×
मङ्गलबार, भदौ ३०, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
  • १६ घण्टा अघि

आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १८ घण्टा अघि

आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

सुन ताेलामा ११ सयले घट्याे
  • २ दिन अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ दिन अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • २ दिन अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • ३ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • ३ दिन अघि

ढल्केवर सबस्टेसन निर्माण महिना दिनभित्रै सकिने

  •  
  • बिहिबार, मङि्सर २३, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    श्यामसुन्दर शशि/राजकुमार कार्की, जनकपुर/सिन्धुली
    ढल्केबर–विद्युत सवस्टेसन निर्माण कार्यको अवलोकन गर्दै नेपाल–भारत विद्युत प्रसारण तथा व्यापार आयोजनाका डिभिजनल ईन्जिनियर राधेशरण महतो लगाएत । सव स्टेसन निर्माण कार्य द्रुतगतिमा भइरहेको छ ।तस्बिर : श्यामसुन्दर/कान्तिपुर

    मंसिर २२, २०७३- विद्युत् प्राधिकरण ग्रिड सञ्चालन विभागअन्तर्गत ढल्केबरको विद्युत् सबस्टेसन निर्माण जनवरीसम्ममा सकिने भएको छ । सबस्टेसनको काम अर्को महिनासम्ममा पूरा भएमा भारतबाट थप बिजुली आयात गर्ने सरकारी योजना छ । आयोजनाका डिभिजनल इन्जिनियर राधेशरण महतोका अनुसार ढल्केबरमा सञ्चालनमा रहेको १ सय ३२ केभी सब–स्टेसनलाई विस्तार गरी पहिलो चरणमा २ सय २० केभी पुर्‍याउने काम अन्तिम चरणमा छ ।

    उनले दोस्रो चरणमा यसलाई विस्तार गरी ४ सय केभी पुर्‍याउने जनाए । उनका अनुसार दोस्रो चरणको विस्तार काम पनि डेढ वर्षभित्र पूरा हुनेछ ।

    नेपाल–भारतबीच विद्युत् व्यापार प्रयोजनका लागि भएको सम्झौताअनुसार एक देशले अर्को देशलाई आवश्यकताअनुसार विद्युत् उपलब्ध गराउनेछ । ढल्केबर–मुजफ्फरपुर (भारत) प्रसारण लाइनको निर्माण पूरा भई हाल भारतबाट विद्युत् आपूर्ति गर्न लागिएको डीई महतोले जनाए ।

    यसैगरी ढल्केबर–हेटौंडा प्रसारण लाइन तथा ढल्केबर– खिम्ती–काठमाडौं प्रसारण लाइनको निर्माण कार्य पनि द्रुत गतिमा भइरहेछ । ढल्केबर सब–स्टेसनको निर्माण पूरा भएपछि २ सय २० केभी राष्ट्रिय प्रसारण लाइनमा जोडिएसँगै धनुषा, महोत्तरीलगायतका जिल्लाको लोडसेडिङ हट्ने सम्बद्ध प्राविधिकले बताएका छन् ।

    खिम्ती–ढल्केबर प्रसारण लाइन पनि अन्तिम चरणमा

    खिम्ती–ढल्केबर २ सय २० केभी प्रसारणलाइनको काम एक महिनामा सम्पन्न हुने आयोजनाले जनाएको छ । सिन्धुलीको कमलामाई नगरपालिका, भीमेश्वर र रतनचुरा गाविसमा तारपोल निर्माणमा स्थानीयको अवरोध जग्गाको मुआब्जा वितरणपछि काम अघि बढेको हो ।

    प्रसारण लाइन आयोजना प्रमुख श्याम यादवका अनुसार निर्माण गर्न बाँकी रहेको ७ वटा पोलमध्ये ६ वटा निर्माण भइसकेका छन् । रतनचुराको विजयछापमा निर्माण हुन बाँकी पोलको काम दुई सातामा सक्ने उनले बताए ।

    खिम्ती–ढल्केबर प्रसारण लाइन ७४ किलोमिटर लम्बाइ छ । प्रसारणलाइनको तारपोल विस्तारमा अवरोध उत्पन्न भएपछि पीडितहरूको माग सम्बोधन गर्ने भन्दै सरकारले तारमुनि पर्ने दायाँबायाँ १५/१५ मिटर जग्गा अधिग्रहण गरी मुआब्जा वितरण गरेको छ । फिडर सडक बनाएर मुआब्जा वितरण गर्दा तारपोलमुनिको नभई पहुँचका आधारमा खोलाको जमिनलाई दिएको तर वास्तविक जमिन पर्नेले नपाएको पीडित संघर्ष समितिको गुनासो छ ।

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, मङि्सर २३, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
    आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
    नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)

    • २. आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै

    • ३. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना

    • ५. सुन ताेलामा ११ सयले घट्याे

    • ६. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. जेनजी सहिद र रसुवा बाढीमा मृत्यु भएकाकाे सम्झनामा दिप प्रज्वलन

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.