालयले मङ्सिर ८ गते सरोकारवाला निकायलाई १० बुँदे निर्देशन जारी गरेको जानकारी गराउनुभयो ।

    सो अवसरमा राष्ट्रिय योजना आयोगका सदस्य हिरण्य प्रधान र सहसचिव लालशङ्कर घिमिरे, स्थानीय पूर्वाधार तथा कृषि सडक विभाग (डोलिडार) का महानिर्देशक रामकृष्ण सापकोटा, सडक विभागका उपमहानिर्देशक दयाकान्त झाले विकास निर्माणको बजेट खर्च गर्न आइपर्ने समस्या सांसदलाई अवगत गराउनुभयो ।

    रासस

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, मङि्सर २४, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
    आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
    नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)

    • २. आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै

    • ३. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना

    • ५. सुन ताेलामा ११ सयले घट्याे

    • ६. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. जेनजी सहिद र रसुवा बाढीमा मृत्यु भएकाकाे सम्झनामा दिप प्रज्वलन

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.