×
मङ्गलबार, भदौ ३०, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
  • १५ घण्टा अघि

आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
  • १७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १७ घण्टा अघि

आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

सुन ताेलामा ११ सयले घट्याे
  • २ दिन अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ दिन अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • २ दिन अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • ३ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • ३ दिन अघि

क्रिस गार्डनरः घरबारविहीन मानिस, जो करोडपति बने

  •  
  • बुधबार, मङि्सर २२, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    काठमाडौं । जब क्रिस गार्डनर आफ्ना दुई बर्षीय छोरासँग सार्वजनिक शौचालयको भुईंमा सुतिरहेका थिए, उनले सायदै कहिल्यै यो सपना देखेका थिए कि उनको जिन्दगीको कथा चर्चित हलिउड चलचित्रमा बदलिनेछ ।

    सन् १९८० को सुरुवाती समयमा २७ बषर्ीय गार्डनर आफ्ना भर्खरै जन्मिएको छोरासँग सान फ्रान्सिस्कोमा एक बर्षसम्म घरबिहीन जीवन बाँचेका थिए ।

    त्यसपछि उनले एक शेयर दलाल कम्पनीमा प्रशिक्षण कर्मचारीको रुपमा जागिर पाए । यसका बाबजुद उनीसँग घरको भाडा डिपोजिट गर्न पनि पर्याप्त रकम थिएन ।

    गार्डनरको श्रीमती उनीसँग अलग्गिइसकेकी थिइन् । त्यसैले दुई बाबुछोरा जहाँ सम्भव हुन्छ, त्यहीँ बस्थे, त्यहीँ सुत्थे ।

    जागिर सुरु भएपछि उनीहरु शौचालयबाट त निस्के तर, कहिले रेल्वे स्टेसन, कहिले पार्क र कहिले चर्चको शरणमा रात बिताए । साथै काम सकिएपछि जव सबै कर्मचारी घर जान्छन्, गार्डनर बाबुछोराले त्यहीँ आफ्नो डेक्समुनी पनि कयौं रात बिताए ।

    उनीहरु चिकेन सुप खान्थे । आफूले कमाएको थोरै रकम उनले छोराको नर्सरीमा भर्ना गर्नका लागि खर्चिएका थिए ।

    प्रतिकुल परिस्थितिका बाबजुद गार्डनरले आफ्नो काम छाडेनन् र अपेक्षा सकारात्मक सोच लिएर अघि बढिरहे । नेचुरल सेलिङ एण्ड सेयरमा आफ्नो प्रशिक्षणकाल सकिएपछि उनले स्थायी जागिर पाए ।

    त्यसपछि आफू र छोराका लागि उनले घर किन्न सके । उनको जागिरे करिअर निक्कै तीव्र गतिमा अघि बढ्यो । उनले १९८७ मा एक इनभेष्टमेष्ट फार्म खोले ।

    त्यसपछि त के चाहियो ? उनको धनी जिन्दगी सुरु भयो । अहिले गार्डनर ६२ बर्षका भए र उनको सम्पत्ति करीव ६० मिलियन डलर छ ।

    उनले मोटिभेसनल स्पिकरको रुपमा विश्व भ्रमण गरेका छन् र घरबारबिहीन जनताको लागि च्यारिटी तथा महिला हिंसाबिरुद्धको क्षेत्रमा क्रियाशील संस्थाहरुमा आवद्ध छन् ।

    तथ्य यो हो कि गार्डनरको बाल्यकाल निक्कै कठिन परिस्थितिका बीच गुजि्रएको थियो । सेयर कम्पनीमा इन्टर्नशीपमा काम गर्नुभन्दा अघिसम्म उनी गरिबीको रेखामुनी नै थिए ।

    उनले लेखेको आत्मकथा ‘द पर्स्युट अफ हृयाप्पीनेस’ले बेष्ट सेलिङ किताबको मान्यता पाएपछि यसै कितावको आधारमा हलिउड फिल्मका लागि प्रस्ताव आएको थियो ।

    यो चलचित्र सन् २००६ मा रिलिज भएको थियो र चलचित्रमा गार्डनरको चरित्रमा अभिनय गर्ने विल स्मिथ ओस्कारमा उत्कृष्ट अभिनेताको रुपमा मनोनयनमा परेका थिए ।

    chris_gardner

    जीवनलाई पछाडि फर्केर हेर्दा गार्डनर भन्छन्, ‘केहि पनि बदलिएको छैन ।’

    ‘मेरो बाल्यकाल निक्कै पीडाले भरिएको थियो । त्यसैले म चाहन्नथेँ कि मेरा सन्तानले यस्तो पीडा ब्यहोर्नु नपरोस् ।’ उनले भने, ‘आफ्नो भाग्य र भविश्य पहिल्याउन म सफल भएँ किनकि मैले सही निर्णय गरेको थिएँ ।’

    गार्डनर विस्कन्सिनको मिलवाकीमा जन्मिएका थिए र उनले आफ्ना वास्तविक पिता कहिल्यै चिन्न पाएनन् ।

    बरु उनी आमा बेट्टी जिन र शारीरिक रुपमा अशक्त तथा जँड्याहा सौतेनी बाबुसँग गरिवीको चरण पीडाबीच हुर्केका थिए ।

    त्यहाँ उनले केहि समय सरकारी आश्रममा पनि बिताएका थिए । उनकी आमा आफ्ना पार्टनरलाई मार्न खोजेको आरोप लागेपछि बेपत्ता भएकी थिइन् ।

    यहि हुँदाहुँदै पनि गार्डनर आफ्नी आमालाई प्रेरणा मान्छन् । उनी भन्छन्, ‘मसँग पुरानो जमनाको आमा थिइन् । उनी हरेक दिन भन्ने गर्थिन कि छोरा तिमी जे मन लाग्छ त्यो गर, जुन तिम्रो आत्माले स्वीकार गर्छ ।’

    ‘र अहिले मैले आमाकै प्रेरणा पछ्याउँदै त्यही गरिरहेको छु र सफल भएको छु ।’

    उनले सानो छँदाको एक घटना सम्झिए कि एक दिन उनी टिभीमा कलेज बास्केटबलको खेल हेरिरहेका थिए र कमेन्टेटरले एक खेलाडीलाई उनी भविश्यमा एक मिलियन डलरका बन्नेछन् भनेका थिए ।

    त्यतिबेला उनकी आमाले भनेकी थिइन् कि छोरा एक दिन यस्तो आउनेछ कि तिमी एक मिलियन डरको हुनेछौ, यो कुरा मैले जीवनमा कहिल्यै भुल्न सकिनँ ।

    तर, मिलियन डलर तत्काल आएन । बिद्यालय शिक्षा उत्तिर्ण गरेपछि उनले युएस नेभीमा चार बर्ष बिताएका थिए ।

    जागिरबाट सम्मानस्वरुप छुट्टी लिएर सन् १९७४ मा उनी सान फ्रान्सिस्कोमा चिकित्सा उपकरणको व्यापार सुरु गरे ।

    जब एक मानिसले रातो रंगको फरारी गाडी पार्क गरिरहेको उनले देखे, त्यसपछि उनले जीवन पूरै परिवर्तन भयो । फरारीवाला मानिसलाई गार्डनरले सोधे कि जीवन जीउन उनी के गर्छन ?

    उनी एक सेयर दलाल रहेछन् र उनलाई बब ब्रिज भनिन्थ्यो । कुराकानीका क्रममा गार्डनरले आफूपनि यहाँ काम गर्न इच्छुक रहेको बताए ।

    उनीहरुको भेट पुनः भयो र ब्रिजले गार्डनरलाई प्रशिक्षण जागिरेको रुपमा नियुक्त गर्न सहयोग गरे ।

    यद्यपि सेयर दलालका लागि हुने अन्तर्वार्ताको एक दिनअघि पार्किङ टिकटको पैसा तिर्न नसकेर उनी जेलमा पुगेका थिए । त्यहाँ उनलाई ब्रिजले सहयोग गरेका थिए ।

    आफ्नो आत्मकथामा बनेको चलचित्र रिलिज भएको ६ बर्षपछि उनलाई अर्को बज्रपात आइपर्‍यो । सन् २०१२ मा क्यान्सरका कारण उनकी पत्नीको मृत्यु भयो ।

    यस घटनाले उनलाई जीवन जिउने तरिका परिवर्तन गरिदियो । तीन दशक लामो निक्कै सफल व्यवसायिक जीवन त्यागेर उनले करिअर परिवर्तन गरे र प्रेरणात्मक वक्ताको रुपमा आफूलाई उभ्याए ।

    अहिले उनी विश्वका ५० भन्दाबढी मुलुकको भ्रमण गरिसकेका छन् भने बर्षमा २०० दिन उनी मुलुकबाहिर बिताउँछन् ।

    BBC

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, मङि्सर २२, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
    आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
    नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)

    • २. आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै

    • ३. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना

    • ५. सुन ताेलामा ११ सयले घट्याे

    • ६. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. जेनजी सहिद र रसुवा बाढीमा मृत्यु भएकाकाे सम्झनामा दिप प्रज्वलन

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.