×
मङ्गलबार, भदौ ३०, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
  • १६ घण्टा अघि

आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १८ घण्टा अघि

आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

सुन ताेलामा ११ सयले घट्याे
  • २ दिन अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ दिन अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • २ दिन अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • ३ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • ३ दिन अघि

शिवको मूर्तिकालागि धातु सङ्कलन गर्न महायज्ञ

  •  
  • बिहिबार, मङि्सर २३, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    रत्ननगर (चितवन), मङ्सिर २३ गते । कुनैपनि महत्वपूर्ण कार्य सम्पन्न गर्न आर्थिक सङ्कलनका लागि महायज्ञ लगाउने गरिन्छ । महायज्ञ लगाउनुको मुख्य उद्देश्य भगवानको नाममा आर्थिक सङ्कलन नै हो । तर अहिले यहाँ फरक खालको महायज्ञ लगाउने अभियान नै सुरु भएको छ । त्यो हो धातु सङ्कलन । चितवनको धार्मिक पर्यटकीय क्षेत्र देवघाटधाममा ३० फिट अग्लो शिवको मूर्ति बनाउन यहाँ धातु सङ्कलनका लागि महायज्ञ लगाउने अभियान सुरु भएको छ ।

    अष्टधातुबाट निर्माण गर्न लागिएको शिवको प्रतिमाका लागि अहिलेसम्म पहिलो महायज्ञबाट दुईसय ५० किलो जति विभिन्न प्रकारका धातु सङ्कलन भएको छ । करिब पाँच टन धातु चाहिने भएकाले अहिले महायज्ञ लगाएर सङ््कलनको अभियान सुरु भएको महायज्ञ मूल आयोजक समितिका संयोजक गीतानाथ अधिकारीले बताउनुभयो ।

    उहाँका अनुसार धातु सङ्कलनका लागि देवघाट संरक्षण प्रतिष्ठानले देशका विभिन्न पाँच स्थानमा महायज्ञ गर्ने तयारीस्वरुप काम भइरहेको छ । यसअघि दाङ जिल्लामा महायज्ञ गरेर साढे दुई क्विन्टल धातु सङ्कलन गरिएको र यही पुस ४ देखि १२ गतेसम्म चितवनको रत्ननगरमा महायज्ञ गरेर धातु सङ्कलन गरिने प्रतिष्ठानका अध्यक्ष राजेन्द्रकुमार पियाको भनाइ छ ।

    उहाँले रत्ननगरमा सकिएपछि भण्डारा, पश्चिम चितवन र काठमाडौँमा समेत महायज्ञ गरेर धातु सङ्कलन गरिनेछ । उहाँले भगवान् शिवको प्रतिमा निर्माणका लागि तामा, पित्तल, ढलोट, काँच, चरेस, चाँदी, सुन जे सकिन्छ दान दिनसमेत आग्रह गर्नुभएको छ । यहाँ गएको साउनमा उक्त प्रतिमा निर्माणका लागि प्रधानसेनापति राजेन्द्र क्षत्रीबाट शिलान्याससमेत भएको छ । सबै काम सक्न रु एक करोड लाग्ने अनुमान गरिएको छ ।

    देवघाटलाई धार्मिक पर्यटकीय क्षेत्रका रुपमा परिचित गराउने यो धातुबाट निर्मित प्रतिमाले थप टेवा दिने विश्वास आयोजकको छ । देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शैलेन्द्रकुमार पियाले एकपटक आउने यस्तो कार्यमा धातु दान गरेर पुण्य कमाउन अपिल गर्नुभएको छ ।

    रासस

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, मङि्सर २३, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
    आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
    नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)

    • २. आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै

    • ३. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना

    • ५. सुन ताेलामा ११ सयले घट्याे

    • ६. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. जेनजी सहिद र रसुवा बाढीमा मृत्यु भएकाकाे सम्झनामा दिप प्रज्वलन

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.