×
मङ्गलबार, भदौ ३०, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
  • १६ घण्टा अघि

आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १८ घण्टा अघि

आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

सुन ताेलामा ११ सयले घट्याे
  • २ दिन अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ दिन अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • २ दिन अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • ३ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • ३ दिन अघि

सशस्त्र द्वन्द्वमा ११२ बालबालिका बेपत्ता

  •  
  • बिहिबार, मङि्सर २३, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    नारायण काफ्ले

    काठमाडौँ, मङ्सिर २३ गते ।  दशवर्षे सशस्त्र द्वन्द्वको समयमा बेपत्ता पारिएकामध्ये झन्डै चार प्रतिशत बालबालिका रहेको तथ्य सार्वजनिक भएको छ ।  सशस्त्र द्वन्द्वका समयमा राज्य र विद्रोही पक्षबाट बेपत्ता पारिएका व्यक्ति खोजबिनका लागि गठित आयोगले प्राप्त उजुरीको प्रारम्भिक अध्ययनपछि यस्तो तथ्याङ्क सार्वजनिक गरेको हो ।  द्वन्द्वमा बेपत्ता पारिएका व्यक्ति खोजबिनका लागि परेका दुई हजार ८८६ उजुरीमध्ये ११२ जना १६ वर्षमुनिका बालबालिका छन् ।  कुल सङ्ख्याको यो झन्डै चार प्रतिशत हो ।
    बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका सदस्य प्राडा विष्णु पाठकले प्राप्त उजुरी वर्गीकरण कार्य सम्पन्न भएको बताउनुभयो ।  पाठकले भन्नुभयो, ‘आयोगमा प्राप्त सबै उजुरी वर्गीकरण गर्ने, आवश्यक छानबिन गर्ने र क्षेत्राधिकार नरहेकालाई खारेजी गर्नेसम्मको काम सकिएको छ ।  अब विस्तृत अध्ययनको तयारी हो । ’
    आयोगको तथ्याङ्क अनुसार उजुरीमध्ये बेपत्ता पुरुषको सङ्ख्या दुई हजार ६५७ रहेको छ ।  यस्तै द्वन्द्वकालमा बेपत्ता हुने महिलाको सङ्ख्या २२९ छ ।  बेपत्ता खोजीका लागि परेका उजुरीमध्ये पुरुष सङ्ख्या ९२ प्रतिशत र महिला सङ्ख्या आठ प्रतिशत छ ।
    यस्तै, १६ वर्षमुनिका बालबालिका बेपत्ता पारिएको भन्दै खोजीका लागि ११२ उजुरी परेका छन् ।  यो सङ्ख्या कुल उजुरीको झन्डै चार प्रतिशत हो ।  युद्धमा निःशस्त्र व्यक्तिलाई कब्जामा लिएर हत्या गर्ने तथा बेपत्ता पार्नुलाई अन्तर्राष्ट्रिय कानुनले समेत दण्डनीय भने पनि निःशस्त्र बेपत्ताको सङ्ख्या प्रारम्भिक तथ्यले ठूलै देखाएको छ ।  नेपालमा अहिलेसम्म बेपत्ता पार्ने कार्य कानुनी रूपमा कसुरसमेत छैन ।  व्यक्ति बेपत्ताविरुद्ध कानुन तर्जुमाका लागि आयोगले मस्यौदा तयार पारी विभागीय मन्त्रालयमा पठाएको दश महिना हुन लागे पनि संसद्मा दर्ता समेत भएको छैन ।
    आयोगको प्रारम्भिक तथ्याङ्कअनुसार सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका ५० वर्षभन्दा माथि उमेर समूहका १८८ जना छन् ।  कुल उजुरीको अनुपातमा यो सङ्ख्या साढे ६ प्रतिशत हो ।  उजुरीमध्ये झन्डै ११ प्रतिशतको उमेर यकिन भएको छैन ।  दुई हजार ८८६ उजुरीमध्ये ३१७ बेपत्ता व्यक्तिको उमेर खुलेको छैन ।  सबैभन्दा बढी बेपत्ता हुने १६ देखि ५० वर्ष उमेर समूहका छन् ।  दुई हजार ८८६ मध्ये दुई हजार २६९ जना सो उमेर समूहका छन् ।  कुल उजुरीमा यो सङ्ख्या झण्डै ७९ प्रतिशत हो ।
    आयोगले प्रारम्भिक अनुसन्धानका क्रममा एकै व्यक्ति खोजीका लागि परेका एकभन्दा बढी उजुरीहरू मर्ज गरेको छ ।  त्यस्ता ६० उजुरी आयोगमा दर्ता भएका थिए ।  यस्तै, २०५२ साल फागुन १ गतेबाट २०६३ मङ्सिर ५ पछिसम्मका घटनाबाहेक परेका २७ उजुरी खारेज गरेको छ ।
    ऐनअनुसार आयोगलाई सशस्त्र द्वन्द्व सुरु भई शान्ति प्रक्रियामा हस्ताक्षर भएको मिति सम्मका घटनामा उजुरी लिने र छानबिन गरी आवश्यक प्रक्रिया अगाडि बढाउने क्षेत्राधिकार छ ।  यस्तै आयोगले सत्य निरूपण तथा मेलमिलाप आयोगको क्षेत्रधिकारभित्र पर्ने १३ उजुरी सम्बन्धित आयोगमा पठाएको छ ।

    gorkhapatraonline

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, मङि्सर २३, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
    आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
    नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)

    • २. आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै

    • ३. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना

    • ५. सुन ताेलामा ११ सयले घट्याे

    • ६. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. जेनजी सहिद र रसुवा बाढीमा मृत्यु भएकाकाे सम्झनामा दिप प्रज्वलन

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.