×
मङ्गलबार, भदौ ३०, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
  • १६ घण्टा अघि

आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १८ घण्टा अघि

आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

सुन ताेलामा ११ सयले घट्याे
  • २ दिन अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ दिन अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • २ दिन अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • ३ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • ३ दिन अघि

कुहिएको चामल खान बाध्य खोटाङका कैदी

  •  
  • शुक्रबार, मङि्सर २४, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    खोटाङ, मङ्सिर २४ गते । जिल्ला कारागार खोटाङका कैदीबन्दी लामो समयदेखि कुहिएको चामल खान बाध्य भएका छन् । नेपाल खाद्य संस्थान, डिपो कार्यालय दिक्तेलबाट खरिद गरेर कैदीबन्दीका लागि लगिएको चामल कुहिएको पाइएको हो । संस्थानबाट कारागार लगिने चामल विसं २०७१/०७२ मा प्याकिङ गरेको पाइएको छ । “सडिएर अमिलो भइसकेको चामल खुवाएपछि हामीले सम्बन्धित निकायमा पटकपटक कुरा उठायौँ”, एक कैदीले भने, “हामीप्रति भएको अन्यायको विषयमा अहिलेसम्म कतैबाट सुनुवाइ भएको छैन ।”

    संस्थानले सडिएको चामल बिक्री गरिरहँदा कारबाही गर्ने निकाय जिल्ला प्रशासन मौन रहेको कैदीबन्दीले आरोप लगाएका छन् । “संस्थानबाटै हाम्रो स्वास्थ्यमाथि हेल्चेक्र्याइँ भएको छ”, एक बन्दीले भने, “यसप्रति सम्बन्धित निकायले गम्भिरतापूर्वक हेरेर कारबाही गर्नुप¥यो ।”

    संस्थानबाट ल्याएर अहिले खाँदै गरिएको चामल बोरामै चुलेसा परेको, भिजेर डल्लो परेको र सडिएर कालो भएको रहेको कैदीबन्दीले बताएका छन् । सामाजिक कानुनी सहायता केन्द्र खोटाङले गत सोमबार आयोजना गरेको निरीक्षण कार्यक्रमका लागि कारागार पुगेको टोलीसमक्ष उनीहरुले यस्तो दुखेसो पोखेका हुन् ।

    यसअघि राष्ट्रिय मानव अधिकार आयोग उपक्षेत्रीय कार्यालय दिक्तेलले कारागार निरीक्षण गरेर सार्वजनिक गरेको प्रतिवेदनमा समेत कैदीबन्दीलाई सडिएको चामल खुवाउने गरेको पाइएको थियो । आयोगले कारबाहीका लागि सिफारिस गर्दासमेत सम्बन्धित निकायलाई अहिलेसम्म कुनै कारबाही भएको छैन ।

    तीन वर्षअघिदेखि संस्थानको गोदाममा थन्किएर रहेको चामल कारागारलाई उपलब्ध गराइएको संस्थानका प्रमुख देवकिशोरलाल कर्णले स्वीकार गर्नुभयो । “संस्थानमा रहेको चामल खानयोग्य नै थियो”, उहाँले भन्नुभयो, “खानयोग्य भएकै कारण कारागारलाई उपलब्ध गराइएको हो ।”

    संस्थानले आर्थिक वर्ष २०७३÷७४ का लागि कारागारलाई दिनका लागि भनेर एकसय ४१ क्विन्टल चामल छुट्याएको थियो । तीन वर्षअघि खाद्य संस्थानमा आएको चामल गत वर्ष बिक्री नभएपछि सोही चामल यस वर्ष कारागारका कैदीबन्दीका लागि उपलब्ध गराइएको संस्थानले जनाएको छ ।

    रासस

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, मङि्सर २४, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
    आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
    नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)

    • २. आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै

    • ३. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना

    • ५. सुन ताेलामा ११ सयले घट्याे

    • ६. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. जेनजी सहिद र रसुवा बाढीमा मृत्यु भएकाकाे सम्झनामा दिप प्रज्वलन

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.