×
मङ्गलबार, भदौ ३०, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
  • १६ घण्टा अघि

आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १८ घण्टा अघि

आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

सुन ताेलामा ११ सयले घट्याे
  • २ दिन अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ दिन अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • २ दिन अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • ३ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • ३ दिन अघि

भोलिपल्टै सहमति तोड्ने प्रयास

  •  
  • बिहिबार, मङि्सर २३, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    बी एन्ड सी मेडिकल कलेजलाई केयूले सम्बन्धन दिने सर्तमा उपकुलपतिमा डा. रामकण्ठ मकाजुलाई निरन्तरता दिने तयारी’

    अतुल मिश्र, काठमाडौं
    सहमतिविपरीत मेडिकल कलेजलाई सम्बन्धन दिलाउन प्रधानमन्त्री र शिक्षामन्त्री नै लाग्नु आपत्तिजनक : डा. केसी

    मंसिर २३, २०७३- नेपाल मेडिकल काउन्सिलको गत सोमबारको पूर्ण परिषद् (फुल हाउस) बैठकमा एउटा मुख्य एजेन्डा थियो– बी एन्ड सी मेडिकल कलेज झापालाई सम्बन्धन दिनेबारे प्रतिवेदन शिक्षा मन्त्रालयमा पेस गर्ने । बैठकको एजेन्डा नम्बर ४ मा यो देखेपछि नेपाल चिकित्सक संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले आपत्ति जनाए । अघिल्लो दिन मात्र सरकार र डा. गोविन्द केसीबीच १२ बुँदे सहमति निर्माणमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका श्रेष्ठले भने, ‘सहमतिको मसी सुक्न पाएको छैन, यो के गर्नुभएको ?’

    काउन्सिलका पदाधिकारीले शिक्षा मन्त्रालयमा पेस गर्न मात्र खोजिएको भन्दै अरू केही नभएको बताए । तर, श्रेष्ठ मानेनन् । उनले भने, ‘यो एजेन्डा हटाउनुस् नत्र म नोट अफ डिसेन्ट लेख्छु ।’ त्यसपछि पदाधिकारीले कारण खुलाए, ‘प्रधानमन्त्रीको असाध्यै दबाब छ, यो त पठाउनैपर्छ ।’

    काउन्सिलका एक सदस्यका अनुसार श्रेष्ठले त्यसो हो भने पूर्ण परिषद्मा नराखी सोझै पठाउन भनेका थिए । ‘पूर्ण परिषदबाट चाहिँ यो जाँदैन’ भनेर श्रेष्ठले अडान लिएपछि बी एन्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिने एजेन्डा हटाइयो ।

    पूर्ण परिषद्बाट एजेन्डा हटे पनि काउन्सिल पदाधिकारी बैठकले भने बी एन्ड सीको पूर्वाधार पुगेको राय शिक्षा मन्त्रालयलाई पठाएको छ । ‘शिक्षा मन्त्रालयले डेढ महिनाअघि नै त्यस मेडिकल कलेजको भौतिक पूर्वाधारबारे सोधेको हो, निरन्तर ताकेता भएपछि मेडिकल कलेज सञ्चालनका लागि पूर्वाधार सकारात्मक देखिएको प्रारम्भिक राय बुझाइएको हो,’ काउन्सिलका रजिस्ट्रार डा. दिलीप शर्माले भने, ‘हामीले राय मात्र पठाएका हौं । सम्बन्धन दिने/नदिने अधिकार शिक्षा मन्त्रालयको हो ।’ बी एन्ड सी मेडिकल कलेजका मुख्य लगानीकर्ता झापाका माओवादी नेता दुर्गा प्रसाईं हुन् । स्रोतका अनुसार काठमाडौं उपत्यकाबाहिर मेडिकल कलेज खोल्दा डा. गोविन्द केसीले विरोध नगर्ने भन्दै पत्र पठाइएको हो ।

    स्वास्थ्यमन्त्री गगन थापाले भने शिक्षामन्त्रीले दबाब दिए पनि पत्र नपठाउन पदाधिकारीलाई आग्रह गरेको स्रोतले बतायो । ‘चिकित्सा शिक्षा ऐन संसद्मा दर्ता छ, त्यो ऐनले नै नेपालको चिकित्सा क्षेत्रबारे मार्गनिर्देशन गर्छ,’ मन्त्री थापाले कान्तिपुरसँग भने, ‘ऐन पारित नहुँदासम्म कुनै पनि किसिमका सम्बन्धन अघि नबढाउने भनेर सरकारले नै गठन गरेको वार्ता टोलीले सहमति गरेको हो । त्यसलाई उल्लंघन गर्ने अधिकार कसैलाई छैन । यो कहींकतैबाट भएको छ भने यो जहाँबाट भएको हो त्यहीं रोकिनु पर्छ । किनकि त्यो निर्णयसँग सरकार पनि बाँधिएको छ ।’ आइतबार सरकारले डा. केसीसँग गरेको सहमतिको पाँचांै बुँदामा ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७३ पारित नहुन्जेल नयाँ मनसाय पत्र जारी गर्ने, पुराना आशय पत्रको नवीकरण गर्ने, नयाँ मेडिकल कलेजलाई सम्बन्धन दिने र विस्तारित कार्यक्रम अनुमति दिने कार्य नगर्ने र विधेयक पारित भएपछि सोही ऐनले व्यवस्था गरेबमोजिम हुने’ उल्लेख छ ।

    २२ दिनको आमरण अनशन तोडेपछि उपचारका लागि अस्पतालको शय्यामा रहेका डा. केसीले आफूसँगको सहमतिविपरीत ऐन पारित नगरी सम्बन्धन दिन प्रधानमन्त्री पुष्पकमल दाहाल र शिक्षामन्त्री धनीराम पौडेल नै खुलेर लाग्नु आपत्तिजनक रहेको बताए । उनले कान्तिपुरसँग भने, ‘आफैंले गरेको सम्झौता चार दिन नबित्दै उल्लंघन गर्ने मानिसले यो देशकै नेतृत्व गर्ने दुर्भाग्यपूर्ण अवस्थामा हामी छौं ।’ बी एन्ड सी मेडिकल कलेजलाई काठमाडौं विश्वविद्यालय (केयू) बाट सम्बन्धन दिने र त्यसबापत केयूका वर्तमान उपकुलपति डा. रामकण्ठ मकाजुलाई पुन: अर्को कार्यकालका लागि उपकुलपति बनाउने सहमति भएको आफूले थाहा पाएको डा. केसीले बताए । यस्तो सौदाबाजीमा परेर काम नगर्न उपकुलपति छान्ने सर्च कमिटीमा रहेका दमननाथ ढुंगाना र सुरेशराज शर्मालाई पनि उनले आग्रह गरेका छन् । ‘उहाँहरूले स्वविवेकले योग्य र स्वच्छ व्यक्ति छनोट गर्नुपर्छ, नभए कमिटीबाट तत्काल राजीनामा गर्न अनुरोध छ,’ उनले भने ।

    डा. मकाजु उपकुलपतिका रूपमा अयोग्य र असफल भइसकेको दाबी गर्दै डा. केसीले भने, ‘धुलिखेल अस्पताललाई स्थापित र विकास गर्न उहाँको अहम् भूमिका छ तर नेपालमा आधाजति डाक्टर उत्पादन गर्ने केयूअन्तर्गत मेडिकल शिक्षाको गुणस्तरमा उहाँको नेतृत्वमा ठूलो ह्रास आएको छ । यसले लाखौं नेपालीको स्वास्थ्यमा निम्त्याएको जोखिम अक्षम्य छ ।’ विश्वविद्यालयले निजी मेडिकल कलेजहरूलाई नियमन गर्नुको सट्टा निजी मेडिकल कलेजको इसारामा विश्वविद्यालय चल्ने अहिलेको अवस्था तत्काल बन्द हुनुपर्नेसमेत डा. केसीले बताए ।

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, मङि्सर २३, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
    आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
    नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)

    • २. आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै

    • ३. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना

    • ५. सुन ताेलामा ११ सयले घट्याे

    • ६. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. जेनजी सहिद र रसुवा बाढीमा मृत्यु भएकाकाे सम्झनामा दिप प्रज्वलन

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.